Author: महेन्द्रनगर पोष्ट

धनगढी: भोलि सुदूरपश्चिममा नयाँ सरकार गठन हुने भएको छ। पूर्ववत् सहमतिअनुसार सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेस नेतृत्वको सरकार बन्ने छ। अर्थात् अन्य कुरा यथावत रहेकोमा काँग्रेसका कमल बहादुर शाह र प्रकाश बहादुर देउवामध्ये एकजना मुख्यमन्त्री नियुक्त हुनेछन्। प्रदेश प्रमुख नजिर मियाले आईतबार बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। यस अगाडि हिजो मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका थिए। शुक्रबार संसदलाई सम्बोधन गरेलगत्तै मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुख मिया समक्ष राजीनामा बुुझाएका थिए। मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ मा दुुई वा दुुई…

Read More

धनगढीः कैलालीको धनगढीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१ बसन्तटोल र वडा नम्बर ८ धनगढी गाउँको बिचबाट बग्ने खोलामा २६ वर्षीय पंकज लाभको डुबेर मृत्यु भएको हो। कैलाली प्रहरीका अनुसार धनगढी–८ का स्थानीय पंकज खोलामा मृत भेटिएका थिए। उनी खोलामा जानुको कारण खुलेको छैन।

Read More

काठमाडौं: सेनाको नयाँ गोरख गण ‘ख’ गुल्म,अमलटारी बाँदर झुला पोष्टका जवान सुदीप मिजारले आफैँलाई गोली प्रहार गरेका छन्। नवलपरासीको बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ७ स्थित उक्त पोष्टमा कार्यरत २२ वर्षे मिजारले आज दिउँसो घाँटीमा गोली हानेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गोरखगण कसरा चितवन दरबन्दी भएका सुदिप नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोष्टमा कार्यरत थिए। उनले कोत घरमा रहेको बन्दुक प्रयोग गरेका हुन्। धादिङको गल्छी गाउँपालिका–४ घर भएका सुदिपले आफैँलाई गोली प्रहार गरेको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको जनाएको छ।

Read More

धनगढी: कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर २ को पहाड रोडमा बेहोस अवस्थामा भेटिएका बैतडीको सुर्नाया गाउँपालिका–४ घर भएका अन्दाजी २५ वर्षीय राजेश साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिवार साढे ११ बजे बेहोस भेटिएका साउँदको उपचारको क्रममा करीब १२ बजेतिर पद्मा अस्पतालमा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यस्तै बैतडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। पाटन नगरपालिका–१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। उनी घर नजिकैको जंगलमा शुक्रवार दिउँसो २ बजेतिर मृत भेटिएकी हुन्।…

Read More

काठमाडौँ: नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणाले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। उनी सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका आईजीपी राणाले पेन्सन रोकिएपछि सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटमा न्यायाधीश विनोद शर्माको एकल इजलासले लिखित जवाफ माग गर्दै उनको पेन्सन रोकिनुको कारण पेस गर्न विपक्षीहरूको नाममा आदेश जारी गरेको हो। भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि पेन्सन खाइरहेका राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रले रोकिएपछि साउन १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामाग्रीका लागि २८ करोड, ८१ लाख, ६१ हजार, ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिँदै भ्रष्टाचार गरेको…

Read More

धनगढी: कैलालीमा सशस्त्र प्रहरीका पूर्व एसएसपी मदनसिंह बिष्टको अध्यक्षतामा बिष्ट कल्याणकारी सभाको तदर्थ समिति गठन गरिएको छ। शनिबार धनगढीमा ज्येष्ठ सदस्य नारायणसिंह बिष्टको अध्यक्षतामा बसेको भेलाले उनको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो। तदर्थ समितिको उपाध्यक्षमा जयसिंह बिष्ट, सचिवमा पदमसिंह बिष्ट, सहसचिवमा लिला बिष्ट र कोषाध्यक्षमा आनन्दसिंह बिष्टलाई चयन गरिएको छ। सदस्यमा जयबहादुर बिष्ट, शंकरसिंह बिष्ट, जगदिश बिष्ट, जनकसिंह बिष्ट, जगदिशसिंह बिष्ट, साधना बिष्ट र गोपाल बिष्ट चयन भएका छन्। बिष्ट कल्याणकारी सभाको सल्लाहरकारमा ज्येष्ठ सदस्य नारायणसिंह बिष्ट, मदनसिंह बिष्ट, हिमालय बिष्ट, हर्कबहादुर बिष्ट र पदमसिंह बिष्टलाई राखिएको छ। शनिबार गठन भएको तदर्थ समितिले अगामी ६ महिनाभित्र अधिवेशन गरेर नयाँ…

Read More

धनगढी : कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागी छुटेको बस दुर्घटनामा परि ५ जाना घाइते भएका छ्न । बेलौरी नगरपालिका–१० भुडा बाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु प प्र ०२००१ ख ११४५ नम्बर बस शनिवार बिहान दुर्घटनामा परेको हो । दुर्घटना परि चालक सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक अजित सिह राना सहित ४ जना सामान्य घाइते रहेका छन । घाइतेको बेलौरी नगरपालिका–८ कलकत्ता स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Read More

धनगढी : महिला मार्ने बाघ पक्रिएकै दिन शुक्रबार राति हिंस्रक जनावरले गोठका वस्तुभाउ खाएपछि कञ्चनपुरको दोधारा चाँदनीका स्थानीय थप त्रासमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार गएराति दोधारा चाँदनी नगरपालिका ३ जमुनाघाडीमा बाघजस्तै जनावरले तीन बाख्रा मारेको पाइएको हो। गत बिहीबार बिहान गाउँकी २६ वर्षीया हीरा शाहको ज्यान लिएर नजिककै उखुबारीमा लुकेको बाघ झन्डै २४ घण्टापछि शुक्रबार बिहान मात्र नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएको घाइते बाघ बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुर उद्धार केन्द्रमा राखिएको छ। त्यसको त्रास सेलाउन नपाउँदै त्यही उखुबारीनजिकै शुक्रबार राति फेरि बाघजस्तै जनावर देखेको स्थानीयले बताएका छन्। राति प्रहरीले घरबाहिर ननिस्किन सो क्षेत्रमा माइकिङ…

Read More

धनगढीः डडेल्धुराको अजयमेरू गाउँपालिका वडा नम्बर २ मटेल घर भएका पूर्व सहायक मन्त्री गणेशप्रसाद भट्टको निधन भएको छ। ८३ वर्षीय भट्टको काठमाडौंको बुढानिलकण्ठमा रहेको आफ्नै निवासमा शुक्रवार निधन भएको हो। भट्टको आज शनिवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले बताएको छ। बुवा धनिराम भट्ट र आमा राधादेवी भट्टको कोखबाट १९९८ सालमा जन्मेका भट्टले बिएसी सम्मको अध्ययन गरी पञ्चायतको राजनीतिमा लागेका थिए। २०३८ देखि २०४२ सम्म जिल्ला पञ्चायत डडेल्धुराको सभापति भएका भट्ट डडेल्धुराबाट २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। राष्ट्रिय पञ्चायत सदस्य हुँदा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष भएर झापालगायत पूर्वी तराईमा बसोबासको काम सफलता पूर्वक सम्पन्न गरेका…

Read More

धनगढी : कञ्चनपुरको पुनर्वास जनता माध्यमिक विद्यालयमा नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत नवनिर्मित प्रशासनिक भवनको उद्घाटन सम्पन्न भएको छ। पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले उद्घाटन गरेका हुन् । सो भवन तीन तला र १२ कोठाको छ। उद्घाटन समारोहमा वडाध्यक्ष मित्र सिंह लामाले शैक्षिक सुधारका १० र २० वर्षीय योजनाहरु ल्याउनुपर्ने बताउँदै विद्यालयमा अनुशासनको महत्त्वमा जोड दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर सायरले नगरपालिका र नेपाल सरकारको सहयोगको प्रशंसा गरे। प्रविधिक रेखदेखमा बनेको भवनले विद्यालयको समग्र विकासमा योगदान दिने शिक्षा शाखा अधिकृत शिवराज भटृले बताए। प्रमुख अतिथि नगर प्रमुख शर्माले विद्यालयको शैक्षिक र भौतिक स्तर उकास्न…

Read More