Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई छैठौं झट्का लागेको छ।  नेपालले छैठौं विकेटका रूपमा सन्दिप जोरालाई गुमाएको हो। उनी ५ रन बनाएर आउट भए। नेपालले पाँचौ विकेटका रूपमा गुल्सन झालाई गुमाएको थियो। उनी १२ रन बनाएर आउट भए। यसअघि कुशल मल्ल ३२, कप्तान रोहित पाैडेल ४२आउट, आशिफ शेख ६ र कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Read More

काठमाडौं : दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ। स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलले विष्टलाई एक लाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन्। बबिता सिनियर अनमी छैटौँ तहमा कार्यरत छिन्।

Read More

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई चाैथो झट्का लागेको छ।  कुशल मल्ल ३२ रन बनाएर आउट भएका छन्। यसअघि नेपालका लागि ४२ रन बनाएर कप्तान रोहित पाैडेल आउट भएका थिए। यसअघि ६ रन बनाएर आशिफ शेख आउट भएका थिए। भने कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Read More

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई तेस्रो झट्का लागेको छ।  ४२ रन बनाएर कप्तान रोहित पाैडेल आउट भएका छन्। यसअघि ६ रन बनाएर आशिफ शेख आउट भएका थिए। भने कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Read More

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई दोस्रो झट्का लागेको छ।  ६ रन बनाएर आशिफ शेख आउट भएका हुन्।  यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए। नेपालले जितका लागि २०७ रनको विशाल लक्ष्य पाएको छ।

Read More

काठमाडौँं : त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ। नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल खाता खोल्नुअघि नै पेभेलियन फर्किएका हुन्। उनलाई नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले एलबीडब्लूको धरापमा पारेका हुन्। उनी पहिलो ओभरको पहिलो बलमै आउट भएका थिए।

Read More

काठमाडौं :  त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियालाई हराउन नेपालले २०७ रन बनाउनु पर्ने भएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको हो।

Read More

काठमाडौं : नामिबियाका निकोल लोफ्टी-इटनले टी-२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन्। कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए। निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन्।

Read More

बाजुरा : बाजुरामा खाद्यान्नको थप आपूर्ति बढाइने र वितरणलाई समेत व्यवस्थित बनाइने भएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो। बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ। चामलका लागि लाइनमा लाग्नुपर्ने, मागअनुसार ढुवानी नहुने समस्या देखिएकाले तत्काल ढुवानी गराउने गरी पहल गरिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। ठेकेदारले समयमै चामल ढुवानी नगर्दा स्थानीयले बजारको चामल महँगोमा किन्नुपर्ने बाध्यता हुने गरेको आरोप लाग्ने गरेको उनको भनाइ छ। संस्थानले केही रुपैयाँ सहुलियत…

Read More

काठमाडौं : सेन्चुरी कमर्सियल बैंकका तत्कालीन कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार न्यौपाने पक्राउ परेका छन्। बैंकको सिइओ हुँदा कर्जा प्रवाहमा अनियमितता गरेको आशंका गरिएका उनीसहित १२ जनालाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा न्यौपानेसहित सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी,तुलसीराम गौतमलगायत छन्। उनीहरुले कमिसन लिई देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र उनका विभिन्न कम्पनीहरुलाई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई दुई अर्ब हानी नोक्सानी पुर्याएको आरोप छ। मनोज नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन्। सेन्चुरी बैंक हाल प्रभु बैंकमा गाभिएको छ।

Read More