Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सरकारले आज सार्बजनिक बिदा दिएको छ ।  मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आएको छ । सोही आन्दोलनका कारण विश्वभरी मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको…

Read More

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा…

Read More

धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका तर राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी मध्यरातमा विक्षिप्त बनेका छन्। आज मङ्गलबार राति उनले आफू विक्षिप्त बनेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन्। यश अगाडि केही दिन पहिले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पत्नी रञ्जिता श्रेष्ठ र आफ्नोबीचमा रहेका मतभेद समाप्त भएको र आफूहरुको पार्टी र सरकार सञ्चालनबारे सहमति भएको दाबी गर्ने रेशमलाल एकाएक विक्षिप्त भएका हुन्। उनले सो सहमति चार दिनमै भत्केकाे र पारिवारिक एवं सबैखाले सम्बन्ध समाप्त भएको जनाउँदै आफू मध्यरातमा विक्षिप्त बनेको जानकारी दिए। यद्यपि उनले अहिले भने सो जानकारीसहितको स्टाटस लगायत सबै पोस्टहरु हटाइसकेका…

Read More

धनगढी :  अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उपसचिव शिवप्रसाद लम्साललाई दिइएको छ। गृह मन्त्रालयले मङ्गलवार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी लम्साललाई अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो। अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका उपसचिव शरदकुमार पोखरेल उमेर हदका कारण अगामी जेठ ६ गते अनिवार्य अवकाशमा जान लागेकाले उनको ठाउँमा उपसचिव लम्साललाई पठाउने निर्णय भएको छ। पोखरेलले करिव नौ महिना अघि गत साउन ३१ गते अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए। यस्तै लम्सालले भने पर्सामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी एक वर्ष अघि २०८० बैशाख २० गते सम्हालेका थिए।

Read More

धनगढी : सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टीकी सासंद टीका थापा मन्त्री बन्दा रेशम चौधरी आक्रोशित बनेका छन् । रेशमले सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल विस्तार थारुहट आन्दोलन प्रतिको धोका भएको बताएका छन् । नाउपा अध्यक्ष रञ्जीता श्रेष्ठ पक्षकी सासंद थापा मन्त्री बनेपछि रेशम फायर भएका हुन । उनले रञ्जीतालाई लक्ष्यीत गर्दै सामाजिक सञ्जाल फेसबुकमा विभिन्न आक्रोस व्यक्त गरेका छन् । रेशमले आफु पहिचानको आन्दोलनलाई बिस्थापित गर्न नसक्ने भन्दै जसलाई जहाँ फाईदा हुन्छ उतै लाग्न भनेका छन् । उनले लेखेका छन् – जसलाई जहाँ फाईदा हुन्छ उतै लाग्नुस् तर म पहिचानको आन्दोलनलाई बिस्थापित गर्न सक्दैन । आजको यहिदिन देख्नको लागि म आठ बर्ष…

Read More

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशनका लागि आर्थिक सहयोग संकलन गर्न सुरू गरेको छ। समाजवादीको १० औं महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि पार्टीले आर्थिक संकलन गर्न सुरू गरेको हो। पार्टी उपाध्यक्ष तथा महाधिवेशन आर्थिक परिचालन कमिटीका अध्यक्ष प्रमेश हमालको अध्यक्षतामा मंगलबार बसेको बैठकले आर्थिक सहयोग संकलन अभियान सुरू गर्ने निर्णय गरेको हो। समितिले आवश्यक आर्थिक संकलन गर्न रसिद प्याड छाप्ने काम गरेको र रसिद प्याडमा क्यु आर कोड पनि राखिएकाले क्यु आर कोडमार्फत् पनि सहयोग गर्न सकिने सचिव जीवनराम श्रेष्ठले बताए। अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनका लागि सहयोगस्वरुप २५ हजार…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाउने तयारी गरेका छन् । सुदूरपश्चिम सरकारका ६ मन्त्रालयमध्ये भौतिक पूर्वाधार र कृषि मन्त्रालय नाउपाले लिइसकेको छ । अब बाँकी चार वटा मन्त्रालयलाई फुटाएर सात मन्त्रालय बनाउने तयारी भइरहेको छ । मुख्यमन्त्री सोडारी दलहरुलाई भाग पुर्‍याउन मन्त्रालय फुटाउने रणनीति लिएका हुन । सामाजिक विकास, भौतिक पूर्वाधार र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर तीन मन्त्रालय थप्नेबारे छलफल चलिरहेको छ । धेरै मन्त्रालय फुटाउदा राम्रो सन्देश नजाने भएकाले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालय बनाउने विकल्पमा पनि छलफल भएको छ । यसो भएमा माओवादी केन्द्र र एमालेले २/२ मन्त्रालय लिनेछन्…

Read More

डोटी: सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको खोजी तीव्र पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजीकार्य तीव्र पारेको हो। जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीम भट्टराईले खोजी जारी रहेको जानकारी दिए। हिजो शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेर बेपत्ता भएका थिए। उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए थिए। सोही क्रममा उनी कार सडक किनारमा रोकी नुहाउन गएका थिए। नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका हुन्।

Read More

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति (भिसी) को लागि ३ जनाको नाम सिफारिस भएको छ। आज (मंगलबार) विश्वविद्यालयको उपकुलपति छनौट समितिले ३ जनाको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो। शिक्षा मन्त्रालय स्रोतका अनुसार प्राध्यापक डाक्टरत्रय हेमराज पन्त, भवानीदत्त जोशी र अक्कलदेव मिश्रको नाम सिफारिस भएको हो यस अगाडि सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि त्रिभुवन तथा पूर्वाञ्चल विश्वविद्यालयको भन्दा कडा मापदण्ड राखिएको भन्दै विरोध भएपछि छनोट प्रक्रिया स्थगित भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको छनोट तथा सिफारिस समितिले २६ माघमा १० दिनको समय तोकेर आवेदन माग गरेको थियो। सो अवधिमा ९ जनाले…

Read More

धनगढी: कैलालीमा हालै प्रहरीकै हवल्दारलाई एक दिन थुनामा राखिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दारलाई थुनामै राखिएको पाइएको हो। जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार सहायक हवल्दार गोकर्णराज जोशीलाई केही दिन अगाडि १ दिन थुना राखिएको र थप कारबाही अगाडि बढाइएको हो। विभागीय अनुशासन नमानेको भन्दै उनलाई कारबाही गरिएको बताइएको छ। स्रोतका अनुसार उनले अत्यधिक मदिरा सेवन गर्ने गर्दथे भने जुवातास पनि खेल्ने गरेको बताइन्छ।

Read More