Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ डोडापुलस्थित सडकमा से ३ प ७६७३ नम्बरको मोटरसाइइकल मंगलवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ जुरपानी बस्ने २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। साथै मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का ३५ वर्षीय रोहीत चौधरी घाईते भएका छन्। रोहीतलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

Read More

काठमाडौं: बझाङ घर भएर काठमाडौं बस्दै आएकी एक महिला पक्राउ परेकी छन्। एमालेका केन्द्रीय सदस्य तथा बझाङका युवा नेता ऐन महरको जाहेरीले बझाङ घर भएकी रश्मिलाकुमारी धामी पक्राउ परेकी हुन्। उनलाई उच्च अदालत पाटन बाहिरबाट बुधबार प्रहरीले पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए। उनका अनुसार काठमाडौं प्रहरी परिसरको खोजी सूचीमा रहेकी धामीलाई आज समातिएको हो। उनले प्रहरीलाई देख्नासाथ अदालत परिसरमै विष सेवन गरेकी थिइन्। यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनको भेट भएको थियो। प्रहरीलाई देखेपछि उनले आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको र…

Read More

काठमाडौं: बझाङ स्थायी घर भएर काठमाडौं बस्दै आएकी रश्मिला कुमारी धामीले आत्मदाहको प्रयास गरेकी छन्। धामीले उच्च अदालत पाटन परिसरमा आत्मदाह प्रयास गरेकी हुन्। उनले आफू एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्व अध्यक्ष ऐन महरद्वारा पीडित भएकाले आत्मदाह प्रयास गरेको जनाएकी छन्। महर पनि बझाङका विवाहित नेता हुन्, भने धामी पनि डिभोर्सी महिला हुन्। केही समय अगाडिदेखि उनीहरुको गोप्य सम्बन्ध संजालमा चर्चामा आएकोमा सो विषय अहिले प्रहरीदेखि अदालतसम्मै पुगेको बताइन्छ। महरले लामो समयसम्म आफूलाई बिहे गर्छु भनी यौन शोषण गर्दै आएको भन्दै धामी पाटन अदालत धाइरहेकी छन्। उनको मुद्दामा सुनुवाई नभएको अवस्थामै महरले पनि बार्गेनिङ गरेको र साइबर अपराधमा धामीविरुद्ध…

Read More

धनगढी: कञ्चनपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेमबहादुर धामी पक्राउ परेका हुन्। दुबै जनालाई २ नाल भरूवा बन्दुक, २ प्याकेट बारुद, बन्दुकको सिसा ३८ टुक्रा, फलाम २७ टुक्रा, बन्दुकको क्याप १२ वटा र खुकुरी २ थानसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त गस्ति टोलीले भीमदत्त नगरपालिका–९ कालीगाडा खोलाबाट दुबै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी: डेंगु संक्रमणबाट डडेल्धुराका एकजनाको मृत्यु भएको छ। अजयमेरू गाउँपालिका –१ का कोटेलीका आन्दाजी ५२ वर्षीय राम सिंह खडकाको संक्रमबाट मृत्यु भएको हो।  रोजगारीको शिलशिलामा भारतको बेङ्गोर भएका बेला उनलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले बताएको छ। त्यहाँबाट उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनका २ सन्तान रहेका छन्।

Read More

धनगढी: डडेलधुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। हिजो मंगलबार पर्शुराम नगरपालिका ९ नौलास्थित दैजि जोगबुढा सडक खण्डमा पर्शुराम यातायातको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो। सो जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित १४ जना मध्ये पर्शुराम नगरपालिका ११ सलेता बस्ने वर्ष ४० की मोतिदेवी सार्की र आलिताल गाउँपालिका ७ थली बस्ने वर्ष ३८ की धना देवी बुढाको घटनास्थलमै मृत्यु भएको हो। यस्तै प्रहरीका अनुसार डडेल्धुराको पर्शुराम नगरपालिका ११ सलेता बस्ने वर्ष…

Read More

काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज दिउँसो काठमाडौं आइपुग्दै छन्। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउन लागेका हुन्। उनी दिउँसो एअर इण्डियाको उडान नम्बर एआई २१५७ मा नयाँ दिल्लीबाट दिउँसो २ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा नेपाली समकक्षी सिग्देलसँग औपचारिक भेटवार्तासँगै राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्रीसँग भेट गर्ने र शीतल निवासमा मानार्थ सेनापतिको पदवी बुझ्ने तालिका छ। भारतीय सेनाध्यक्ष मुक्तिनाथ दर्शन जाने कार्यक्रम पनि तय गरिएको छ। उनी नेपाल भ्रमण पूरा गरेर आगामी आइतबार बिहान पौने १० बजे भुटान एअरलाइन्सको उडानमा नयाँ दिल्ली फर्कने भ्रमण बनेको छ।यसअघि सेनाध्यक्ष सेनाकै जहाजमा आउने…

Read More

काठमाडौं: गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने तयारी अघि बढाएको छ। मन्त्रालय स्रोतकाअनुसार जनपदतर्फ ३ जना र प्राविधिकतर्फ २ जना गरेर ५ डीआईजी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतीका लागि पठाइएको छ। प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको योजना तथा अन्वेषण निर्देशनालयले तीनजनाको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव अघि बढाएपछि प्रहरी प्रधान कार्यालयले उक्त प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा डीआईजीको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गरिएको हो। यी तीनवटै ठाउँमा एसएसपीको दरबन्दी रहे पनि अहिले डीआईजी…

Read More

काठमाडौं: नेपाल प्रहरीकी बदनाम इन्सपेक्टर भनेर चिनिएकी बिनुकुमारी शाहीलाई मुद्दा चलाउन सिआईबीले सिफारिस गरेको छ। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनामा इन्स्पेक्टर शाहीलाई पनि प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको हो। इन्स्पेक्टर शाही समेत हनि ट्रापिङ गिरोहमा मिलेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। सोही अनुरुप करिब दुई महिना लामो अनुसन्धानपछि मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पुगेको छ। जसमा इन्स्पेक्टर शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिआइबी (नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो) ले सिफारिस गरेको छ। जसमा दुई जना फरार छन्। गिरोहका नाइके ताज इस्लाम, उनका सहयोगी सुष्मा विक र भिमादेवी थापा तथा प्रहरी हवल्दार महेन्द्र हमाल थुनामै छन्।…

Read More

धनगढी : बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन्।  बोहराले एक वर्षीय गीता साउँदको घाँटीमा च्यापेर हत्या गरेका प्रहरीले बताएको छ। प्रहरीका अनुसार बोहराले अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदकी श्रीमती २० वर्षीया मनकला साउँदलाई विवाह गरेर २०८१ भदौ २२ गते ल्याएका थिए। मनकला र बोहराको बिचमा २०८१ मङ्सिर २ गते विवाद भएपछि उनले नाबालिकाको घाँटी थिचेका हुन्। बोहरालाई बझाङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयबाट सात दिनको म्याद थप गरेर अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। 

Read More