Author: महेन्द्रनगर पोष्ट

काठ्माडौं : मकवानपुर प्रहरीले एकै स्थानबाट ठूलो परिमाणको सामान बरामद गरेको छ । ती सामान भन्सार नतिरी नेपाल भित्राएको पाइएकाले बरामद गरी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ । इलाका प्रहरी कार्यालय, मनहरीले नियमित चेकजाँचका क्रममा आइफोन १५ थानसहित लत्ता कपडाहरु बरामद गरेको जनाइएको छ । भन्सार छलेर नेपाल भित्र्याइएका र काठमाडौं लैजाने क्रममा रहेका सामानहरु बरामद गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख एवम् प्रहरी निरीक्षक दिपक थापाले बताए । उनका अनुसार आइफोन १५ सहित विभिन्न कम्पनीका ८२ थान मोबाइल, कुर्ता सुरुवाल सेट २०२ थान, सल ४५० थान, लेडिज कुर्ता २१८ थान, साडी ८८ थान, टिसर्ट ८२० थान, कक सुज…

Read More

धनगढीः नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नयाँ समानुपातिक सांसदमा पार्टीका केन्द्रीय सदस्य तीर्थराज बोहराको नाम सिफारिस गरिएको छ। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद तथा राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै बोहरालाई सिफारिस गरेकी हुन्। उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन्। गिरी पार्टीको विधान र नीति विपरीत सरकारबाट फिर्ता नभएपछि उनलाई कारबाही गर्दै टीकापुर निवासी बोहरालाई सिफारिस गरिएको नाउपाले जनाएको छ। पार्टीको निर्णय विपरीत सरकारमा किन गएको ? भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन्। रेशम चौधरी पक्षले गिरिलाई मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो। रञ्जीता पक्षका मानिएका कैलाश चौधरीलाई…

Read More

धनगढी: कञ्चनपुरका उप-प्राध्यापक डा. कृष्ण बहादुर चन्दको निधन भएको छ। आज (बुधबार) उप-प्राध्यापक चन्दको निधन भएको हो। चन्द सिद्धनाथ विज्ञान क्याम्पसका गणित विषयका उप-प्राध्यापक हुन्। उनको हृदयाघातका कारण निधन भएको बताइएको छ। उनको महेन्द्रनगरस्थित मन्त्र अस्पतालमा निधन भएको थियो।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन्। उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पठाएकी छन्। पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन्। रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो। लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलको नेता घनश्याम चौधरीलाई निर्देशन दिएका छन्। तर नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन्। गिरी कृषि राज्यमन्त्री छन्। श्रेष्ठले सरकारमा सहभागी अन्य नेताहरुलाई भने कारबाही गरेकी छैनन्। उनीहरु सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् ।…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिएकी छन्। पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन्। सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार नै विश्वासको मत लिँदैछन्। हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन्। अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन्। सुदूरपश्चिम प्रदेश सरकारले चैत २२ गते प्रदेश सभामा बिश्वासकाे मत लिने कार्यसूची छ। यसैमा नागरिक उन्मुक्ति बिभाजित छ। अध्यक्ष रन्जिता श्रेष्ठले बिपक्षमा मतदान गर्न…

Read More

धनगढी : कैलालीको जानकी गाउँपालिका–५ पथरैया कर्णाली क्रसर उद्योग नजिक एक पुरुषको शव फेला परेको छ। मोहन्याल गाउँपालिका–६ का महेन्द्र बिकको शव फेला परेको हो । शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएको जस्तो अवस्थामा रहेको मृतकको शव बिहान स्थानियहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव टीकापुर अस्पतालमा राखीएको र यसबारेमा थप अनुसन्धान गरिरहेको टीकापुर प्रहरीले जनाएको छ। मृतक बिक कालिका माध्यामिक विद्यालय मोहन्याल–६ अजिंगरेमा अध्यापन गराउँदै आएका थिए ।

Read More

काठ्माडौं : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । इलामको प्रतिनिधिसभा सदस्य र बझाङमा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको आयोगले जानकारी दिएको हो । इलाम २ मा जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरे र प्रदेशतर्फ बझाङ १ को (१) मा जिल्ला न्यायाधीश सुदर्शन लामिछाने नियुक्त भएका छन् । भोलिदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जानकारी दिएको छ । २०७९ मंसिर ४ गते भएको चुनावमा इलाम–२ मा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र…

Read More

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् । गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएका हुन् । गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । जुन संख्या सरकार बनाउन पर्याप्त छैन । २…

Read More

धनगढी : आगामी वैशाख १५ गते हुने बझाङ क्षेत्र नं. १ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्न सकेको छैन । अन्य राजनीतिक दलहरुले उम्मेदवार छनोट गरेर तीव्र प्रचारप्रसार गरिरहँदा काँग्रेसले भने उम्मेदवार पनि चयन गर्न नसकेको हो । उम्मेदवार बन्नका लागि १० जनाको नाम जिल्लाबाट सिफारिस भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका कानून मन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस बझाङबाट स्वर्गीय सिंहका छोरा अभिषेक बहादुर सिंहसहित १० जनाले उम्मेदवारी दिएका छन् । अहिले १० जना नै टिकट पाउनका लागि लविङ गरिरहेका छन् । उम्मेदवार चयनका लागि मंगलबार सभापति शेरबहादुर…

Read More

धनगढी : स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसको टिमले सुदूरपश्चिम विश्वविद्यालयका भिसी लगायतका पदाधिकारीहरुलाई ज्ञापन पत्र बुझाएको छ। विश्वविद्यालयले विद्यार्थीको  भविष्य माथि खेलबाड गर्ने गरी गरिएका लापरबाही विरुद्ध विभिन्न मागहरू राखेर ज्ञापन पत्र बुझाइएको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष यमराज जोशीले बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियनले राखेका मागहरू निम्न अनुसारका छन्।  १) स्नातक तह र स्नातकोत्तर तहको यस वर्षको विद्यार्थीको नतिजा प्रकाशन गर्दा पहिलो चरणमा फेल गरिएका तर पुनः जाँच को लागि निवेदन दिँदा स्नातकोत्तर तहमा ७ जना र स्नातक तहमा ४ जना पास भएको नतिजा प्रकाशित भयो। यस्तो गैर जिम्मेवार र विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकमाथि तत्काल कारबाहीको माग गर्दछौ।…

Read More