Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ४ किलो ५०४ ग्राम कोकिन सहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फल्स बटममा लुकाई कोकिन ओसारपसार गर्ने चार जना नागरिकलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार जेठ २७ गते फ्लाई दुवईको उडानबाट नेपाल आएका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई ठमेलस्थीत एक होटलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो । उनले आफ्नो पेटभित्र थप क्याप्सुल रहेको बताएपछि अस्पताल लगि थप ७७ वटा कोनिका क्याप्सुलहरु बरामद गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिनेश कुमार आचार्यले जानकारी दिए । त्यस्तै जेठ ३० गते इमिरेट्सको उडानबाट ब्राजिल…

Read More

काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री-सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो । आज विभिन्न दलका १० सांसदले समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए ।  सांसदहरुले सोधेका प्रश्नमा प्रधानमन्त्रीबाट जवाफ यस्ता छन् प्रश्नकर्ता सांसद तेजुलाल चौधरी प्रश्न १- थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा दुर्इमत हुन सक्दैन । तसर्थ यसै सन्दर्भमा टिकापुर घटनामा अहिलेसम्म पनि थारूहरू फरार रहेका र मुद्दा खेपिरहेका छन्, किनरु फरार व्यक्तिहरूलार्इ कहिलेसम्म उन्मुक्ति दिनुहुन्छरु सम्माननीय प्रधानमन्त्रीज्यू जवाफ चाहियो । २- मेरो…

Read More

काठमाडौ : सन २०२५ मा सगरमाथा आधार शिविरमा विश्व सेफ सम्मेलन आयोजना हुने भएको छ । ग्यास्टोनोमी टुरिजम एसोसिएसन अफ नेपालले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सन २०२५ को मे महिनामा सगरमाथा आधार शिविरमा विश्व सेफ सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो । कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपाली परम्परागत खानालाई विश्वमाझ चिनाउनका लागि सगरमाथा आधार शिविरमा हुने विश्व सेफ सम्मेलनले मद्दत पुग्ने विश्वास व्यक्त गरिन । उनले मुलुकको परम्परागत खानाहरुको प्रवद्र्धनमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने धारणा राखिन । उपसभामुख रानाले जलवायु परिवर्तनको असर नेपाली परम्परागत खाना उत्पादनमा परेको उल्लेख गरिन ।कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Read More

काठमाडौं : जेठ २८ मा पूर्वी नेपालबाट भित्रिएको मनसुन अझै देशैभर फैलिन सकेको छैन। मनसुन प्रणाली आजसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा फैलिए पनि सुदूरपश्चिम प्रदेशमा पुग्न सकेको छैन। प्रदेशमा मनसुन सुरु नहुँदा तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी अत्यधिक बढेको छ । गर्मीले दुई जिल्लाका बासिन्दाको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीमा मनसुन पुग्न अझै केही दिन समय लाग्ने छ। नेपालमा औसत मितिभन्दा तीन दिन छिटो कोशी प्रदेशको पूर्वी भूभागबाट मनसुन भित्रिए पनि देशभर सक्रिय नहुँदा किसानलाई धान खोप्न समस्या भइरहेको छ।

Read More

काठमाडाैं: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्। आफ्ना पूर्व पार्टनरसमेत रहेका राईको लोकेशन पत्ता लागिसकेको र नेपाल ल्याउने तयारी थालिएको उनले बताएका हुन्। बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मलेसियाको गृहमन्त्रीले जिबी राईको लोकेशन कन्फर्म गरेको बताए। उताका गृहमन्त्रीकाे कुराकानीमा जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भएको उनले बताए। सुपुर्दुगी सन्धिलगायतका कारणले राईलाई तत्काल नेपाल ल्याउन नमिलेको लामिछानेले बताएका छन्। लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय क्षति भएको बताए। “टिकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो,” प्रधानमन्त्री प्रचण्डले भने, “घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ।” कैद माफि मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने उनले पष्ट पारे। थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोही आधारमा आवधिक…

Read More

काठमाडौं : पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका हुन् । त्यसैगरी सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्नु भन्ने आदेशपछि धरौटी तिरेर रिहा भएका छ्न ।

Read More

चितवन : गृहमन्त्री रवि लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् । श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर पुगेका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे । उनले जिबि कहाँ छन् भन्ने कुरा जानकारी भइसकेको र मलेसियाका गृहमन्त्रीसँग पनि आफ्नो कुराकानी भएको बताएका छन । राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।

Read More

सर्लाही: बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको ज्यान गएको छ। भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर सोही ठाउँका १५ वर्षीय बालक अबिरल चन्दको बुधवार ज्यान गएको हो। बालक नहरको पानीमा पौडी खेल्ने क्रमामा डुबेर बेपत्ता भएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा पौडी खेल्ने स्थानदेखि ६०० मिटर पुर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More