Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ। गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो। लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए। यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ। इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५-५ पटक जितेका छन्।

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ। दुदिलाखान–गाँजरी–कुर्चेनेटा सडक संघर्ष समितिले आइतबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका बिषयमा ठोस पहल नभएको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए। समितिले वडा नम्बर १ का स्थानीयहरुलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न समस्या भएको भन्दै दुदिलाखान–गाँजरी–कुर्चेनटा सडक निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरबाट एकै दिन विभिन्न मुद्धामा फरार रहेका तीन जना पक्राउ परेका छन्। आइतबार खेम खुना, पृथ्वी राना र सिद्धराज जोशीलाई पक्राउ गरिएको हो। नदि उकास तथा वन क्षेत्र खनजोत गरेको आरोपमा दोषि भइ फरार रहेका खुना पक्राउ परेका हुन्। उनलाई २०८० जेष्ठ २२ गते एक हजार जरिवान तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। यस्तै लागुऔषध मुद्धामा २०६३ जेष्ठ २ गते रानालाई अदालतले एक महिना कैद र एक हजार रुपैँया जरिवाना तोकेको थियो। यस्तै बैँकिङ मुद्धामा २०८० जेष्ठ १२ गते सिद्धराज जोशीलाई दोषी ठहर गरेको थियो। उनलाई बैँकिङ मुद्धामा एक महिना कैद र एक हजार जरिवाना तोकेको थियो। जोशी…

Read More

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ भन्सार रोडबाट आइतबार एक जना लागुऔषधसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ का २७ वर्षीय राजन मल्ल १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Read More

अछाम : अछाममा एक कस्मेटिक पसलमा आगलागी भएको छ। जिल्लाको रामारोसन गाउँपालिका–३ मुजाबगर स्थित रतन रावलको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घरको भुईतलामा रहेको कस्मेटिक पसलमा आइतबार आगलागी भएको हो। पसलमा बालेको धूपबाट एक्कासी आगो  सल्केर आगलागी भएको बताइएको छ। आगलागीबाट पसलभित्र रहेका लुगाकपडा, कस्मेटिक सामान गरि अन्दाजी ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो। 

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले उमा ज्ञवालीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फकी प्रहरी उपरीक्षक (एसपी) ज्ञवालीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । उनी नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंज, काठमाडौंमा कार्यरत छिन् ।

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका ९ मा रहेको सुनकुडा माध्यामिक विद्यालयमा विव्यस अध्यक्षका लागि ६१ जनाको उम्मेदवारी परेको छ । कुनै समय जिल्लाको नमुना विद्यालय अहिलेचरम अस्थिरता विवाद र द्वन्द्वमा फसेको छ । फागुन ७ गते अभिभावक भेलाले फागुन १२ गतेभित्र विव्यस गठन गरिसक्ने निर्णय गरेको थियो । जस अनुसार फागुन १२ गते अभिभावक भेला बोलाइयो । तर, स्वार्थ समूहका आ आफ्नै अडान कायम रहे । सहमतिमा विव्यस गठन हुने कुरै भएन । फलस्वरुप ९ सदस्यीय विव्यस गठन गर्नका लागि ६१ जना अभिभावकले नामावली दर्ता गराएका छन् । जसमध्ये अधिकांशको दाबी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नको लागि रहेको छ ।…

Read More

काठमाडौं : डडेल्धुराका विरामिको काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा निशुल्क अपरेशन गरिने भएको छ। कांग्रेस नेता समेत रहेका सांसद डा.सुनिल शर्माको सहयोगमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा माघ २५ गते डडेल्धुरा अस्पतालमा गरिएको निशुल्क स्वास्थ्य शिविरवाट रिफर भएका विरामीको केएमसीमा निशुल्क उपचार र अपरेशन भइरहेको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए। आजसम्म २० जना विरामिको विभिन्न रोगको उपचार र अपरेशन निशुल्क भऐको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए। डडेल्धुराको स्वास्थ शिविरवाट थप उपचार, अपरेसनका लागि रिफर गरेका विरामिको निशुल्क उपचारका लागि सहयोग र समन्वय ऐर र भट्टले गरिरहेका छन्।

Read More

काठमाडौं : रेष्टुरेन्टमा महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ । डीएसपी तुलसिंह केसीविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको हो । उनी गत ५ फागुनमा स्वयम्भुस्थित रेष्टुरेन्टबाट पक्राउ परेका थिए । एक युवती शौचालयमा गएका बेला बाथरुमको माथिल्लो खुल्ला भागबाट उनले तस्बिर तथा भिडियो खिचेका थिए। युवतीलाई शंका लागेपछि रेष्टुरेन्टमै विवाद गरेकी थिइन् । पछि प्रहरीलाई खबर गरेर पक्राउ गरिएको थियो । डिएसपी केसीले माफी मागे पनि युवतीले उजुरी दिएर उनलाई थुनाएका हुन् । पोखरा बाहिनीमा कार्यरत डिएसपी केसी सशस्त्रका अन्य अधिकृतसहित रेष्टुरेन्टमा बसेर मदिरा पिएका थिए ।…

Read More