Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (पिआइटी) ले अवैध भारतीय प्याज बरामद गरेको छ। जिल्लाको सत्ति भन्सार अगाडिबाट प्रहरीले प्याज बरामद गरेको हो। स्थानीय प्रहरी र पिआइटी टोलीले आइतबार बिहान खक्राैला नजिकैको पुरानो भन्सार नजिकबाट ६ क्विन्टल ६८ किलोग्राम प्याज बरामद गरेको जनाएको छ। उक्त प्याज थप अनुसन्धान एवं कारबाहीका लागि सत्ति भन्सार कार्यालयमा बुझाइएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागी भएको छ। बेदकोट नगरपालिका-१ हात्तिथला स्थित प्रताप ऐरको जस्ता पाताले छाएको घरमा कुडो पकाउन बालेको आगोबाट अचानक आगलागी भएको हो। आगलागी हुँदा घर भित्र रहेको अन्न, लत्ताकपडा, भाँडाकुडा र पराल जली अन्दाजी ८५ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्ष प्रकाश डाँगीले बताए। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डाँगीले बताए।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (आइतबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। देशका बाँकी भूभागकार् मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेकाे छ। आज दिउँसाे कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तर, आज वर्षा भने कतै नहुने अनुमान मौसम पूर्वानुमान महाशाखाकाे छ। आज राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने…

Read More

विराटनगर :मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा २३ परिवारको बिचल्ली भएको छ । आगलागीबाट सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डिएसपी रञ्जन दाहालले जानकारी दिए । डिएसपी दाहालका अनुसार शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको छ । शनिबार पाँच बजेतिर आगोलाई नियन्त्रणमा लिइए पनि सानातिना आगो र धुवाँ आउने क्रम आइतबार बिहानसम्मै जारी थियो । आइतबार बिहान चार बजेमात्र आगो पूरै निभाइएको डिएसपी दाहालले भने । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको थियो । पश्चिमबाट चलेको हावाका कारण…

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–७ मोती चोकस्थित कैलाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सहित सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी–७ का ४५ वर्षीय होटल सञ्चालक वीरबहादुर साउद लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ६ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। केही दिन अगाडी धनगढी ५ हसनपुरबाट ५ जना जुवाडेहरुलाई समेत पक्राउ गरेको थियो ।

Read More

काठमाडौं : नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूहबीच शनिबार एकता घोषणा भएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादवसहितको समूहले माओवादी केन्द्रसँग एकताको घोषणाको सहमति गरेको हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले एकताको निर्णय गरेको भन्दै माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले शनिबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उल्लेख भए अनुसार पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरुङ…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पुर्णखोप अभियानमा सामाजिक तथा व्यवहार परिवर्तन सञ्चारको आवश्यकता महसुश भएको बताएका छन् । शनिबार धनगढीमा सम्पन्न तीन दिने व्यवहार परिर्वतन तालिममा सहभागिहरुले सो कुरा बताएका हुन । सहभागीहरुले सन २०२६ सम्ममा दादुरा रुबेला रोग निवारण गर्ने गरि राज्यले राखेको लक्ष्यलाई पुरा गर्न मानव केन्द्रित डिजाईन पद्धतीलाई व्यवहारमा लागु गर्ने बताएका छन् । उनिहरुले धनगढी प्रदेशको राजधानि तथा ठुलो जनसंख्या बसाइसराई भइरहने समस्याको कारण पुर्ण खोपमा चुनौती रहेको समेत बताए । खोप कार्यकर्ताहरुको लागि युनिसेफ नेपालको सहयोग, उपमहानगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजना गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै नगरपालिका उप प्रमुख कन्दकला रानाले…

Read More

काठ्माडौ : भारतमा आगामी लोकसभा निर्वाचनको मिति घोषणा भएको छ। शनिबार त्यहाँको केन्द्रीय निर्वाचन आयोगले १८ औं लोकसभा निर्वाचनको मिति घोषणा गरेको हो। आयोगले यसपालिको लोकसभा निर्वाचन ७ चरणमा गर्नेगरी मिति घोषणा गरेको छ। पहिलो चरणमा २१ राज्यका १०२ सिटमा निर्वाचन हुनेछ। बिबिसीका अनुसार अरूणाञ्चल, असम, बिहार, छत्तिसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कस्मिर, लक्षद्विप, पुद्दुचेरीका विभिन्न १२० सिटमा अप्रिल १९ तारिखका दिन मतदान हुनेछ। दोस्रो चरणमा १३ राज्यका ८९ सिटमा निर्वाचन हुनेछ। असम, बिहार, छत्तिसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम…

Read More

धनगढी : टीकापुर नगरपालिकाको १४औँ नगर सभामा एउटा वडालाई चार भागमा विभाजन गर्ने प्रस्ताव पारित भएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको नगर सभामा वडा नं १ लाई चार वटा वडामा विभाजन गर्ने प्रस्ताव वडा नं। १ का वडाध्यक्ष मोहन लुहार बिकले पेस गरेका थिए । सभाबाट वडा नं. १ लाई चार भागमा विभाजन गर्ने निर्णय पारित गरिएको उनले जानकारी दिए । ४६ हजार ६९८ जनसंख्या रहेको वडा नं. १ लाई चार वडामा विभाजन गर्ने निर्णय आवश्यक भएको बिकले बताए । राष्ट्रिय जनगणना २०६८ अनुसार ९८ हजार जनसंख्या रहेको टीकापुर नगरपालिकाको १ नं। वडामा मात्रै…

Read More

धनगढी : इन्टरनेशनल क्यारियर काउन्सिलिङ सेन्टर (आईसीसीसी)ले धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको आईसीसीसीले ११औं शाखाको रुपमा धनगढीमा नयाँ शाखा खुलेको हो । क्यानडा अध्ययनको सबैभन्दा भरपर्दो शैक्षिक परामर्श केन्द्रको रुपमा स्थापित आईसीसीसीले दुरदराजका विद्यार्थीलाई मध्यनजर गरेर शाखा विस्तार गरिएको जनाएको छ । एसपीए रोड धनगढीमा चैत्र ३ गते नयाँ शाखा कार्यालयको उद्घाटन आईसीसीसीका प्रबन्धनिर्देशक तथा सिनियर काउन्सलर राम खड्काले गरेका हुन । विशेषगरी अध्ययनका लागि क्यानडा जान चाहने धनगढीका विद्यार्थीलाई सजिलो बनाउन शाखा विस्तार गरिएको खड्काको भनाई छ । आईसीसीसीले पुतलीसडकसहित काठमाडौंको कमलादी, काठमाडौंको चावहिल, पोखरा, बुटवल, चितवन, इटहरी, झापाबाट र क्यानडाबाट विद्यार्थीलाई…

Read More