Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं- पाेखरामा वडा प्रहरी कार्यालय बैदामको गाडीले चौतारीमा ठक्कर दिएकाे छ। गएराति पोखरा महानगरपालिका–६, लेकसाइडको शान्ति पाटन चोकस्थित चाैताराेमा ठोकिएको हाे। ठक्करपछि वडा कार्यालयले प्रयोग गर्दै आएको ग १ झ ५५१ नम्बरको  गाडीमा क्षति भएकाे थियाे। सिमेन्टेड डिभाइडरमा ठोक्किएपछि गाडीले  डिभाइडरसमेत भत्काएकाे स्थानीयले बताएका छन्।  गाडीका चालक र गाडीमा सवार प्रहरीले मद्यपान गरेको हुन सक्ने प्रत्यक्षदर्शीले अनुमान गरेका छन्। दुर्घटनापछि प्रहरीले रातारात क्रेन बोलाएर गाडी वडा प्रहरी कार्यालय बैदाम लगेको स्थानीयले बताएका छन्।

Read More

काठमाडौं: सहकारीको बचत ठगीबारे छानबिन गर्न गठित समितिले विदेशमा रहेका १८ जनालाई झिकाउन गृहमन्त्री रमेश लेखक नाम उपलब्ध गराएको छ। सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको बैठकले गृहमन्त्री लेखकलाई विदेशमा रहेका १८ जनालाई स्वदेश ल्याउन भन्दै नाम उपलब्ध गराएको हो। सूर्यदर्शन, सहारा, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समनता जस्ता सहकारीको बचत दुरूपयोगका सम्बन्धमा सहकारीका पदाधिकारी विदेशमा रहेको भनी गुनासो प्राप्त भएकाले उनीहरूको नाम गृहमन्त्रीलाई बुझाइएको समितिका संयोजक सूर्य थापाले बताए। समितिको बैठकमा सभापति थापाले विदेशमा लुकेर बसेका सहकारीका पदाधिकारीलाई नेपाल ल्याउनका लागि पहल थाल्न गृहमन्त्री लेखकलाई निर्देशन दिए। गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसमेत सहभागी रहेको बैठकमा सभापति…

Read More

धनगढीः कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना भएको छ। आज (सोमबार) जिल्लाको गोदावरी नगरपालिका–९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको हो। गोदावरी नगरपालिका–८ मा रहेको दुर्गाज्योती इङ्लिस बोर्डिङ्ग स्कुलको से ०१००१ ख २१८२ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा २७ जना विद्यार्थी सवार थिए। बसमा सवार १५ वर्षीय विप्लब खड्का, १४ वर्षीय प्रकाश रावत र १६ वर्षीय रोशन नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए। घाइते तीनै जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। बसका चालक ३५ वर्षीय सैतुराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण भने खुलेको छैन्। बसको अगाडी र दायाँबायाँको भागमा क्षति पुगेको छ।…

Read More

काठमाडौं : सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री लेखक, गृहसचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवरसँग छलफल गरेको हो । छलफलमा समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्री लेखकलाई निर्देशन दिएको छ । समितिले देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न आग्रह गरेको छ । बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको छ ।त्यस्तै,सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रतिपक्ष दलहरूले दिउँसै बत्ती बालेर सरकारको खोजी गरेका छन् । आज २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।तर, सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि आज बैठक नै नबसी स्थगित भएको छ । बाढी पहिरोबाट ठुलो क्षति भएको र त्यहि विषयमा प्रदेश प्रमुखसँग आग्रह गरेर आह्वान गरिएको विशेष अधिवेशनमा पनि सरकार उपस्थित नभएको भन्दै प्रतिपक्ष दलहरू आक्रोशित भएका हुन् । कांग्रेस ,एमाले र नागरिक उन्मुक्ति पार्टीले संसद् स्थगित भए लगत्तै प्रदेश सभा परिसरमै मोबाइलको बत्ती बालेर सरकारको खोजी गरेको जनाए । मुख्यमन्त्री दीर्घ सोडारीलाई नैतिकताको आधारमा राजीनामा दिन समेत उनले आग्रह गरेका थिए…

Read More

काठमाडौँ : पण्डित पुष्कर खतिवडा पक्राउ परेका छन् । पुराना दलका नेताहरु विरुद्ध यमराजको यज्ञ लगाएको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो । केही बेर अघि सामाजिक सञ्जालमा खतिवडाले आफू पक्राउ परेको जानकारी दिएका छन् । झापा स्थाई घर भएका पण्डितले काठमाडौँमा अनुष्ठान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो । पण्डित खतिवडाले पनि आफू पक्राउ परेको बताए । ‘यमराजको पूजा गरेर यो देशलाई खाडलमा हाल्नेका विरुद्ध अनुष्ठान गर्दै थिएँ, मलाई प्रहरीले पक्राउ गर्यो,’ उनले भने ।

Read More

धनगढी: कैलालीमा एक स्कुल बस दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका– ९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको हो। पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिगं स्कुलको से ०१००१ ख २१८२ नम्बरको स्कुल बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस दुर्घटनामा विद्यार्थीहरु घाइते भएका छन्। तर यसबारे विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए। तर प्रारम्भिक रिपोर्टअनुसार बसमा सवार विप्लब खड्का र प्रकाश रावत घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ। बसमा २७ विद्यार्थी सवार रहेका थिए ।

Read More

काठमाडौं : सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहमन्त्री रमेश लेखकसहित गृहसचिव र प्रहरी प्रमुखसँग छलफल गरिएको छ। समितिको सोमबार बिहान बसेको बैठकमा गृहमन्त्री लेखकसहित गृहसचिव एकनारायण अर्याल, आइजीपी बसन्तबहादुर कुँवरसँग छलफल गरिएको हो। विशेष समितिले सहकारी बचत रकम दुरूपयोग सम्बन्धी छानबिन गर्न विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्दै आएको छ। यसअघि आइतबार बसेको बैठकले विभिन्न राजनीतिक दलहरूसँग सुझाव लिएको थियो । तीन महिनाको समय पाएर गठन भएको संसदीय समितिले सरोकारवालासँगको छलफल अन्तिम चरणमा पुर्‍याएको छ । गोरखा मिडियामा लगानी गरेका सूर्यदर्शन, सुप्रिमलगायत सहकारीको अवस्था बुझ्न र पीडितको कुरा सुन्न समितिका सदस्यहरू पोखरा र बुटवल जाने तयारी…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा अहिले विशेष अधिवेशन चलिरहेको छ । ४ गते प्रदेश प्रमुख नजिर मियाँसमक्ष २१ जना सांसदहरूले विपद्का विषयमा सरकारलाई निर्देशन दिन आवश्यक रहेको भन्दै अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए । उनीहरूले संघीय, स्थानीय तहको सरकार र सरोकारवाला निकायहरूसँग समन्वय ,सहकार्य र कार्यान्वयनको सवालमा समेत वर्तमान प्रदेश सरकार मूकदर्शक भई बसिरहेको र प्रदेशसभा बैठकलाई समेत अन्त्य गरी जिम्मेवारीबाट पन्छिएको हुँदा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष लिखित आग्रह गरेका थिए । संसद् अन्त्य भएकै भोलिपल्ट प्रदेश प्रमुख मियाँले ८ गते दिउँसो २ बजेको लागि बैठक आह्वान गरे । तर, सरकारले उक्त बैठकको औचित्य नरहेको भन्दै कुनै पनि…

Read More

धनगढी : कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–५ चिनी मिल नजिकै पूर्वतर्फ गइरहेको सुपप्र ०१००९प ३७७७ नम्बरको मोटरसाईकलले ठक्कर दिदै पैदल यात्री ५६ वर्षीय हेमराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी कृष्णपुर नगरपालिका– ६ का स्थानीय बासिन्दा हुन् । आइतबार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा चालक कृष्णपुर नगरपालिका–७ कालियापुर बस्ने ३१ वर्षीय राजकुमार राना गम्भीर घाइते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने पछाडी सवार रानाकी बहिनी…

Read More