Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७ घर भएका सौगात थापा रहेका छन् । गत साउन २ गते मुस्लिम समुदायको मुहरम पर्वमा दंगा फैलने आशङ्काले विराटनगरको रानी क्षेत्रमा सुरक्षाबल थप गर्न प्रदेश प्रहरी कार्यालयको टोली जाँदै गर्दा भट्टी मोडमा प्रहरी चढेको गाडी नै दुर्घटनामा परेको थियो । सोही क्रममा उनीसहित साढे दुई दर्जनबढी प्रहरी घाइते भएका थिए । थापाको काठमाडौँस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा थापाको बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Read More

धनगढी: कैलालीमा २० जना क्यामेराम्यान समातिएका छन्। जिल्लाको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी तालमा फोटो खिच्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सुखडका डिएसपीका अनुसार उनीहरूले तालमा फोटो खिच्ने क्रममा लफडा गर्ने, पर्यटकहरुलाई हैरानी दिने गरेका थिए। सोही गुनासोका कारण उनीहरूलाई प्रहरीले समातेको हो। अहिले सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी : कैलालीको अत्तरियास्थित पूजा होटलबाट यौनधन्दामा संलग्न एक जोडी पक्राउ परेका छन् । अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले एक युवक र एक युवतीलाई पक्राउ गरेको छ। गोप्य सूचनापछि खटिएको प्रहरी टोलीले होटलमा छापा मारेको थियो। छापाको क्रममा पुजा होटलको एक कोठामा ३६ वर्षीय पुरुष र २१ वर्षीया महिला भेटिएका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

Read More

धनगढी : धनगढीस्थित नोभा अस्पतालमा कञ्चनपुरका १७ वर्षीय नसिभ चौधरीको मृत्यु भएको छ। अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको भन्दै अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ। बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि अस्पताल आएका थिए। उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो। नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन्। उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए। तर, उनको भनाईअनुसार अस्पतालले न त उचित उपचार गर्‍यो, न त रिफर नै गर्‍यो। यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन्। उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको जनाएको छ। मृतकको…

Read More

काठमाडौँ : पूर्वसांसद मञ्चले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेको छ। पूर्व सांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार गृह मन्त्रालय पुगेर मन्त्री लेखकसँग भेटवार्ता गरेको हो। पूर्वसांसद मञ्चका अध्यक्ष श्रेष्ठले गृहमन्त्री लेखकलाई बधाइका साथै सफल कार्यकालको शुभकामना दिएको बताए। ‘उहाँको कार्यकाल सफल होस्। राम्रोसँग काम गर्नुहोस्। अहिलेको अस्तव्यस्ताबाट निकास निकाल्न सफल हुनुहोस् भनेर शुभकामना दिएका छौं,’ उनले भने, ‘पूर्व सांसद मन्च संसदको सल्लाहकार समिति हो। संसदले पनि सल्लाहकार संस्थाका रुपमा स्वीकृत दिएको छ।’ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पूर्व सांसद मञ्चलाई गृहमन्त्रालयको राष्ट्रिय निर्देशन ऐन अनुसार दर्ताको व्यवस्था मिलाइ दिन पूर्व सांसदहरुले माग राखेका थिए। साथै पूर्वसांसदहरुले निरन्तर जनताको…

Read More

धनगढी : अछाममा बैंकिङ मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल विनायक नगरपालिका–८ का ४४ वर्षीय डण्डीप्रसाद सञ्ज्याल रहेका छन् । उनलाई मंगलसेन नगरपालिका–५ बाट बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलले राष्ट्रपति भवनमै विशेष संकल्प गरी सामग्री पठाएका छन् । उनको सामग्री लिएर एक सहसचिव र एक उपसचिव दोलखा गएर प्रमुख जिल्ला अधिकारीको अगुवाइमा पूजा सम्पन्न भएको हो । गत शनिबार र बुधबार भीमसेनको शिलामा पसिना आएको थियो ।

Read More

धनगढी : कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका विरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।शुक्रबार सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)को अध्यक्षतामा बसेको बैठकले सम्बन्धित स्थानीय तहसंग सहकार्य गरेर हैजा र दादुरा–रुबेला निवारणका लागि टोली परिचालन गरिएको हो। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय र स्थानीय तहको एक टोली बनाई सम्बन्धित स्थानीय तहमा टोली परिचालन गरिएको मन्त्रालयका प्रवक्ता हेमराज खडकाले बताए। उनले भने –‘हैजा र दादुरा रुवेला देखिएका स्थानीय तहमा निवारणका लागि टोली परिचालन भइसकेको छ।’ स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो भने एक बालिकामा पनि…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले भन्सार छली गरिएका चार लाख बढी मुल्य बराबरका सामान बरामद गरेको छ। दुई छुट्टाछुट्टै स्थानबाट भारतबाट अवैध रूपमा ल्याइएका सामानहरु बरामद गरेको हो । धनगढी उपमहानगरपालिका २ स्थित रामजानकी मन्दिर नजिकबाट वडा प्रहरीको टोलीले २ लाख १२ हजार बराबरका ६२० जोर पुरुष मोजा र ४४० जोर महिलाका मोजा बरामद गरेको छ । यस्तै प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका ३ बाट १ लाख ९० हजार ६०० बराबरका लन्डनहर्न ब्रान्डका चस्मा र चस्माका ग्लास बेवारिसे अवस्थामा फेला पारेको छ। दुवै स्थानबाट अन्दाजी ४ लाख २ हजार ६ मुल्य…

Read More

धनगढी: नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष एवं आइजी बसन्त बहादुर कुवँरकी पत्नी लक्ष्मी पराजुली कुवँरले धनगढी पुगेर जन्मदिन मनाएकी छन्। आज (शुक्रवार) नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशद्वारा आयोजित एक कार्यक्रमकाबिच उनले जन्मदिन मनाएकी हुन्। सो अवसरमा उनले धनगढी उपमहानगरपालिका-१३ स्थित दृष्टि फाण्डेसनलाई साहाराविहीनहरुका लागि लत्ता कपडा वितरण पनि गरेकी थिइन्। कार्यक्रममा सुदूरपश्चिमका डिआईजी लगायत मातहतका कार्यालय प्रमुख र स्थानीयसहितको सहभागीता थियो।

Read More