Author: महेन्द्रनगर पोष्ट

बैतडी : नेकपा (एमाले) बैतडीको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन भएका छन् । हिजोदेखि सुरु भएको अधिवेशनले विक सहित पदाधिकारीहरु सर्वसम्मत चयन गरेको नेताहरुले बताएकाछन् ।  पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचीवमा हजारी साउद, उप सचीवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएकाछन् । पदाधीकारीको टिम सर्वसम्मत चयन भएपनि सदस्यमा बढी आकांक्षी भएकाले छलफल जारी रहेको छ । सदस्यहरुमा समेत सर्वसम्मत चयन हुने सम्भावना रहेको नेताहरुले बताएकाछन् । अहिले जिल्ला कमिटीको टिमसहित निर्वाचनको प्रक्रिया पुरा गर्ने समय लागेकाले घोषणा गर्ने बाकिँ रहेको छ । सहमतीमै नेतृत्वको टुंगो लगाएर पार्टी केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार…

Read More

काठमाडौं: राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। दाहाल ३९ मतसहित निर्वाचित भएको घोषणा गरिएको छ।  ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको थियो। यसअघि नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको थियो। मतदान प्रक्रियामा ५६ जना सहभागी भएका थिए। दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका हुन्। दाहाल माओवादी स्थायी कमिटी सदस्य हुन्। उनी यस अघिको काँग्रेस– माओवादी सरकारको सिफारिसमा मनोनित कोटाबाट २०७८ फागुन २५ गते राष्ट्रिय सभा सदस्य बनेका थिए।

Read More

बैतडीः नेकपा एमालेको जिल्ला अधिवेशनमा युवा नेता गोविन्द गिरीले सहमतीबाट नेतृत्व चयनको पक्षमा उभिएका छन्। यसअघि चुनावमा समेत जान तयार भएका गिरी अन्नतः सहमतीबाटै नेतृत्व चयनको पक्षमा उभिएका हुन्। बन्दसत्रमा सहभागी अधिकांश प्रतिनिधिहरुले अबको पार्टी नेतृत्व युवाहरुले गर्नुपर्ने र उक्त पदका लागि उपयुक्त पात्र गिरी रहेको धारणा राखेका थिए। केन्द्रको राजनिति बुझेका र जिल्लाका कार्यकर्ताहरुमाझ रुचाएका नेताको रुपमा रहेको गिरीलाई अघि सार्न आग्रह गर्दै आएका थिए। तर पार्टीका जिल्ला नेताहरुले केन्द्रिय नेताहरुसँग समन्वय गरि गोबिन्द गिरीलाई ‘ब्याक’ गराइदिन अनुरोध गरेपछि भने माहोल फेरिएको हो। पार्टी नेताहरुले फोन सम्पर्कमार्फत चुनावमा नजान र भूगोलका पार्टीका नेताहरू समन्वय गरि अगाडी बढ्न निर्देसित गरेका…

Read More

धनगढीः पूर्व युवराज पारश शाह धनगढीमा छन्। शाह हिजो धनगढीको रुबस होटलमा बसेको र आज बेहडाबाबाको मन्दिर दर्शन गरेको बताइएको छ। सुरक्षा स्रोतका अनुसार उनका अन्य कार्यक्रम र गतिविधिबारे भने जानकारी गराइएको छैन। उनी गोप्यरुपमा धनगढी आएको बताइएको छ। शाह बेला बेला विवादमा आइरहने व्यक्ति हुन्। उनी केही समय अगाडीमात्रै विद्यार्थीलाई पेस्तोल देखाएको भन्दै विवादमा तानिएका थिए।

Read More

बैतडी: नेकपा एमाले बैतडीको नेतृत्व चयनको लागि सहमतिको प्रयास भइरहेको छ। अनेरास्ववियुको केन्द्रिय उपाध्यक्ष तथा युवा नेता गोविन्द गिरीले जिल्लाको अध्यक्षमा बलियो दाबेदारी राख्दै आएका छन्। युवामाझ लोकप्रिय नेताको छाप रहेका गिरीले अध्यक्षमा बलियो दाबेदारी राखेका हुन्। नेतृत्व चयनका लागि चुनावी प्रक्रियामा जान तम्तयार रहेका गिरी सहमतिबाट पनि नेतृत्व चयनको पछि नहट्ने बताइरहेका छन्। कार्यकर्ताको मर्म र भावनाअनुसार सहमती हुनुपर्नेमा गिरीको जोड छ। कार्यकर्ताले रुचाएका, मनोभावना बुझ्ने, बैतडीको पार्टीलाई बलियो बनाएर देशभरमै नयाँ तथा फरक सन्देश दिने खालको पार्टी बनाउनको लागि योग्य नेतृत्व आवश्यक रहेको गिरीको भनाइ छ । नेतृत्व चयन प्रक्रियामा युवाहरुलाई अघि बढाउनुपर्नेमा उनको जोड छ । देशभरीमा…

Read More

दाइजोमा सुनको सिक्री नपाउँदा वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको छ। बेहुली पक्षले प्रहरीलाई उजुरी दिएपछि बेहुला पक्राउ हुन्। वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए। बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको अैा‌ठी र हनुमानको माला पाइसकेपछि पनि गए राति मण्डपमा सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए। विवाह मण्डप बनिसकेको थियो। आफन्तलगायत सबै बेहुलासहित आएको…

Read More

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा ४० रन खर्चेर…

Read More

कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने भएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था अन्तर्गत यस्तो प्रावधान प्रस्ताव गरिएको हो । जसअनुसार आपसी संवाद यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन पाइने छैन ।

Read More

गृहमन्त्री रबि लामिछानेले देशमा नियमविपरीत काम गर्ने समूह वा ब्याक्तिलाई कारवाही गर्न मेरो आदेश नकुर्न आग्रह गरेका छन । जुनसुकै ठाउँमा कुनै ब्याक्ती वा समूहले गैह्रकानुनी काम गरेको, गैह्रकानुनी धन्दा चलाएको गुण्डागर्दी गरेको तस्करी गरेको भएमा मेरो वा कसैको आदेश नकुर्न र कानुन पल्टाएर सिधै कारवाही गर्न अपिल गरेका हुन् । उनले समाजिक संजाल मार्फत गृहमन्त्री लामिछानेले भनेका छन् । “देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र…

Read More

भिजिट भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन् । भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले माग गरेका छन् । खोजीका लागि परिवारले निवेदन दिएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवा सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएको जानकारी दिए।भिजिट भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका…

Read More