Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका-८ धरानमा होली समुहलाई चन्दा नदिएपछि हातपात गरेको घटना बाहिरिएको छ । शनिबार बेलुका ५ बजेतिर होली खेलिरहेको एक सुमहले चन्दा नदिएपछि गाडी चालकमाथि हातपात गरेको बुझीएको छ । शनिबार बिहानैदेखी स्थानिय युवाहरुले होलीको नाममा गाडीहरुलाई रोक्दै चन्दा मागीरहेका थिए । बेलुका ५ बजेतिर बझाङबाट धनगढीका लागि छुटेका बसहरुलाई पनि उनीहरुले रोकेर रोडमा होली खेलेको चन्दा मागेका थिए तर सुदूरपश्चिम यातायातको बसले ढोका नखोलेपछि आक्रोसित भएका युवाहरुले बाटो जाम गरे । त्यसलगत्तै खप्तड यातायातको बस पुग्यो र अर्कोतर्फबाट ट्रक आयो होली समुहले बाटो जाम गरेपछि ट्रकको ब्रेक नलागेर नालीमा फस्यो । बाटोभर होलीको नाममा चन्दा मागेर…

Read More

काठमाडौँ : आयरल्यान्ड वुल्भ्ससँगको तीन टी–२० र तीन एकदिवसीय सिरिजका लागि नेपाली ए टोलीको घोषणा भएको छ।  नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आयरल्यान्ड वुल्भसँगको खेलका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो। क्यानले टी–२० र एक दिवसीय खेलका लागि विनोद भण्डारीको कप्तानीमा दुई फरक टोलीको घोषणा गरेको छ। आयरल्यान्ड वुल्भ्ससँगको खेलका लागि कमल सिंह ऐरिले टोलीमा पुनरागमन गरेका छन्। सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन्। कमलले टी–२० र ओडिआई दुवै सिरिजमा स्थान बनाएका छन्। ए टोलीको प्रशिक्षणमा परेका आरिफ शेख, देव खनाल, बसिर अहमद र विकास अग्रीले दुवै सिरिजका लागि…

Read More

धनगढीः कैलालीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्। मोहन्याल गाउँपालिका–३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए। उनकाअनुसार इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी वरिष्ठ नायब निरीक्षक बमबहादुर खड्का, इप्रका चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी र इलाका प्रहरी कार्यालय लम्कीको संयुक्त टोली घटनास्थलमा गएको छ।

Read More

बैतडी–बैतडीमा भीरबाट लडेर एक बालिका घाइते भएकी छन् । जिल्लाको पुर्चौंडी नगरपालिका १० महरागाउँका लोकेश महराकी ८ बर्षीया छोरी भावना महरा लडेर घाइते भएकी हुन् । शनिबार बिहान ११ बजेतिर घर नजिकैको वनमा बाख्रा चराउन गएकी महरा लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । भीरबाट लडेकी महराको टाउको र दाहिने हातमा चोट रहेको उनले बताए । घाइते महराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

Read More

दार्चुलाः दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्। महाकाली नगरपालिका–४ बाङ्गाबगड स्थित सोही नगरपालिका–५ मोहती जाने बाटो नजिक महाकाली नगरपालिका–१ कटौजे घर भई हाल खलंगा दार्चुला बस्ने ४४ वर्षीय चन्द्रसिंह कुँवर शनिवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रवहादुर सिंहले बताए। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ। गौरीगंगा नगरपालिका-७ सोनपाल सामुदायिक वन स्थित सानटोन्द्रा भन्ने ठाउँबाट बेवारिसे अवस्थामा राखिएको सालको १२ गोलिया (९८.२९ क्युफिट) अबैध काठ शनिवार दिउँसो प्रहरीले बरामद गरेको हो।इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोली र सव डिभिजन वन कार्यलय मसुरियाबाट खटिएको संयुक्त टोलीले उक्त अबैध काठ बेवारिसे अवस्थामा फेला पारि कारवाहीको लागि सव डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका नेताहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको जनाएका छन्। हिजो कैलालीमै भएको एक रात्रिकालिन बैठकमा समर्थन फिर्ताको छलफल भएको बताइएको छ। सो छलफलमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको नाउपाका एक नेताले जानकारी दिए। नाउपाका नेता तथा प्रतिनिधि सभा सदस्य अरुण चौधरी, वर्तमान प्रदेश सरकारका विनाविभागिय मन्त्री लक्ष्मणकिशोर चौधरी, प्रदेश सभा सदस्य कैशाल चौधरी, केन्द्रीय सदस्य महेन्द्र उपाध्याय,नाउपाका कैलाली सचिव भक्त चलाउने, नाउपाबाट निर्वाचित जोशीपुर गाउँपालिका अध्यक्ष चित्र चौधरी लगायतका विचका प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको ती नेताले बताए। उनका अनुसार १४ गते समर्थन फिर्ता लिने…

Read More

धनगढी : माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु भएको छ । तीन जनाको भने सकुसल उद्दार गरिएको छ । शिखर नगरपालिका ९ मा माटाको ढिस्कोले च्यापियर स्थानीय निर्मला रोस्याराको घटनास्थलमै मृत्यु भएको शिखर नगरपालिका प्रमुख दीर्घ बलायरले बताए । घटना दिउँसो तीन बजेतिर भएको र मृतकको शव निकालिसकिएको शिखर नगरपालिका ९ का वडाध्यक्ष जगन्नाथ भट्टले जानकारी दिए । सो वडाको सुण्ण भन्ने गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएको बेला घटना भएको थियो ।

Read More

काठमाडौँ : पन्जाबको संगरुर जिल्लामा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार रक्सी खाएका धेरै जनाको अस्पतालमा उपचार भइरहेको छ। राज्यका एडीजी (कानुन र व्यवस्था) गुरिंदर सिंह ढिल्लोनका अनुसार प्रहरीले यस सम्बन्धमा तीनवटा मुद्दा दर्ता गरेको छ र आठ जनालाई पक्राउ गरेको छ। भारतीय जनता पार्टीले यस विषयमा राज्यको आम आदमी पार्टी सरकार र मुख्यमन्त्री भगवन्त मानको आलोचना गरेको छ।

Read More