Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । प्राविधिक कारणले भोली बिहान ८ बजे सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए । बुधवार मतदान गर्ने गरि मंगलबार दिउँसो निर्वाचन तालिका सार्वजनिक गरिएको थियो । आज राति सम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर भोली बिहान १० बजे देखि दिउँसो २ बजेसम्म मतदान गर्ने गरि निर्वाचन तालिका सार्वजनिक गरिएको थियो । तर, अहिले उक्त निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत जोराले बताए । आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै सोमबार बिहानसम्म सहमति नजुटे निर्वाचन प्रक्रिया…

Read More

धनगढी : नेकपा एमालेमा पार्टीभित्र प्रचलित कानुन प्रतिकूल, नैतिक दृष्टिले अनुचित र अपारदर्शी आर्थिक क्रियाकलाप देखापर्न थालेको उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ। पार्टी उपाध्यक्ष विष्णु पौडेलले मंगलबारबाट सुरू भएको सातौं केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको पार्टी निर्माणसम्बन्धी अवधारणामा उक्त कुरा समेटिएको छ। आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्ने विकृति हुर्किन थालेकोप्रति प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ। प्रतिवेदनमा पार्टीमा आर्थिक र नैतिक आचरणलाई कसरी स्वच्छ, पारदर्शी र कानुनसम्मत बनाउने, यी विषयमा गल्ती गर्नेहरूलाई कारबाहीको दायरामा कसरी ल्याउने भनेर छलफल हुनुपर्ने औंल्याइएको छ। ुयस्तो प्रवृत्तिले नेता कार्यकर्ता र समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको…

Read More

धनगढी : नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयुक्तमा नरेन्द्र थापा (सहवीर) नियुक्त भएका छन्। थापा मंगलबार प्रदेशको आयुक्तमा नियुक्त भएका हुन्। थापा यस अगाडि नेपाल स्काउट सुदूरपश्चिम प्रदेशका तदर्थ समिति संयोजक थिए। अनौपचारिक शिक्षा तथा सामाजिक एवं बालबालिकाको विकासको क्षेत्रमा क्रियाशील स्काउटले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरुमा अभियान तथा कार्यक्रमहरु गर्दै आएको छ। स्काउट के हो ? सुदूरपश्चिमसहित देशभर सक्रिय स्काउट विश्वको सबैभन्दा ठूलो अनौपचारिक शिक्षाको अभियान मानिन्छ। यसको विश्वमा ७० मिलियन बढी स्वयंसेवक रहेको दाबी गरिएको छ भने यसले मुलतः बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताइन्छ। यसले सामाजिक, अध्यात्मिक, शारीरिक, बौद्धिक र भावनात्मक क्षेत्रमा कामहरु गर्दै आएको छ।सुदूरपश्चिममा मात्रै यसको १२…

Read More

काठमाडौं : अनलाइनबाट जोडिएका विदेशी प्रेमीको भर पर्दा एक यवतीले झन्डै ६० लाख रुपैयाँ गुमाएकी छन् । फेसबुकबाट साथी भएका ती पुरुषको विश्वास गर्दा युवतीले पटकपटक गरी लाखौं रकम गुमाएकी हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा हालै आएको एक उजुरीले यस्तो घटनाको रहस्य खोलेको छ । ​कार्यालयका अनुसार करिब पाँच महिनाअघि २६ वर्षीया रेश्मा शर्मा (नाम परिवर्तन) लाई फेसबुकमा विदेशीजस्तो नाम र फोटो भएको अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो । उनले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन् । फेसबुकमा साथी बनेपछि उनीहरूबीच दैनिकजसो कुरा भइरहन्थ्यो । “सामाजिक सञ्जालमा जोडिएपछि उहाँहरू नजिकिंदै जानुभएछ,” कुरा गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका साइबर पिल्लर…

Read More

काठमाडौं : अघिल्लो साता बिहीबार लुम्बिनी प्रदेशको दाङमा ड्युटीमा रहेकी प्रहरी जवान धनमाया थापामाथि गोली प्रहार भयो । सुरूमा उनलाई गोली हान्ने को हो भन्ने कोलाहल मच्चियो तर उनलाई गोली हान्ने व्यक्तिको पहिचान हुन धेरैबेर लागेन । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान थापा ड्युटीमै रहेका बेला उनका श्रीमानले नै गोली हानेको पुष्टि भएको हो । गोली हानेर भाग्दै गर्दा उनका श्रीमान् पक्राउ परेका थिए । थापाका श्रीमान् यमबहादुर झाँक्रीले धनमायालाई गोली हानेको पुष्टि तत्कालै भएको थियो । झाँक्री बाँकेको नेपालगञ्जस्थित तालिम केन्द्रमा कार्यरत थिए । उनी बाँकेबाट दाङ पुगेर ड्युटीमा रहेकी श्रीमतीलाई गोली प्रहार गरेको पाइएको छ ।…

Read More

धनगढी : एमाले नेता महेश बस्नेतकी प्रेमिकाको रुपमा स्वयंघोषित महिला शोभा पाठकमाथि आक्रमण भएको छ । धादिङ चैनपुरकी पाठकमाथि उनकै कोठामा अज्ञात व्यक्तिहरुले एक छिनअगाडि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट आफू घाइते भएको उनले प्रहरीलाई जानकारी गराएकी छन् । आक्रमणकारीहरुले मोबाइल खोसेर लगेकाले त्यसमा भएका फोटोलगायत सारा विवरण र प्रमाण नष्ट गर्ने उद्देश्य राखिएको उनले बताएकी छन् । खोसिएको मोबाइल अफ छ । आफूमाथि नकाव लगाएर मोटरसाइकलमा आएको युवकले मुखमा कोतरी आक्रमण गरेको जनाउँदै घाइते पाठकले बानेश्वर प्रहरीमा हुलियासहितको लिखित उजुरी हालेको र प्रहरीले सोही आधारमा उनी बस्ने बानेश्वर क्षेत्रको सिसिटिभी फुटेज हेर्दै गरेको बुझिएको छ । लिखितमा किटानी…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक विषयमा, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरणका विषयमा कार्ययोजना प्रस्तुत गरेका छन् । त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माण र यसका समस्याका विषयमा, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबका कार्यक्रमको खाकाका विषयमा कार्ययोजना पेश गरेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ती कार्ययोजनामाथि छलफल गर्न केन्द्रीय कमिटी सदस्यलाई ९ समूहमा विभाजन गरिएको छ । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र उपत्यका…

Read More

धनगढी : पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पोखरा–२१ का वडाध्यक्ष मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएर ८ लाख धरौटीमा छुटेलगत्तै अर्को ठगी आरोपमा पक्राउ परेका छन् । पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी मित्रमिलन सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि गत मंसिरदेखि फरार थिए । मंगलबार आफैं अदालतमा उपस्थित भएका सुवेदीलाई यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । उनी धरौटीमा रिहा भएलगत्तै सोही सहकारीमार्फत २ करोड रुपैयाँ बराबरको घर हत्याएर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । झुक्याएर एक महिलाको २ करोड…

Read More

धनगढी : अत्तरिया महोत्सव नक्कली ठेली प्रकरणमा प्रहरी हिरासतभित्र रहेका ४ जना आज छुटेका छन् । उनिहरु जिम्मा जवानीमा छुटेका हुन । नक्कली टिकटको ठेली भने प्रहरीले प्रयोगशालामा पठाएको छ । सरकारी वकिल कार्यालयले आबश्यक परेको जुन सुकै बेला झिकाउने गरि फाईल फिर्ता गरेको जनाएको छ । प्रहरीले यसलाई अनुसन्धान जारी राख्ने नै भएको छ । महोत्सव आयोजक अत्तरिया उधोग बाणिज्य संघका महासचिव शंकर खड्का , सचीव दिलिप कुमार साउँद दिपिन, कार्यसमिति सदस्य बम बहादुर बोगटी र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुबन महरा २० दिन पछि छुटेका हुन । उनिहरु विरुद्ध संघका अध्यक्ष कल्याण सिं बोहराले किटानी दिएका थिए…

Read More

काठमाडौं : धम्क्याउँदै ५० लाख रुपैयाँ मागेको आरोपमा नेत्रविक्रम चन्द विप्लव सी नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विप्लव नेकपाका २ कार्यकर्तालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा कैलालीको टीकापुर नगरपालिका–१ का ३६ वर्षीय विश्वजित बटाला भनिने ह्दयराज बोगटी र नुवाकोटको ककनी नगरपालिका–३ का ३६ वर्षीय रमेश भनिने नरहरि ढुंगाना छन्। उनीहरुले फोन सम्पर्कमार्फत् तथा पटक पटक भेटघाट गरी धम्की दिँदै ५० लाख मागेको सूचनाका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए। उनीहरुलाई फागुन ६ गते चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँबाट पक्राउ गरिएको रेग्मीले बताए। पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला…

Read More