Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ। कैलारी गाउँपालिका ७ हुलाकी सडक स्थित २ वटा राँगा गाडामा सालको गोलिया २ थान अबैंध काठ र सोही ठाउँको साहारा सामुदायिक वन भित्र लुकाई–छिपाई राखेको अवस्थामा सालको गोलिया २ थान सोमवार बरामद गरिएको हो। ईलाका प्रहरी कार्यालय रामपुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारि राँगा गाढा र उक्त काठ आवश्यक कारवाहीको लागि इलाका वन कार्यालय बसन्ताको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : भारतको बेङ्गलोरमा ग्यास पड्किदा बझाङका चार जना घाइते भएका छन्। घाइते हुनेमा बेङ्गलोरको सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङको सुर्मा गाउँपालिका–२ का २१ वर्षीय नयन बोहरा, उनकी श्रीमती १९ वर्षीया सृजना बोहरा, १६ वर्षीया समीरा बोहरा र जयपृथ्वी नगरपालिका–११ घर भएकी सोनिया धामी रहेका छन्। राति सुत्ने समयमा ग्यास बन्द गर्न भुलेर रेगुलेटर खुल्लै छोडेको र बिहान ७ः३० बजेको समयमा ग्यास जलाउदा उक्त घटना घटेको स्थानीय दिपेश दमाइले बताए। घाइतेहरूको व्याङलोरको भिक्टोरीया अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको बताइएको छ।

Read More

धनगढी : कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ । डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो । डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले बेहोस् बनाएर खोरमा हाल्ने क्रममा थापामाथि चितुवाले आक्रमण गरेको बताउँदै उनको अवस्था समान्य रहेको जानकारी दिए । कडेलकाअनुसार चितुवालाई डाट हानेर बेहोस् बनाएर खोरमा हाल्ने गरिन्छ । सोमबार पनि चितुवालाई डाट हानिएको थियो । बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो । तत्कालै अर्को डाट हानेर बेहोस बनाइएको थियो । चितुवाको आक्रमणबाट घाइते भएका थापाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ…

Read More

काठमाडौं: पछिल्लोसमय एकपछि अर्को व्यक्तिसँग विवादित सम्बन्धका कारण नाम जोडिदै चर्चामा आएकी धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भएकी जानुका पाठक उर्फ ‘शोभा’को अर्को खेलोमेलो सतहमा आएको छ। शोभाले आफ्नो नाम र सम्बन्ध महेश बस्नेतसँग जोडेर उनलाई फसाई छाड्ने भन्दै भनिरहेका बेला थप अर्को खेलोमेलोको कुरा बाहिरिएको हो। उसो त बस्नेत निकट स्रोतका अनुसार परिचालन भएर सोभाले सबै गरिरहेको बताइएको थियो। शोभाको समूह अर्थात् उनका आफ्नै (बहिनी ज्वाइँ) नातापर्ने तनहु स्थायी घर भएका दिपक लामिछानेसहितले तत्कालीन गृहमन्त्री तथा हालका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजीसँग बार्गेनिङ गर्ने तयारी गरेको कुरा बाहिरिएको हो। उनै लामिछानेले महेश बस्नेतसँग पनि बार्गेनिङ गर्न लगाएको बताइन्छ।…

Read More

बैतडीः जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दामा फरार बैतडीका तीन जना दोषी पक्राउ परेका छन्। ३ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडीको सिगास गाउँपालिका-३ बस्ने अमर सिह धामी, मनोज सिह धामी र सोही मुद्दामा ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेन्द्र सिह धामीलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको र फैसला कार्यान्वयनको लागि तीनै जनालाई अदालत समक्ष पेश गरिसकेको केसीले बताए।

Read More

बैतडीः बैतडीमा जबरजस्ती करणी र सार्वजनिक कसुर विरुद्धको मुद्दामा फरार रहेका तीन जना दोषी पक्राउ परेका छन्। ३ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडीको सिगास गाउँपालिका-३ बस्ने अमरसिंह धामी, मनोजसिंह धामी र सोही मुद्दामा ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेन्द्रसिंह धामीलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको र फैसला कार्यान्वयनको लागि तीनै जनालाई अदालत समक्ष पेश गरिसकेको केसीले बताए।

Read More

धनगढी: कैलालीकाे चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। विभिन्न मिडियामा शव भेटिएको भन्दै समाचार सम्प्रेषण गरिएपनी उनी अझैसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार साेमबार (तराईमा होलीको दिन) कर्णाली पुलमाथिबाट १७ जनाले हाम फालेकोमा १७ मध्ये लम्कीचुहा नगरपालिका-३ का ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए। उनी अहिलेसम्म नभेटिएकाे प्रहरीले जनाएको हो। प्रहरीले अहिले पनी उनको खाेजी कार्य भइरहेको बताएको छ। साेमबार दिउँसो उनीसहितको युवाको १७ सदस्यीय टोलीले मादक पदार्थ सेवन गरेको अवस्थामा पुलमा सामूहिक रूपमा तस्बिर खिच्ने भन्दै जबरजस्ती गएर हाम फालेका थिए। पछि हाम फालेका १६ जना सकुशल बाहिर निस्किएका…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालय नक्सालले बिना सूचना कार्यालयमा अनुपस्थित रहेका २३ जना कर्मचारीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। जसमा डडेल्धुराको अजयमेरु गाउँपालिका-३ घर भएका प्रहरी हवल्दार डम्बरबहादुर चन्द र कञ्चनपुरको शुक्लाफाँटा-६ घर भएका प्रहरी सहायक निरीक्षक कमल राना पनि रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि सम्बन्धित कार्यलयमा अनुपस्थित भएका सईदेखि प्रहरी कार्यालय सहयोगीसम्मका २३ कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।

Read More

धनगढी: कैलाली र कञ्चनपुरमा होलीको दिन कयौं मान्छेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन्। बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीससहित १७ जनाले कर्णाली पुलबाट हामफालेका थिए। तीमध्ये शाही बेपत्ता भएका हुन् भने अन्य १६ जना सकुशल बाहिर निस्कन सफल भएका थिए। उनीहरु सबैले होलीमा मादक पदार्थ सेवन गरेर हाल फालेका थिए। प्रहरीका अनुसार टीकापुर र चिसापानी एरियाका उनीहरु सबैले ४६ सेकेन्डमा सबैले हाम फालेका थिए। यस्तै उता कंचनपुर २६ वटा मोटरसाइकलसहित मान्छेलाई नियन्त्रणमा लिएर छोडिएको छ। मापसे गरेकालाई जरिवाना गराएर छोडिएको…

Read More

काठमाडौं : प्रदेश सरकारको नेतृत्व भागबन्डामा सत्तारुढ दलहरु सहमति नजिक पुगेका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटमा यसबारे कुराकानी भएको छ । अब बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागबन्डा टुंगो लगाउने तयारी छ । नाउपालाई सुदूरपश्चिममा मुख्यमन्त्री दिएर भए पनि लुम्बिनीमा समर्थन जुटाउने दलहरुको तयारी छ । तर नाउपा आफैंमा विभाजित छ । संरक्षक रेशम चौधरीको जोडबलमा नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको छ । तर केन्द्रमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको जोडबलमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको छ । ५३ सदस्यीय प्रदेशसभामा…

Read More