Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: कर्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गर्ने चौथो टिम बनेको छ। अहिले जारी सुदूरपश्चिमविरुद्धको खेलमा पराजयको संघारमा पुगे पनि रनरेटका आधारमा कर्णालीले प्लेअफमा स्थान बनाएको हो। कर्णालीसँग प्लेअफको प्रतिस्पर्धामा रहेको काठमाडौं प्रतियोगिताबाट बाहिरियो। सुदुरपश्चिमले १२.२ ओभरमा खेल जितेको भए कर्णाली बाहिरिने थियो र काठमाडौंको ढोका उघ्रिने थियो। तर, सुदुरपश्चिमले लक्ष्य पछ्याउने क्रममा १२.२ ओभर कटेलगत्तै कर्णालीको प्लेअफ स्थान सुरक्षित भएको हो।

Read More

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि ओमानी खेलाडी जिासन मकसुदले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। साथै उनले २ रनआउट पनि गरे। स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै…

Read More

काठमाडौं: काठमाडौंका पूर्वमेयर, पूर्वमन्त्री पीएल सिंहको निधन भएको छ। परिवार स्रोतका अनुसार पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो। २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए। ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। यसैक्रममा काठमाडौं महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ।

Read More

धनगढी: धनगढीको एक होटेलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका– १३ मोहनपुरमा हर्क कप्टयालले सञ्चालन गरेको मालिका होटेल एण्ड डिडि स्टोरमा आगलगाी भएको हो।  जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युतको तार सर्ट भएर आगलागी भएको हो। आगलागी हुँदा होटेल र पसलभित्र रहेका किराना लगायतका सामान गरी अन्दाजी ३० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं: लामो रस्साकस्सीको बीच नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ। शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विधेयकको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय गरेको हो। विधेयकमा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान स्वीकृत भएको छ। अब वरिष्ठ हवल्दारसम्मका प्रहरीले १६ वर्षमा तथा असई, सई र वरिष्ठ सईले १८ वर्ष जागिर अवधि पुगेपछि पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाउनेछन्। तर, उनीहरूले पेन्सन भने जागिर सुरु गरेको २० वर्ष अवधि पुगेपछि मात्र पाउनेछन्। तल्लो तहका प्रहरीहरुले लामो समयदेखि यस्तो व्यवस्थाका लागि माग गर्दै आएका थिए। प्रहरी निरीक्षक (इन्सपेक्टर)भन्दा माथिल्लो दर्जाका प्रहरीको…

Read More

काठमाडौं: नेपाल प्रहरीका विवादित प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी आइतबारबाट अनिवार्य अवकाशमा गएका छन्। उनी उमेरहदका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन्। प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजीहरु अवकाश हुने प्रावधान छ। ३० वर्षे सेवा अवधिअनुसार आगामी चैतसम्म सेवा अवधि भए पनि त्यस अगावै उमेर हदका कारण उनी अवकाशमा गएका हुन्। ठकुरी अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ३ पुग्ने भएको छ। यसअघि डीआईजीहरु दुर्गा सिंह चन्द र भरतबहादुर बोहरालाई एआईजी बढुवाका लागि सिफरिस गरिएको थियो। उनीहरुले एआईजीको दर्ज्यानी चिन्ह लगाउन बाँकी नै छ। सिफारिस स्वीकृत भएर बढुवा भएको अवस्थामा रिक्त डीआईजीको…

Read More

टीकापुर: २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ। आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ६ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो। यसअघि २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल माघदेखि बन्द अवस्थामा रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य संघ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गरेका थिए। विमान अवतरणका…

Read More

काठमाडौं: नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता २०८१ अन्तर्गत विजयी खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। आइतबार सम्पन्न भएको दुई दिने पुरुष र महिलातर्फका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नगद पुरस्कार र मेडल प्रदान गर्नु भएको हो। सो अवसरमा नेपाल क्लाइविङ संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल लगायतको उपस्थिति रहेको थियो। यसअघि सो प्रतियोगिताको उद्घाटन सदस्य सचिव घिसिङले गरेका थिए। फ्रि स्टाइल रोल्लर स्केट च्याम्पियनसीप वार्षिक रुपमा आयोजना हुँदै आएको छ। यसपटक महिलातर्फ निर्जला श्रेष्ठ पहिलो र सन्ध्या मगर दोस्रो र निमिषा तामाङ भए। १५० जना महिलाबाट…

Read More

धनगढी: नवनिर्वाचित पत्रकार महासघं कैलालीका अध्यक्षसहित कार्यसमितिलाई कैलाली उद्योग वाणिज्य सघंले बधाईसहित सम्मान गरेको छ। आइतबार सुदुरपश्चिम महोत्सवमा निमन्त्रणा गर्दै उद्योग वाणिज्य सघं कैलालीलाई नवनिर्वाचित अध्यक्ष श्रवण देउवासहित टिमलाई सम्मान गरेको हो। कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुस्पराज कुँवर तथा महासचिव ओम बिष्टसहितको टिमले नवनिर्वाचित महासघंको टिमलाई माला लगाएर सम्मान गरेको हो।उद्योग वाणिज्य सघंबाट सम्मान पश्चात नवनिर्वाचित अध्यक्ष श्रवण देउवाले धन्यवाद ब्यक्त गरेका छन्। लोकतन्त्र र सबिंधानको रक्षाका लागी पत्रकार महासघं सधैँ कटिबद्ध रहेको बताउँदै देउवाले यहाँको औधोगिक तथा पर्यटनको विकासका लागि कैलाली उद्योग वाणिज्य सघंसगं सहकार्य रहने विश्वास ब्यक्त गरे। मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा…

Read More

काठमाडौं: प्रधानसेनापति अशोकराज सिग्देल भारतको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। उनीसहित १० सदस्यीय टोली एअर इण्डियाको उडान नम्बर एआई२१५७ बाट नयाँ दिल्ली हुँदै केही बेरअघि काठमाडौं आइपुगेको हो। टोलीमा धर्मपत्नी निता क्षेत्री सिग्देल, छोरा आशुतोष सिग्देल,उपरथी अनुपजंग थापा,सहायक रथी डा.नम्रता महरा रावल,सहायक रथी पूर्णबहादुर खत्री,प्रमुख सेनानी सुरज रावत, सेनानी राजेश श्रेष्ठ,भावना थापा र रेन्कु रेग्मी छन्। रथी प्रदिपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उनीहरुलाई स्वागत गरे।  सिग्देल गत मंसिर २५ गते भारत गएका थिए। भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि नयाँ दिल्ली गएका उनलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथी दर्जाबाट…

Read More