नयाँदिल्ली : भारतमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे बुझन भारत पुगेका छन्। महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्यवस्था अवस्थाबारे छलफल गरेको महरको सचिवालयका संयोजक सन्तोष खड्काले बताए। मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो। उनको अवस्था सुधारोन्मुख छ। भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत छन । एक साता दिल्ली बसाइका क्रममा नेता महर नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले सन् १९७६ मा स्थापना गरेको नेपाली जनसम्पर्क समिति भारतको ४८औं स्थापना दिवसका अवसरमा जनसम्पर्क समिति भारतले जुन १२…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी)को निकास थुन्नेलाई काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना तिराएको छ । जरिवानाबाट उठेको रकमले ढुङगेधाराको पुनरुत्थानकाे काम सुरु भएको छ । अहिले पानीको निकास खोलिएको छ । हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ३ वटा मुख्य समस्या महानगरले पहिचान गरेको थियो । वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको कामले ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुने छ । पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको भेटिएको थियो । ‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई…
पोखरा : एक करोड भन्दा बढी मूल्यका सामान चोरी गर्ने दुई युवक प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२२ घर भई हाल मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखा घर भई हाल पोखरा-४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर छन् । उनीहरु यसअघि विभिन्न आपराधिक क्रियाकलाप पनि संलग्न रहँदै आएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । साथै उनीहरुले पाेखरामै श्रृंखलाबद्ध चोरी गरेका थिए । उनीहरुले पछिल्लो समय यही जेठ ११ गते राति पोखरा १७ घारीपाटनस्थित कृष्णजी पौडेलको घरबाट सुनका गरगहना ४२ तोला, मोवाइल, ल्यापटप, क्यामेराका साथै नगद तीन…
वीरगञ्ज : वीरगञ्जमा एक जनाको शव फेला परेको छ। वीरगञ्ज महानगरपालिका-११ रानिघाट नजैकै सिर्सिया नदीमा सोमबार दिउँसो एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। अन्दाजी ५० वर्षजस्तो देखिने पुरुषको शव नदीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवलाई नियन्त्रणमा लिइ पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएकोमा शवको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।
काठमाडौँ : राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९–०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९-०८० पेस गर्ने कार्यसूची छ । त्यस्तै अर्थ मन्त्री वर्षमान पुनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने तथा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्तुत गर्दै उक्त संशोधनलाई सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची…
काठमाडौँ : आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जनाएको छ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शिर्षकमाथि छलफल हुने तालिका रहेको छ । त्यस्तै आज विनियोजन विधेयक अन्तर्गत विभिन्न सांसदहरुले राखेका पाँच खर्च घाउने प्रस्ताव समेत पेश हुने तालिका रहेको छ । सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा…
काठमाडौँ : पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ । पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमानसँग सम्पर्कविहीन भएको र विमानको स्थानबारे जानकारी नआएको बताएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो । उक्त विमानमा उपराष्ट्रपति बाहेक नौ जना सवार थिए । रिपोर्टका अनुसार विमान आफ्नो गन्तव्य मजुजुमा अवतरण गर्न असफल भएको थियो । मजुजु मलावीको उत्तरी क्षेत्रमा स्थित छ ।
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को) उद्घाटन मञ्चमा सहभागी हुन आज साँझ त्यसतर्फ जान लागेका हुन । उनले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको छ । भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने छन । राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका…
धनगढी: नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह वलीले हिरोले लास्टमा देखाउने जनाएका छन्। सुदूरपश्चिममा सरकार विस्तार भएर मन्त्रीमा छुटेपछि उनले यस्तो बताएका हुन्। उनले आफ्नो फेसबुकमार्फत आफूलाई हिरो करार गर्दै आफूले लास्टमा देखाउने चेतावनी दिएका छन्। आज (सोमबार) मात्रै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै आर्थिक मामिला मन्त्रीमा एमालेका सुरेन्द्रबहादुर पाल, सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका ओमबिक्रम भाट सरल सहित पाँच जना विना विभागीय मन्त्री नियुक्त गरेका थिए। सोडारीले एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई मन्त्री नियुक्त गरेका हुन्। तर हाललाई उनीहरूको मन्त्रालय भने तोकिएको छैन। सोही…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री ओमविक्रम भाट (सरल) पदभार ग्रहण गरेसँगै सहिद परिवारको बस्तीमा पुगेका छन्। आज (सोमबार) बेलुका सपथ र पदभार ग्रहण गरेपछि मन्त्री भाट मध्यरातमा आफ्नो निर्वाचन क्षेत्रस्थित सहिद तथा बेपत्ता परिवारको बस्तीमा पुगेका हुन्। उनले कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ स्थित बालुवाफाटास्थित बस्तीमा पुगेर मन्त्री भएको पहिलोपटक सहिद परिवारको बस्तीमा आशीर्वाद लिएका थिए। यस्तै उनले आफूले सहिद परिवार र निर्वाचन क्षेत्रको विकास एवं संरक्षणका लागि अहोरात्र खटिएर काम गर्ने जनाए। ५ सहिद परिवार रहेको सो बस्तीमा उनीहरूको रोजगारी, शिक्षा स्वास्थ्यका पनि विशेष प्राथमिकताका साथ काम गर्ने मन्त्री भाटको भनाई छ। त्यस अगाडि भने मन्त्री भाटले नेकपा एमालेका…