Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता भएको छ। दुई पार्टीबीच एकता भएको आज जारी विज्ञप्तिमा जनाइएको छ। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र समाजवादीका महासचिव रमेशप्रसाद यादवले जारी गरेको संयुक्त प्रेस नोटमा चार बुँदा उल्लेख छ। नोटमा भनिएको छ, ‘पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ।’ त्यस्तै वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि चार सदस्यीय कार्यदल बनाइएको छ। बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ। साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ। कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र…

Read More

धनगढी: कैलालीको धनगढीमा ड्रीमलिंक एजुकेसन नेटवर्क सञ्चालनमा आएको छ। हालै धनगढीको मुख्य रोडस्थित निर्माण गेट नजिकै सो ड्रीमलिंक सञ्चालनमा आएको हो। विद्यार्थीलाई लक्षित गरि उक्त ड्रीमलिंक सञ्चालनमा ल्याइएको सञ्चालक दीपा रावतले बताइन्। उनका अनुसार ड्रीमलिंकले विभिन्न भाषाका तयारी कक्षा, परामर्श एवं दस्तावेजीकरण र भीसा प्रोसेसको काम गर्ने छ। हाल ड्रीमलिंकले आईएलटिएस, पिटीई, जापनिज, कोरियन लगायतका भाषा सिकाउनेदेखि लिएर युके, अमेरिका, अष्ट्रेलिया, डेनमार्क, माल्टा, न्युजिल्यान्ड, फिनल्यान्ड, जापान र कोरिया लगायतका देशमा विद्यार्थी र जनशक्ति पठाउने गर्दै आएको छ। ड्रीमलिंकको सुदूरपश्चिमका युवा तथा विद्यार्थीलाई विदेश यात्राका लागि भरपर्दो र धनगढीबाटै सेवा दिएर काठमाडौं जानपर्ने झन्झटबाट मुक्त गराउने उदेश्य रहेको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक युवक खुकुरी र लागूऔषधसहित पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज गाउँबाट ७७.२१ ग्राम लागूऔषध (गाँजा)सहित सोही ठाउँ बस्ने २२ वर्षीय शुसिल चौधरी शुक्रवार साँझ पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी गस्ति टोलीले उनको साथबाट गाँजा र धारिलो हतियार (खुकुरी) एक थान फेला पारी चौधरीलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी : कैलालीको चौमालाका एक किसान अनलाइन ठगीमा परेका छन् । भारतीय ठग गिरोहले मुर्रा भैँसी नेपालमा घरसम्म होम डेलिभरी गरिदिने भन्दै ती किसानबाट १ लाख २० हजार ठगी गरिएको भेटीएको छ । फेसबुकमा ६५ हजारमा घरमै मुर्रा भैँसी पु¥याइदिने आश्वासनमा पर्दा आफू ठगिएको उनले बताएका छन् । भिडियो कलबाटै भैँसी देखाएर, सरकारी कागजात र आफ्ना सबै परिचय पत्र पनि देखाएपछि विक्रेतामाथि विश्वास गरेका उनलाई सुरमा घरमै भैँसी पुगेपछि मात्रै पैसा लिने प्रलोभनमा पारिएको थियो । घरमै भैँसी पुगेपछि एक हप्ता सम्म भनेअनुसार दूध दिएपछि मात्रै पैसा दिन भनेर सहमति गरेका उनलाई पछि भैँसी ढुवानीका क्रममा बाटोमा समस्या भयो भन्दै…

Read More

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बेलकुण्डीबाट एकनाले भरुवा बन्दुकसहित ४४ वर्षीय मोहन राना पक्राउ परेका छन् । उनी बिहीवार साँझ पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय झलारी र इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको टोलीले उनको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा भरुवा वन्दुक फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

काठमाडौँ : पूर्वउपराष्ट्र नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई रुपन्देही लगिएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ गरेर प्रहरी प्रधान कार्यालयले पुनलाई विमानमा रुपन्देही पठाएको हो। जिबी भन्ने गितेन्द्रबाबु राईले सञ्चालन गरेको रुपन्देहीको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका छन्। दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन्। उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि पुनविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो। यसअघि नै पक्राउ पूर्जी जारी भइसकेको थियो। उनीसमेतको संलग्नतामा सहकारीका बचतकर्ताको करिव सवा अर्ब हिनामिना भएको भन्दै उजुरी परेको थियो। १० हजार ३९१ जना बचतकर्ताको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको उजुरी परेको…

Read More

काठमाडौँ : कांग्रेस सांसद आरजु राणा अकस्मात् भारतको राजधानी नयाँ दिल्ली उडेकी छन्। उनी साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। उनी किन दिल्ली गएकी हुन् भनेर केही खुलाइएको छैन। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु केही दिनअघि मात्र भारतबाट फर्केकी थिइन्। उनी भारतमै छँदा नेपालमा सत्तासमीकरण फेरिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते कांग्रेसलाई हटाएर एमाले तथा रास्वपालाई सरकारमा भित्र्याएका थिए। उनले शुक्रबार नै बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न आइतबार भारत प्रस्थान गर्न लागेको प्राविधिकहरूको टोलीलाई बिदाइ गरेकी थिइन्। उनी प्रतिनिधि सभाको कृषि समितिकी सभापति पनि हुन्।

Read More

काठमाडौं : सुन तस्करी प्रकरणको छानबिन गर्न गठित जाँचबुझ आयोगले सीआईबीको अनुसन्धानमाथि प्रश्न उठाउँदै जीवन चलाउने भन्ने व्यक्तिको बयान नै च्यातेर भगाएको भन्दै एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । सीआईबीले सात घण्टा बयान लिएर चलाउनेको संलग्नता पुष्टि नभएपछि छाडेको थियो । तर, आयोगले चलाउनेलाई छाडिएको विषयलाई समातेपछि उनी चर्चामा आएका छन् । आखिर को हुन् चलाउने ? हाल फरार रहेका चलाउने खाद्यान्नका व्यवसायी रहेको पाइएको छ । आईजीपी बन्नलाई आफूसँग एआईजी श्याम ज्ञवालीले २ करोड मागेको र दिन नसकेपछि आफूमाथि साजिस रचिएको आरोप चलाउनेको छ । उनले गृहमन्त्री रवि लामिछाने र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि ज्ञवालीले…

Read More

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । हेर्नुहोस नंया मुल्य सूची

Read More

धनगढी: पूर्वयुवराज पारस शाह सुदूरपश्चिममा छन्। अस्ति सोमबार कैलालीको धनगढी पुगेका शाह सुदूरपश्चिमको भ्रमणमा छन्। सोमबार आएर मंगलबार सुटुक्क कैलालीकाे बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका उनी अहिले महेन्द्रनगर पुगेका छन्। उनी साेमबार धनगढी पुगेर दोस्रो बिहान धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका थिए। त्यसपछि उनले केही आफ्ना समर्थकका साथ झण्डै ४ घण्टा बिताएको बताइएको थियो। एक युवतीसहितको समूहमा आएका उनले सुदूरपश्चिमका धार्मिकस्थलको दर्शन गर्दै छन्। शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिकाअनुसार उनी झण्डै एक साता सुदूरपश्चिममै रहने बताइएकाे छ। धनगढीबाट महेन्द्रनगर गएका उनी महाकाली गौशाला अनुसन्धान केन्द्र ब्रह्मदेव महेन्द्रनगर, सिद्धनाथ मन्दिर महेन्द्रनगर, वनदेवी, महाकाल गुरुको…

Read More