Author: महेन्द्रनगर पोष्ट

धनगढी : दार्चुलामा एक युवकले आफ्नै साथीको गर्धनमा हँसिया प्रहार गरेका छन् । जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङका २३ वर्षीय सन्दीप भण्डारीमाथि महाकाली नगरपालिका–४ का २० वर्षीय विजय निरौलाले हँसिया प्रहार गरेका हुन् । बिहिवार राति ९ बजेको समयमा खलंगास्थितको प्रेमसिंह शालिक नजिक एक आपसमा विवाद हुँदा निरौलाले भण्डारीको गर्धनमा हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनापछि निरौला फरार भएका थिए । तर, शुक्रवार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । हँसिया प्रहारबाट भण्डारीको गर्धनमा चोट लागेको छ । घाइते भण्डारीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि भारत लगिएको छ ।

Read More

धनगढी: धनगढीमा क्यान्सर रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने भएको छ। आज (शुक्रवार) को साँझ ६ बजेदेखि धनगढीको होटेल डिभोटीमा उक्त कार्यक्रम हुने भएको हो। कार्यक्रममा धनगढीका विभिन्न अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया गरिने जनाइएको छ। सो कार्यक्रम नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धी काठमाण्डौँको आयोजनामा हुन लागेको हो। कार्यक्रममा पछिल्लो समय नेपालमा क्यान्सर रोग बढ्दै गएको स्थितिमा यसको निराकरण र सहज उपचार विधिबारे अन्तरक्रिया गरिने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तथा क्यान्सर रोग बिषेशज्ञ डा. सुदिप श्रेष्ठले बताए। धनगढीपछि सो कार्यक्रम नेपालगन्जमा पनि हुने छ। नेपालमै क्यान्सरको सहज र सरल उपचार हुने जानकारी दिलाउने उद्देश्यले कार्यक्रम…

Read More

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल सरकारमा सहभागी हुने विषयमा केन्द्रित रहेको बताइएको छ। यस विषयमा श्रेष्ठले भोलि पुनः प्रधानमन्त्री दाहालसँग हुने भेटमा छलफल गर्नेछिन् । आजको वार्तामा सुदूरपश्चिममा विश्वासको मत र लुम्बिनी प्रदेश सरकार विस्तारको विषयमा कुराकानी भएको छ ।

Read More

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक जना सहसचिवलाई बर्खास्त गरिएको छ । लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिव डा . कमलराज गैरेलाई सेवाबाट हटाइएको छ । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयानुसार उनलाई सेवाबाट हटाइएको जानकारी दिइएको छ। जारी सूचनामा भनिएको छ,‘मिति २०८०–०१–०२ देखि (लगातार नब्बे दिनभन्दा बढी समय)अनुपस्थित रहनुभएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ ९१० को खण्ड ९६० को देहाय ९१० बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम ९३० को प्रतिबन्धात्मक बाक्याँसबमोजिम नेपाल सरकार ९मन्त्रिपरिषद्० को निर्णयानुसार सेवाबाट हटाउने निर्णय भएकोले निजामती सेवा नियमावली, २०५० को नियम ११४ को…

Read More

धनगढी : कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका रवीन्द्र धामी बाघको आक्रमणबाट एक जना घाइते भएका हुन् । शुक्रवार बिहान घाँसदाउरा गर्न गएका बेला भगवती सामुदायिक वनतिरबाट आएको बाघले उनलाई आक्रमण गरेको प्रहरीले बताएको छ । घाइते धामीलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

Read More

काठमाडौं : नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ आवेदन माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो । रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ । आवेदन जेठ १२ गतेसम्म दिन सकिने सेनाले जनाएको छ ।

Read More

काठमाडौं : विनोद चौधरीको सिजी ग्रुपले उत्पादन गर्दै आएको वाइवाइ चाउचाउ गुणस्तरहीन पाइपछि जरिवाना तिराइएको छ । काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएको पाइएपछि कारबाही गरिएको जनाएको छ । परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अत्यधिक पाइएको छ । चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी हुनुपर्नेमा चौधरीको चाउचाउमा १३।९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको छ । ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० ब्याचको सबै चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ । त्यसवापत चौधरीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एसपी अर्जुनप्रसाद तिमल्सिनालाई सरुवा गरेको छ। सिन्धुलीका एसपी बिनोद शर्मा कारबाहीमा परेपछि तिमल्सिनालाई काजमा खटाइएको हो। एसपी शर्मा दुई महिनामै सिन्धुलीबाट कारबाही स्वरूप हटाइएका थिए। आर्थिक अनुशासन कायम राख्न नसकेको आरोपमा कारबाही स्वरुप उनलाई हटाइएको थियो। एसपी तिमल्सिना हाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत छन्।

Read More

जनकपुरधाम : सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले ५ वर्षीय छोरा आयुष साहको हत्या गरेर उनले सुत्ने पलंगमा लुकाएकी थिइन् । गत वैशाख ११ गते दिउँसो साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा आमा सरीता सुत्ने कोठामा रहेको बक्स पलङको घर्राभित्र मृत अवस्थामा छोरा आयुष फेला परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए । गत वैशाख ११ गते दिउँसो…

Read More

काठमाडौं: गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी दुर्गा सिंह चन्दलाई दिइएको छ। शुक्रवार गृहमन्त्रीस्तरीय निर्णयबाट चन्दलाई गण्डकीमा सरुवा गर्दै जिम्मेवारी दिइएको हो। उनी यसभन्दा अगाडि भरतपुरस्थित तालिम शिक्षालयकी प्रमुख थिइन्। गण्डकीको प्रहरी प्रमुखमा रहेका डीआईजी विकासराज खनाल हालै उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो। त्यसपछि त्यहाँ चन्दलाई पठाइएको हो।

Read More