Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर : कञ्चनपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गरेर संरक्षणका लागि स्थानीय प्रशासनले सक्रियता बढाएको छ। नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा सार्वजनिक जग्गा संरक्षण एवं अतिक्रमित जग्गा लिन जिल्ला प्रशासन कार्यालयले स्थानीय तहका नगरप्रमुख, उपप्रमुखका साथै विभिन्न राजनीतिक दलसँग छलफल अघि बढाएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा अतिक्रमित सार्वजनिक जग्गा संरक्षणका लागि राजनीतिक दल र स्थानीय तहले प्रतिबद्धता जनाएका बताए। सो सम्बन्धी जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा राजनीतिक दल, स्थानीय प्रशासन र स्थानीय तहका जनप्रतिनिधिले सबै स्थानीय तह तथा आफ्नो नाममा वा आफ्नो जिम्मेवारीका क्षेत्रमा अतिक्रमणसम्बन्धी १५ दिनभित्र अद्यावधिक गरी एकीकृत विवरण तयार गरी जिल्ला प्रशासनमा पठाउने…

Read More

काठमाडौं : त्रिभुवन आर्मी क्लबले आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ चौथो क्वार्टरफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ३–१ ले हराउँदै सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको हो । आर्मीले सुदूरपश्चिमलाई १९–२५, २५–२२, २३–२५, १७–२५ ले हरायो । पहिलो सेट आर्मीले सहज रुपमा जिते पनि दोस्रो सेटमा सुदूरपश्चिमले सुरुवातदेखि नै आर्मीलाई दबाबमा राखेको थियो । तीन अंकले पछि परेको आर्मीले १९–१९ बराबरी गरेको थियो । त्यसपछि भने सुदूरपश्चिमले २५–२२ मा रोक्दै सेट जितेर १–१ को बराबरी गरेको थियो । तेस्रो सेटमा आर्मीले सुरुवातमा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चाडैं विश्वासको मत लिने तयारी गरेका छन्। केन्द्रमा राजनीतिक समीकरण फेरबदल भएर प्रदेशमा पनि तत्कालीन सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले पुनः विश्वासको मत लिने तयारी थालेका हुन्। नेपाली काँग्रेसका मुख्यमन्त्री शाहले होली (फागु पूर्णिमा) लगत्तै प्रदेश सभाबाट विश्वासको मत लिने योजना बनाएर गृहकार्यमा जुटेको उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका हुन्। तर त्यो उनका लागि सहज भने देखिदैन। नाउपाभित्रको आन्तरिक विवाद र केन्द्रमा नेकपा एमालेसहितको नयाँ समीकरणको…

Read More

धनगढी: बैतडी घटनामा प्रहरीले अनुसन्धान थालेको छ। श्रीमतीको हत्या र कर्मचारीमाथि कुटपिटको घटनामा प्रहरीले अनुसन्धान थालेको हो। आज (बिहीबार) बिहान जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर- ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले आफ्नै श्रीमतीको हत्या गरेका थिए। यस्तै उनको कुटपिटबाट पालिकाका २ कर्मचारी घाइते भएका छन्। घाइते भएका उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई नेपालगन्ज पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका एसएसपी दिल्लीराज बिष्टले जानकारी दिए। डिलासैनीका धामीले आफ्नै ५६ वर्षीया श्रीमती पार्वती धामीको कोदालो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। यस्तै उनले आफ्नो घरमा भाडामा बस्ने दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम…

Read More

बैतडी: बैतडीमा एक पुरुषले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। आज (बिहीबार) जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर- ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। प्रहरी स्रोतकाअनुसार कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या भएको हो। कोदालो प्रहारबाट घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। यस्तै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दिपक गिरीले धामीकै कुटपिटबाट दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट पनि घाइते भएको जानकारी दिए। पालिकाका…

Read More

धनगढी : कञ्चनपुर घर भएका विपीन जोशीको रिहाइको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। असोज २० गतदेखि बेपत्ता जोशीको सकुशल उद्धारको लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दल र पार्टी प्रदेश कमिटीकोतर्फबाट परराष्ट्र मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ। जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकायमार्फत् इजरायल पुगेका थिए। प्यालेस्टाइनको हमास समूहले नेपाली विद्यार्थीहरू बसेको बङ्करभित्रै पसेर आक्रमण गरेका थिए। हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए। त्यस क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात रहेको छ। उनलाई हमास समूहले नियन्त्रण दिएको पुष्टि भएको थियो। तर, अहिलेसम्म…

Read More

काठमाडौँ : सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा ५६ लाख ४३ हजार नौ सय १२ जनाले बालबालिका खोप लगाएका हुन् । “हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्” उनले भने, “ जिल्लाबाट प्राप्त प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशतले खोप लगाएका पाइएको छ । ” सरकारले यस…

Read More

काठमाडौँ : फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा आज (बिहीबार) नेपाल बहराइनसँग भिड्दै छ। बहराइनको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ। होम एन्ड अवेका आधारमा खेल हुने भए पनि दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल बहराइनमा खेल्ने भएको हो। नेपालले न्युट्रल भेन्युका रूपमा भुटान र साउदी अरब प्रस्ताव गरे पनि बहराइनले खेल्न अस्वीकार गर्दै दुवै खेल आफ्नै मैदानमा खेल्ने बताएको हो। नेपालले पहिलो चरणको पहिलो लेगमा लाओससँग बराबरी गरेको छ भने दोस्रो लेगमा १–० को जित हासिल गरेको छ। नेपाल समग्रमा १–० नतिजा निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो।…

Read More

काठमाडौं : बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान चौधरीको बयान लिइएको स्रोतले बतायो । आज बिहान सीआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बिहान ८ बजे बयान लिइएको हो । बिहान उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए । बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो । बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर…

Read More

-आभुषण तिम्सिना/ होइन प्रधानमनत्रीज्यू ?यो के कस्तो खेल खेलिबक्सेको ? या कस्तो खेल को आयोजना गरिबक्सेको ? हजुर संबिधान मान्ने कि नमान्ने ? मान्ने भए किन यस्तो झेल गरिबक्सेको ? पुलिसको कुरा के गरौं। हिजो हजुरकै नेतृत्वको सरकारको पुलिसको सिआइबिले सुन काण्डको मुद्दा अनुसन्धान गर्दा चोख्याएका दिपेश पुन अनि महरालाई आज त्यहि पुलिसले पक्राउ गरेर सुन काण्डको अनुसन्धान सुरु भन्दै गर्दा हिजो हजुरले नेतृत्व गरेको सरकारले गरेको कामको आधिकारिकतालाई कसरि पुष्टि गर्नुहुन्छ ? पुलिस हिजो सहि थियो कि आज सहि कार्य गर्दै छ कसरि जनताको सामु स्पष्ट पार्नुहुन्छ ? आज महरा र दिपेश पुनलाई पक्राउ गर्नु सँग सँगै हिजो नेपाल…

Read More