Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुरमा आइसक्रिम बेच्ने ठेलागाडा पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका—१५ बस्ने ३० वर्षका नारद राना रहेका छन्। शनिबार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० दोदास्थित धनगढी–बेलौरी हुलाकी सडकखण्डमा दोदाबाट विकाशबस्ती लैजादै गरेको आइसक्रिम बेच्ने साइकल (ठेला गाडी) अनियन्त्रित भएर गम्भिर घाइते भएका रानाको मृत्यु भएको हो । आइसक्रिम बेच्ने साइकल ठेलागाडी सडकबाट करिब ५/६ फिट तल खसेर गम्भिर घाइते भएका उनको शनिबार मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Read More

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले यातायात व्यवस्था विभागका एक जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा सिआइबीले पूर्वकर्मचारी  सुरज प्रकाश अर्याललाई पक्राउ गरेको हो । लिखित र ट्रायल बिनै प्रणाालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली फर्जी लाईसेन्स जारी गरेको प्रकरणमा सिआईबीले विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् । विभागमा ३ वर्ष कार्यरत रहेका अर्याल गतवर्ष सरुवा भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेका थिए । त्यहाँबाट केही समयअघि मात्र उनी अख्तियार दुरुपयोग…

Read More

धनगढी: सुदूरपश्चिमको डडेल्धुरादेखि काठमाडौं गइरहेको बस दुर्घटनामा परेका छ। आइतबार बिहान घटाल डिलक्सको बा५ख ६००० नम्बरको बस पूर्व नवलपरासीको दाउन्नेमा दुर्घटनामा परेको हो।  प्रेसर पाइप फुटेर उकालोमा रोकेको बस एक्कासी ब्याक भएर पल्टिएको बताइएको छ। बसमा ४० जनाजति यात्रु रहेकोमा सबै सकुशल रहेको उग्रतारा यातायात व्यवसायी समितिका अध्यक्ष मानबहादुर साउदले बताए। उनका अनुसार अधिकाशं यात्रुलाई सामान्य उपचारपछि गन्तव्यमा पठाइसकिएको छ। भने, बाँकी यात्रुलाई पनि अन्य सवारीसाधनमा पठाइनन लागिएको छ।

Read More

कैलाली: बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाको लागी सर्वदलीय बैठक सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैठक सुरु भएको हो। बैठकले आचारसंहितामा तयार गर्ने र त्यसलगत्तै मतगणना सुरु गर्ने बताइएको छ। शनिवार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

Read More

काठमाडौ महानगरपालिकाले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । महानगरका मेयर बालेन शाहले आफ्नो समाजिक सन्जाल फेसबुक मार्फत जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकको उपचार गर्ने जनाएका छन । उनले लेखेका छ्न :- नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ । यस अघि महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा पनि सुरु गरिसकेको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नै काठमाडौंभित्र कुनै पनि ठाउँमा जान निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको…

Read More

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्टराई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले उनलाई पक्राउ गरेको हो । देशभरका यातायात कार्यालयबाट एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् । गत पुसमा यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययन गरेको थियो । अध्ययनले ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार…

Read More

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाई हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो । सन्दीप पक्षका वकीलहरुले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

Read More

काठमाडौँ : उपनिर्वाचनअन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए ।  सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए ।   इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको हो ।  इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

Read More

गुल्मी : जिल्लाको सत्यवती गाउँपालिका-४ मा गएराति मलामी बोकेको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। दुर्घटनामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप मौरीओडार स्थित शाहघाट लिम्घाको भित्री सडकमा दुर्घटनामा परेको हो । जीप ब्रेक फेल भई सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताए। घाइतेमध्ये चारजनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ। अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ।

Read More

इलाम : इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक शुरु भएको छ। यसका लागि अहिले सर्वदलीय बैठक राखिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। ‘सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकमा बोलाएका छौँ’, प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘बैठक सकिएलत्तै हामी मतगणना सुरु गर्छौँ।’ मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका दुई स्थानमा मत गणना हुने छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ। सर्वदलीय बैठक पनि मतगणनास्थलमै आयोजना गरिएको प्रमुख जिल्ला अधिकारीले यादवले…

Read More