Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरेको छ। आज (बिहीबार) सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (पिआइटी) टोलीले भन्सार छलीका अवैध बेवारिसे सामान बरामद गरेको हो। पिआइटी टोली र स्थानीय प्रहरीले पुनर्वासको डोकेबजार १ लाख २८ हजार १५० मूल्य बराबरका सामान बरामद गरेको हो। अहिले उक्त सामान कारबाहीको लागि भन्सार पठाइएको छ।

Read More

धनगढीः कैलालीको धनगढीबाट एक लाख ४१ हजार भारुसहित २ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार उनीहरू पक्राउ गरेका हुन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कका ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अंकित गुप्ता रहेका छन्। उनीहरू त्रिनगरबाट स्रोत नखुलेको भारतीय नगद रकमसहित पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको टोलीले उनीहरूलाई सुदूरपश्चिम प्रदेश ०१००८ प १६६० नम्बरको मोटरसाइकल र भारतीय रकमसहित पक्राउ गरेको हो। तर पछि सो रकमको विषयमा प्रहरीले थप अनुसन्धान गरेर उनीहरुलाई स्रोत माग्दै छोडिदिएको छ।

Read More

धनगढी: डडेल्धुराको परशुराम नगरपालिकाका हाकिम कुटिएका छन्। नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो। कार्यपालिका सदस्यहरुले उनलाई कुटपिट गरेको बुझिएको छ। कार्यपालिकामा नेकपा माओवादी केन्द्रका बहुमत सदस्य रहेका छन्। टाउकोमा तीनवटा टाँका लाग्नेगरी कुटिएका अधिकृत जोशीको अहोले जोगबुढा अस्पतालमा उपचार भइरहेको छ। बैठकमा एजेन्डामाथि विवाद भएपछि घटना घटेको हो। नगरपालिकाका तत्कालीन योजना अधिकृत रहेका जोशीलाई मंसिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो।

Read More

धनगढी: चैतन्य पाठशालाले धनगढी खबरका सम्पादक हरि जोशी लाई सम्मान गरेको छ। नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिका सचिव तथा धनगढी एफएमका कार्यकारी  निर्देशक समेत रहेका हरी जोशीलाई लाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरेको हो। चैतन्य पाठशालाले सोमवार आयोजित २३ औं वार्षिकोत्सव समारोहमा पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरेको हो। प्रमुख अतिथि प्रदेश सभा सदस्य डा. तारा जोशी, बिशिष्ट अतिथि मदन पुरस्कार बिजेता महाकाव्यकार डा.नवराज लम्सालले कदर पत्र र दोसल्ला सहित रेडियो हरुको व्यवसायीक छाता सस्था ब्रोडकाष्ट्रीङ एसोसिएसन अफ नेपाल (बान) का केन्द्रिय कोषाध्यक्ष समेत रहेका पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान…

Read More

काठमाडौ:प्रमुख सेनानीसहितका अधिकृतहरुलाई काज नियुक्ति (पदस्थापन) गरिएको छ । हिजोबाट लागु हुनेगरी झण्डै डेढ दर्जन अधिकृतको काज नियुक्ति गरिएको हो । जसअनुसार सैनिक प्रहरी गणका प्रमुख सेनानी दिनेश गौतमलाई नेपाली सैनिक वार कलेजमा लगिएको छ । मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुभाषचन्द महत सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेका छन् । सेनानी विशालबहादुर शाहको अनुशासनहिनहरुलाई समातेर थुन्ने सैनिक प्रहरी गण (मिलिटरी पुलिस) मा पदस्थापन भएको छ । उनी गुणस्तर नियन्त्रण महाशाखामा कार्यरत थिए । नेपाली सैनिक प्रतिष्ठानका सहसेनानी भीमसेन देवकोटालाई सुरक्षा तथा समारोह व्यवस्था सचिवालय, प्रधानमन्त्रीको कार्यालय, भगवतीदल गणका सहसेनानी भीमबहादुर भुजेललाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ । गुरुबक्स गुल्मका सहसेनानी सरोज…

Read More

काठमाडौं:आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिनका लागि २० वटा राजनीतिक दल दर्ता भएका छन् ।  आयोगका अनुसार प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ वटा राजनीतिक दल दर्ता भएका हुन् । दल दर्ताका लागि तोकेको हिजोसम्मको अवधिमा नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी दर्ता भएको आयोगले जनाएको छ । त्यस्तै,नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन,राष्ट्रिय जनमुक्ति पार्टी,जनमत पार्टी,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपाली जनता दल, बहुजन शाक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले पनि उपनिर्वाचनमा सहभागी हुनका निम्ति…

Read More

बैतडी : बैतडीमा अवैध काठको गोलिया र ट्रकसहित एकजना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिका- २ घर भएका ४० वर्षका लक्ष्मण चन्द अवैध सालको काठ सहित पक्राउ परेका हुन । जिल्लाको मेलौली नगरपालिका-७ को हरिपुर बजारबाट चन्दसहित उनले चलाएको सु प प्र ०२ ००१ ख १२१८ नम्बर ट्रकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।ट्रकमा ५ थान गोलिया ओसारीरहेको बुझिएको छ ।अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चन्दलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताए ।ट्रक र ५ थान सल्लाको गोलियासहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालयमा बुझाइएको छ । …

Read More

धनगढी: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर आउँदै छन्। नेकपा एमाले कञ्चनपुको जिल्ला अधिवेशन उद्घाटनका लागि ओली कञ्चनपुर आउन लागेका हुन। भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित संविधानचोकमा दिउँसो १ बजे जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले जानकारी दिए। त्यसअघि एमाले अध्यक्ष ओली बिहान पौने ९ बजे कैलालीको धनगढी पुग्ने कार्यक्रम छ। उनले कञ्चनपुरका तीन ठाउँमा भवन उद्घाटन गर्ने कार्यक्रम छ। सुरुमा ओलीले कञ्चनपुरमा दोधारा चाँदनी नगरपालिका– ६ को वडा कार्यालय उद्घाटन गर्ने छन्। त्यसपछि दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्ने कार्यक्रम छ। त्यसपछि महेन्द्रनगरको मदन भण्डारी आधारभूत विद्यालयको भवन उद्घाटन गरेर ओली…

Read More

कैलाली ।कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका-१ पदमा अस्पताल नजिक से १ च १५३९ नम्बरको महेन्द्रा बोलेरो जिपको ठक्करबाट  पैदल यात्री गोदावरी नगरपालिका-१ का ७० वर्षीय वासुदेव खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ  ।ठक्करबाट गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

Read More