Author: महेन्द्रनगर पोष्ट

बैतडी: पञ्चेश्वरकी एक १७ वर्षीय किशोरी बेपत्ता भएको १२ दिन पुगेको छ। किशोरी बेपत्ता पारेको आरोपमा स्थानीय प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार थुनामा छन्। पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी किशोरी बेपत्ता पारेको आरोपमा मुछिएका हुन्। हवलदार जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए। उनले भने, “किशोरीका आफन्तले दिएका जाहोरी अनुसार प्रहरी हवलदारमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ । किशोरीको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।”    गएको असोज २५ गते बिहान प्रहरी हवलदारलाई भेटेपछि ती किशोरी बेपत्ता भएको किशोरीका आफन्तले बताएका…

Read More

धनगढी: धनगढीमा प्रहरीकै सेटिङमा जुवाखालहरु चल्ने कुरा जगजाहेर छ। उसो त सेटिङमात्र होइन, प्रहरीकै कार्यालय, गेष्टहाउस तथा ब्यारेकभित्र पनि बेलाबखत जुवा भैरहन्छन्। केही समय अगाडि त धनगढीका ठूला व्यवसायीका होटल तथा राष्ट्र बैंकको गेष्ट हाउसभित्र पनि जुवा हुने गरेको बताइएको थियो। त्यहाँ हुने जुवाहरुमा न कहिले प्रहरी जान्थ्यो, न कतै छापा मारिन्थ्यो अर्थात कुनै रोकटोक थिएन। हो, यस्तै प्रहरीकै सेटिङ्वाला एक जुवाघरमा भने कैलालीका सिडिओले नै छापा हान्न भ्याएका छन्। जबकी उनले प्रहरी परिचालन गरेर पनि छापा हान्न लगाउन सक्थे। तर मध्यरातमा उनले जिल्लाका सुरक्षा निकायका प्रमुखसहित दलबल बोकेर धनगढीको एक ठूलो जुवाघरमा छापा हानेका हुन्। स्रोतका अनुसार आइतबार राति…

Read More

काठमाडौँ:अस्ति जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की तानिए। उनलाई तानेर त्यहाँ एसपी राजन लिम्बुको काज गरियो। तर लिम्बु त्यहाँ गएनन्। त्यसपछि काज नै रद्द गरियो। र, त्यहाँ अहिले प्रहरी प्रमुखमा एसपी नारायण प्रसाद चिमोरियाको काज गरेर पठाइएको छ। उता प्रहरी प्रधान कार्यालय नक्साल तानिएका एसपी भने झमेला पनि तानिएका छन्। उनी छानबिनको दायरामा तानिएका हुन्। नक्साल स्रोतका अनुसार उनीमाथि आर्थिक अनियमितताको आरोपमा छानबिन जारी छ। आर्थिक अनियमितताको विवाद आएपछि उनलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको हो। २०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका हुन्। उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ। क्रिप्टोको कारोबारीको…

Read More

बिनोद भट्ट, पछिल्लो समयमा आम नागरिकको चासोको विषय रहेको सहकारी ठगी प्रकरणमा रवि लामिछानेले आफूलाई न्यायिक कसिमा मापन गर्ने भनी सकेपछि न्यायिक प्रकृयावाट निष्कर्ष पनि आउला। यस विषयमा प्रकृया बाहिर नै सिमित रहे शंकाको घेरामा सदैव रहिरहनु पर्छ। यसलाई नागरिकले अनुभूति पाउने गरि परिक्षण हुन जरूरी पनि हुन्छ। उदयमानहरूले संघर्ष गर्नु नै पर्छ। वर्षाैदेखि शासन सत्तामा लिप्तरहेका शाेषकहरूले सहजै युवापुस्ता र उदयमानहरूलाई सत्ता हस्तान्तरण गरि देश विकास र समृद्धिकाे मार्ग प्रसस्त गर्लान भन्ने मलाई लाग्दैन। यदि कानूनकाे शासनका लागि र वास्तविक सहकारि पिडितका पक्षमा राज्य सक्रिय हाे भने अन्य नाम जोडिएका आरोपितहरुलाई उक्त प्रकृयामा नल्याउनुकाे अर्थ के हाे ? यसबाट…

Read More

धनगढीः हनी ट्रयापिङमा संलग्न गिरोहसंग मिलेर पैसा असुल्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीको खोजी कार्य जारी छ। शाहीको खोजीका लागि ललितपुर प्रहरीले उनको स्थायी ठेगाना रहेको कालीकोटस्थित जिल्ला प्रहरी कार्यालयमा पनि पत्राचार गरेको हो। शाहीले भने पक्राउ अनुमति जारी भइसकेको अवस्थामा महेन्द्रनगर पोष्टका सम्पादक टेकसिंह धामीको फेसबुकमा कमेन्ट गरेकी थिइन्। उनी फरार भएको भन्दै लेखिएको स्टाटसमा उनले म यतै छु भन्दै कमेन्ट लेखेको भेटिएको थियो। उक्त विषयलाई पनि नोटिसमा लिएर खोजी गरिरहेको ललितपुर प्रहरी स्रोतले बतायो। ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा बोलाएर घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी अहिले फरार छिन्। उनी…

Read More

दार्चुलाः बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुरुषलाई नियन्त्रणमा लिएको हो। बालिकालाई जबरजस्ती करणी गरेको भन्दै बालिकाको घर, परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ। पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा खैरो हेरोइनसहित २ जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-७ मनेहरा सिविरबाट सोही ठाउँ बस्ने २२ वर्षीय नरेश राना र देवरिया बस्ने २८ वर्षीय सेवाराम राना पक्राउ परेका हुन्। उनीहरुलाई २ ग्राम २७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारि पक्राउ गरेको जनाएको छ।

Read More

धनगढीः कैलालीबाट ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका(४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन्। पसल संञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय साउदसहित ६ जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

Read More

अछाम: नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि अछाममा नेताकार्यकर्ता आन्दोलित भएका छन्। आइतबार बसेको एमाले सचिवालय बैठकले नेता रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।सोही निर्णय फिर्ता लिन माग गर्दै साँफेबगरमा नेता रावल पक्षका नेताकार्यकता आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले नेता रावलको पक्षमा नाराबाजी गरेका थिए। उनीहरुले ‘भगौडा नेता मुर्दाबाद, भीम रावलको स्पष्टिकरण फिर्ताले, प्रदेशको विज्ञप्ति खारेज गर, भीम रावल जिन्दाबाद’, भन्दै नाराबाजी गरेका थिए। लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई आइतबारको सचिवालय बैठकले स्पष्टीकरण सोधेको थियो। साथै साँफेबगर नगर कमिटी तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु…

Read More

दोधारा चाँदनी: तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) बाट विस्थापित नागरिकको २३ वर्ष वित्दासमेत पुनःस्थापना हुन सकेको छैन। आरक्ष पीडितलाई पुनःस्थापना गर्नका लागि सरकारले पटक–पटक गरी हालसम्म ३२ वटा आयोग गठन गरिसकेको छ तर विस्थापितको समस्या समाधान हुन भने सकेको छैन। सरकारले गत असोज २ गते विस्थापितको समस्या समाधानका लागि उच्च अदालतका पूर्वन्यायधीश जयानन्द पनेरुको संयोजकत्वमा ६ सदस्यीय अधिकार सम्पन्न न्यायिक आयोग गठन गरेको छ। तर विस्थापित आफूहरु पुनःस्थापना हुनेमा विश्वस्त भने छैनन्।  ढक्का शिविरमा बस्दै आएका सरेराम लोहारको रौतेली बिचवामा अढाइ बिघा जमिन थियो । विसं २०३८ मा बैतडीबाट बसाइँ सरी कञ्चनपुरको रौतेलीविचवा आएका लोहार विस्थापित भएपछि…

Read More