Author: महेन्द्रनगर पोष्ट

धनगढी: जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरतबहादुर शाहको काज सरुवा भएको छ। अस्ति १५ गते शाहको सरुवा भएको हो। उनको नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा काज सरुवा भएको बताइएको छ। उनको काज भएपछि अब बझाङमा डिएसपी युवराज भण्डारी आउने भएका छन्। उनी केही दिनमै हाजिर हुनेछन्।

Read More

काठमाडौं: नेपाली सेनाका एक प्रमुख सेनानीको जागिए गएको छ। घरमा श्रीमती हुँदाहुँदै आफ्नै सहकर्मीलाई होटलमा बोलाएको काण्डमा दोषी पाइएपछि प्रमुख सेनानी विशेष पौडेल कारबाहीमा परेका हुन्। सैनिक अदालतले उनलाई सेवाबाट हटाउने फैसला गरेको बताइएको छ। दुई महिना हिरासतमा बसेका उनलाई गत शुक्रबार सैनिक आचरणविपरीतको कसूरमा दोषी ठहर गर्दै अदालतले सेवाबाट हटाउने फैसला सुनाएको स्रोतले बतायो। कारबाहीस्वरुप जागिरबाट निकालिएको छ। काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित होटलमा बोलाएको भन्दै महिला ब.का.सि (बन्दोबस्ती कार्य सिपाही) ले केही महिनाअगाडि उजुरी दिएकी थिइन्। त्यसलगत्तै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेलको परिवारमा श्रीमती र एउटा छोरा र एउटी छोरी छन्।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री नियुक्त गरेका छन्। शुक्रबार तीन राज्यमन्त्री नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ। उनले नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी र काङ्ग्रेसबाट रूपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। राज्यमन्त्री नियुक्त कैलालीका अरुण राष्ट्रपतिबाट माफी पाएका व्यक्ति हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सजाय माफी गरिदिएकी थिइन्। २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनालाई छ महिना कैद सुनाएको थियो। यतिमात्र होइन, अहिले पनि उनी कालोसूचीमा रहेका व्यक्ति हुन्। उनले आफ्नो कैलालीस्थित लम्कीको जम्मा १ कट्ठा जग्गालाई सडकसमेत देखाएर ७…

Read More

काठमाडौँ: नेपाल प्रहरीका पूर्व आइजीपी ओमविक्रम राणाको पेन्सन सुविधा रोकिएको छ। पेन्सन (निवृत्तभरण) रोकिएपछि उनले सर्वोच्च गुहारेका छन्। उनले बिहीबार (साउन १७) दायर गरेको रिटको सुनुवाइ आज न्यायाधीश विनोद शर्माको इजलासमा हुँदैछ। उनी प्रहरी प्रमुख हुँदा बन्दोबस्तीका सामान खरिदमा घोटला गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेपछि उनले पाउने सेवा सुविधा रोकिएको थियो। बन्दोबस्तीको सामान खरिदको सम्झौतामा घोटाला भएको भन्दै विशेष अदालत र सर्वोच्च अदालतले राणासहित अन्य केहीलाई भ्रष्टाचारी ठहर गरेको थियो। विशेष अदालतले २०६८ चैत १ गते भ्रष्टाचार भएको ठहर गर्दै राणासहित केही अधिकृतलाई दोषी ठहर गरेको थियो। उनीविरुद्ध २ वर्ष कैद र १७ करोड ६ लाख ८ सय २४…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज पदबाट राजीनामा दिने भएका छन्। उनले प्रदेश सभामा गएर सम्बोधन गर्दै राजीनामा दिने भएका हुन्। स्रोतका अनुसार उनले प्रदेश सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने भनिएपनी राजीनामा दिन लागेका हुन्। आज ४ बजे प्रदेशसभा बैठक डाकिएको छ। एमालेले सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। ५३ सदस्यीय प्रदेशसभामा विश्वासको निम्ति कम्तीमा २७ जनाको समर्थन चाहिन्। तर,मुख्यमन्त्रीको पक्षमा आफ्नो दल नेकपा एकीकृत समाजवादीका चार र माओवादी केन्द्रका १० गरेर कूल १४ जना मात्रै सदस्य छन्। विपक्षमा काँग्रेसका १८ र एमालेका ११ गरेर २९ जना प्रदेशसभा सदस्य छन्। उनी…

Read More

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान उल्लङ्घन गर्दै ‘सूचना लुकाएको’ अभियोगमा दोषी ठहर भएर १५ हजार जरिबाना भएको बझाङका धनप्रसाद पण्डित इजरायलको राजदूतमा सिफारिस भएका छन् । सरकारले सोमबार १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । सोही सूचीमा पण्डित इजरायलको राजदूतमा सिफारिस भएका छन् । बझाङको छब्बिस पाथिभेरी गाउँपालिका ब्यासी घर भएका पण्डित सूचना लुकाएको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन् । यसरी सरकारले संविधान उल्लङ्घन गरेर जरिवाना पाएका व्यक्तिलाई राजदूतमा सिफारिस गरेपछि आलोचना भइरहेको छ । उनी नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिस भएका हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्यकन्या बहुमुखी क्याम्पसका प्रमुख हुँदा सूचना…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (शुक्रवार) विश्वासको मत लिने भएका छन्। असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने भएका हुन्। यसका लागि बुधबार उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउदै शुक्रवार विश्वासको मत लिने जानकारी गराएका छन्। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले आज (शुक्रबार) ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरुलाई सूचना पठाइसकेको छ। शुक्रवार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको सभामुख भण्डारीले बताए। असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए। उनले विश्वासको मत लिने अन्तिम दिन आज (शुक्रवार) विश्वासको मत लिन लागेका…

Read More

धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हिरा शाहलाई आक्रमण गरेर ज्यान लिने हिंस्रक बाघ नियन्त्रणमा आएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोलीले शुक्रबार बिहान बाघलाई नियन्त्रणमा लिएको हो । घटनास्थल नजिकै उखुबारीमा बाघले कहिले यता, कहिल्यै उता मुभमेन्ट गरिरहेकोेले नियन्त्रणमा लिन गाह्रो भइरहेको थियो । हिजो (बिहीबार) अबेर राति भइसक्दा पनि हिंस्रक बाघ नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रसित बनेका थिए। उखुबारीमा देखिएको बाघ नियन्त्रणमा लिन बिहीबार दिउँसो ४ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया र शुक्ला पोष्टबाट ४ हात्ती परिचालन गरिएका थिए। डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएको राष्ट्रिय निकुञ्जको टोलीले जनाएको छ । बाघ लुकेको उखुबारी झण्डै १०…

Read More

धनगढी : कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । बुधबार मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका-११ बरबट्टाकि ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले मृतकको झोलामा भेटिएको पासपोर्ट साईजको फोटोका आधारमा उनको पहिचान भएको बताए । “झोलामा भेटिएको पासपोर्ट साईजको फोटोमा फोटो स्टुडियोको छाप रहेछ । त्यसैका आधारमा उनको पहिचान गर्न सकिएको हो,” एसपी बिष्टले भने, “अनुसन्धान गर्दै जादा माइती जान हिडेकी रहिछन् । अटो चालकले गेटाबाट भित्र रोड लैजान खोज्दा आत्तिएर हाम फालेकी रहेछिन् ।” मृतक महिला धनगढीको…

Read More

धनगढी: कञ्चनपुरमा निकै दु:खद घटना घट्यो। आज बिहानै जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहलाई बाघले आक्रमण गरेपछि उनको स्वर्गारोहण भएको छ। उनी आज बिहीबार बिहानै घर नजिकैको खेतमा घाँस काट्न गएकी थिइन्। उनको घर नजिकै करिब १० बिगाह क्षेत्रफलमा फैलिएको उखुबारी छ। उनी सोही खेतमा घाँस काटिरहेका बेला नरभक्षी बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। प्रहरीका अनुसार बाघले करिब ५० मिटर घिसारेको थियो। त्यसपछि उनको त्यहीँ घटनास्थलमै मृत्यु भयो। अहिले उनको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताइएको छ। केहीदिनदेखि दोधारा चाँदनी नगरपालिका–२ मा बाघ देखिएको थियो। मृतक हीरा र मीना शाह देउरानी जेठानी हुन्, उनीहरू…

Read More