Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीलाई गरिएको नियुक्ति गैरसंवैधानिक दाबी गरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरी रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले पहिलोपल्ट गरेको आह्वानअनुरूप आफ्नो पक्षमा स्पष्ट बहुमत प्रस्तुत गरे पनि उक्त प्रक्रिया बीचैमा रद्द गर्नु र पुनः आह्वान गर्नु असंवैधानिक दाबी गरेका छन्। उनले आफूलाई मुख्यमन्त्री बनाउन परमादेश माग गरेका छन्। लक्ष्मणकिशोरले वैशाख २ गते नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। सोही दिन नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीको समर्थनमा दाबी प्रस्तुत गरेका थिए। प्रदेश प्रमुख नजिर मियाँले ३ दिनपछि उक्त दुवै दाबीमा स्पष्ट…

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा आइतबार प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति उनले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे । “सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनुपरेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” उक्त आक्रमणमा परेर घाइते भएका र अरू…

Read More

काठमाडौं : भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन् । हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशुस गराउने र आँखालाई सूर्यको प्रकाशबाट जोगाउन सहयोग गर्ने अधिकारीहरुले बताएका छन् । हेल्मेटले कम्मरमा फिट गरिएको ब्याट्रीबाट काम गर्दछ । यसमा चार्जिङ प्वाइन्ट रहेको छ र एक पटक पुरा चार्जमा गरेपछि आठ घण्टासम्म चल्ने बताइएको छ ।

Read More

धनगढी : नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहेका नेता भीमबहादुर रावललाई पार्टीका गतिविधिमा निषेध गरिएको पाइएको छ। पार्टीका अधिवेशनदेखि गोदावरीको सनराईज हलमा हालै थालिएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पनि उनलाई निषेध गरिएको हो। स्रोतका अनुसार पार्टीको गत महाधिवेशनपछि जिम्मेवारीविहीन रहेका रावललाई बैठकको निम्तो पनि दिइएको छैन। बैठकमा जाने इच्छा हुँदाहुँदै पनि पार्टी कमिटीले उनलाई कुनै औपचारिक जानकारी नगराएको बुझिएको छ। यतिसम्मकी नबोलाएपनि जाने योजना बनाएका रावलको बैठकका लागि परिचयपत्र नै बनाइएको छैन। बैठकमा प्रवेशका लागि परिचयपत्र नै नबनेको पाएपछि आफू नगएको रावलले बताएका छन्। परिचयपत्र नबनेपछि बैठकमा छिर्न खुसामत गर्नुपर्ने बाध्यता हुने भएकाले आफू नगएको उनले बताए। पछिल्लो…

Read More

धनगढी : नागरिक उन्मुुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले आफ्ना ५ जना सांसदलाई सांसदबाट हटाउने चेतवनी दिइकी छिन् । आईतबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन । ‘मलाई आशा छ, अझै पनि ५ जना सांसदहरु फर्केर एकै ठाउँमा आउनेछन । पार्टीको विधान मान्नेछन तर उनीहरुको सांसद पदबाटै हटेर जाने ईच्छा हो भने पनि म उहाँहरुको निर्णयको स्वागत नै गर्छु’ रञ्जीताले भनिन । नागरिक उन्मुक्तिभीत्र विवाद भएपछि उसका ७ जना मध्ये ५ जना कमल बहादुर शाहको मन्त्रीमण्डलमा सहभागि भएका थिए । पत्रकारहरुले ५ जनालाई कारवाही हुन्छ त ? भनेको प्रश्नमा उनले थपिन, ‘नागरिक उन्मुक्ति राजनीतिक दल हो ।…

Read More

महेन्द्रनगर : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताएका हुन । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए । “युवाहरू राष्ट्रका भविष्य हुन् तसर्थ विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ,” प्रधानमन्त्री…

Read More

धनगढी : कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ४६ वर्षीय मण्डी बडायकले सञ्चालन गरेको नास्ता पसलबाट उनीसहित ८ जना पक्राउ परेका हुन् । कोठाभित्र जुवातास खेलिरहेको अबस्थामा सञ्चालकसहित ८ जना जुवाडेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले सो नास्ता पसलबाट ११ हजार ५१० रुपैयाँ नगद र ६ गड्डी ताससहित ८ जनालाई नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Read More

धनगढी : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भवनको अवलोकन गरेकी छिन । आइतबार बिहान मन्त्री श्रेष्ठले गेटामा निर्माण भएका भौतिक संरचनाको पछिल्लो अवस्थाको बारेमा अवलोकन गरेकी हुन । गेटामा सरकारले २०७९ माघ २९ गते विश्वविद्यालय बनाउने घोषणा गरिसकेको छ । तर, त्यसको २ वर्ष अघि नै करोडौँ लगानी गरेर निर्माण भइसकेका भवन भने हाल सम्म पनि प्रयोग बिहीन छन् । यस बिचमा वर्तमान प्रधानमन्त्री देखि लिएर मन्त्रीहरूले पटक–पटक अवलोकन गर्ने क्रम भने जारी रहेको छ । आइतबार गेटामा पुगेकी मन्त्री श्रेष्ठले गेटामा आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा स्टटिजी प्लान अध्ययन…

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेकाले पूरै कार्यकालसम्म अगाडि बढ्ने बताएका छन् । धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बाहिर चलाइएका हल्लाप्रति कुनै विश्वास नगर्न आग्रह गरे। उनले भने,‘सुदूर पश्चिम प्रदेश सरकार गठन अन्तिम चरणमा पुगेको छ । अब प्रदेश सरकार पनि बलियो भएर अघि बढ्ने छ ।’ प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविध्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थल पुगेका हुन ।

Read More

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरेका छन्। प्रेस सेन्टर कैलालीले धनगढी विमानस्थलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले गठबन्धन पूरै अवधि चल्ने दाबी गरेका हुन्। ‘बाहिर विभिन्न खालका चर्चा परिचर्चा भइरहेका छन् तर त्यस्तो केही पनि छैन,’ दाहालले भने, ‘यो समीकरण पुरै अवधि जान्छ। प्रदेशमा सरकार बनाउने प्रकृया पनि करिबकरिब अन्तिम चरणमा छ।’ दाहालले अहिले वामपन्थीको मात्र भनेर सत्ता समीकरण नबनाइएको बताए। ‘अहिले हामी वामपन्थीको मात्र भनेर समीकरण गरेका होइनौँ। त्यसकारण अहिले वाम एकता भन्नु सही पनि छैन। किनभने गठबन्धनमा वाम–गैरवाम सबै छन्’ उनले भने, ‘यसलाई सत्ता समीकरणको रुपमा…

Read More