Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीकाे चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। विभिन्न मिडियामा शव भेटिएको भन्दै समाचार सम्प्रेषण गरिएपनी उनी अझैसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार साेमबार (तराईमा होलीको दिन) कर्णाली पुलमाथिबाट १७ जनाले हाम फालेकोमा १७ मध्ये लम्कीचुहा नगरपालिका-३ का ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए। उनी अहिलेसम्म नभेटिएकाे प्रहरीले जनाएको हो। प्रहरीले अहिले पनी उनको खाेजी कार्य भइरहेको बताएको छ। साेमबार दिउँसो उनीसहितको युवाको १७ सदस्यीय टोलीले मादक पदार्थ सेवन गरेको अवस्थामा पुलमा सामूहिक रूपमा तस्बिर खिच्ने भन्दै जबरजस्ती गएर हाम फालेका थिए। पछि हाम फालेका १६ जना सकुशल बाहिर निस्किएका…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालय नक्सालले बिना सूचना कार्यालयमा अनुपस्थित रहेका २३ जना कर्मचारीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। जसमा डडेल्धुराको अजयमेरु गाउँपालिका-३ घर भएका प्रहरी हवल्दार डम्बरबहादुर चन्द र कञ्चनपुरको शुक्लाफाँटा-६ घर भएका प्रहरी सहायक निरीक्षक कमल राना पनि रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।

Read More

धनगढी: कैलाली र कञ्चनपुरमा होलीको दिन कयौं मान्छेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन्। बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीससहित १७ जनाले कर्णाली पुलबाट हामफालेका थिए। तीमध्ये शाही बेपत्ता भएका हुन् भने अन्य १६ जना सकुशल बाहिर निस्कन सफल भएका थिए। उनीहरु सबैले होलीमा मादक पदार्थ सेवन गरेर हाल फालेका थिए। प्रहरीका अनुसार टीकापुर र चिसापानी एरियाका उनीहरु सबैले ४६ सेकेन्डमा सबैले हाम फालेका थिए। यस्तै उता कंचनपुर २६ वटा मोटरसाइकलसहित मान्छेलाई नियन्त्रणमा लिएर छोडिएको छ। मापसे गरेकालाई जरिवाना गराएर छोडिएको…

Read More

काठमाडौं : प्रदेश सरकारको नेतृत्व भागबन्डामा सत्तारुढ दलहरु सहमति नजिक पुगेका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटमा यसबारे कुराकानी भएको छ । अब बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागबन्डा टुंगो लगाउने तयारी छ । नाउपालाई सुदूरपश्चिममा मुख्यमन्त्री दिएर भए पनि लुम्बिनीमा समर्थन जुटाउने दलहरुको तयारी छ । तर नाउपा आफैंमा विभाजित छ । संरक्षक रेशम चौधरीको जोडबलमा नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको छ । तर केन्द्रमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको जोडबलमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको छ । ५३ सदस्यीय प्रदेशसभामा…

Read More

काठमाडौँ : बी एन्ड सी कलेजको सम्बन्धन विवादमा सर्वोच्च अदालतले दुर्गा प्रसाईको पक्षमा फैसला सुनाएको छ। न्यायाधीशद्वय कुमार चूडाल र सारंगा सुवेदीको इजलासले प्रसाईको मागअनुसार रिट जारी हुने निर्णय सुनाएको छ। प्रसाईले आफ्नो बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलयागत निकायका विरुद्ध २०७७ असारमा रिट दायर गरेका थिए। आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलगायत निकायका विरुद्ध २०७७ असारमा प्रसाईले दायर गरेको रिटको अन्तिम सुनुवाइ मंगलबार सकिएको हो।

Read More

काठमाडौं : युवा हिटर आदिल अन्सारी नेपाली क्रिकेट टोलीमा फर्किने बाटो खुलेको छ । गतवर्ष पुसमा नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि उनी नेपाल र घरेलु क्रिकेट दुबैबाट बाहिर थिए । उक्त आरोपपछि पक्राउ परेका पूर्वक्रिकेटर महबुब आलम र अन्सारीलाई अदालतको आदेशमा ३ लाख धरौटी बुझाएर रिहा भएका थिए । उक्त मुद्धामा अन्तिम फैसला नहुँदा आदिलले घरेलु र अन्तर्राष्ट्रिय दुबै खेल खेल्न पाएका थिएनन् । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपमा दाबी नपुग्ने भन्दै आदिल र महबुबसँगै स्पट फिक्सिङको आरोप लागेका पाँच जनालाई नै सफाइ दिएको छ । योसँगै नेपाली क्रिकेट टोलीमा फर्किएने बाटो खुलेको…

Read More

धनगढी : कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्। होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका ३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही छन्। पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका उनी बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार बेपत्ता शाहको खोजी कार्य भइरहेको छ। [भिडिओ]

Read More

काठमाडाैं : नेपालले पहिलो टी २० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।  जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूणर् योगदान गरे । सन्दीपले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रले अविजित २० रन बनाए ।

Read More

काठमाडौं : नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराएका हुन् । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्कीलाई प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गराएका हुन् । कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए । उनी जसपाबाट मन्त्री बनेका हुन् ।

Read More

काठमाडौँ : नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सको टोलीले टी–२० आई सिरिजको पहिलो खेलमा नेपाली टोलीसामु जितका लागि १ सय २२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा१ सय २१ रन बनाउँदा अलआउट भयो। आयरल्यान्डका लागि ओपनर तथा विकेट किपर स्टेफन डोहिनीले बनाएको ४६ रन नै सर्वाधिक रह्यो। ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका स्टेफन चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए। लियम म्याकार्टीले १६ रन बनाउँदा ललित राजवंशीको बलमा एलबीडब्लु धरापमा परे। थोमस मयस १६ रन बनाउँदा रन आउट…

Read More