Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालय लफडा भएको छ। आज (बुधबार) परिक्षा केन्द्र रहेको सो विद्यालयमा ४ जना विद्यार्थीलाई निकालेपछि लफडा भएको हो। स्रोतका अनुसार जिल्लाको भीमदत्त नगरपालिका-४ मा रहेको महाकाली बहुप्राविधिक शिक्षालय प्राविधिकतर्फका विषयको परिक्षाको सेन्टर थियो। परिक्षा केन्द्र रहेको सो शिक्षालयमा गार्ड (निरीक्षक) ले ४ विद्यार्थीलाई हलबाट निकालेका थिए। आज प्राविधिक विषयतर्फका भेटेरिनरी र कृषितर्फको परीक्षा थियो। जसमा वैजनाथ मावि र फारवैस्टर्न स्कुल अफ मेडिसिनका विद्यार्थीहरुको परीक्षा थियो। शैक्षिक क्षेत्रका जानकारहरुले शिक्षा ऐनमा निरीक्षकले परिक्षार्थीलाई निकाल्न नपाइने बताएका छन्। तर निरीक्षकले ४ जनाको कापीमा रातो साइन हानेर निकालेको बताइएको छ। जुन शिक्षा ऐनविपरीतको कुरा हो। यस्तै शिक्षालय प्रमुख…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटी र नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डम्मरी महराबीच विवाद भएको छ । बुधबार स्थानीय सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी माग ल्याएर प्रदेश सभा सचिवालयमा पुगेका प्रदेशका ९ वटै जिल्लाका कर्मचारीसँगको छलफलमा उनीहरुबीच वादविवाद भएको हो । छलफलका क्रममा प्रदेश सभा सदस्य महराले करारका कर्मचारीलाई पनि स्थायी सरह सेवा सुविधा दिनेगरी कानून बनाउनुपर्ने बताएकी थिइन् । सोही बेला प्रदेश सभा सचिवालयका सचिव बोगटीले ‘पढेर आउनु पर्‍यो नि’ भनेपछि दुवै जनाबीच बोलाबोल भएको थियो । सचिव बोगटीलाई महराले ‘तपाईंको र मेरो क्वालिफिकेसनलाई अगाडि टेबलमा राखौं, के सोच्नुभएको…

Read More

धनगढी : सुदूरपश्चिममा बजेट शुन्यताको अवस्था भदौ अन्तिमसम्म रहने निश्चित भएको छ । सरकारले असोज पहिलो हप्ता सम्म मात्रै बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट ल्याउन केही समय लाग्ने बताएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले २१ भदौभित्र बजेट ल्याउने भने पनि आर्थिक मामिला मन्त्री थापाले तयारी नपुगेका कारण ढिला हुन सक्ने बताए । अघिल्लो सरकारले प्रदेशसभामा पेश गरेको बजेटका कार्यक्रम परिमार्जन र पुनरावलोकन गर्नुपर्ने भएकाले मन्त्रालयहरुले निर्धारित समयमा कार्यक्रम पेश गर्न सकेका छैनन् । ‘मन्त्रालयगत छलफल चलिरहेको छ । २२ गतेसम्म सबै मन्त्रालयको छलफल सकिन्छ होला । त्यसपछि २/३…

Read More

धनगढी : गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका छन्। बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका हुन् । मन्त्री लेखकले तिंकर नाका भएर मानसरोवरसम्म जाने धार्मिक पर्यटकलाई भित्र्याउनका लागि कार्यालय खोल्न लागेको बताए । ‘सरकारले कार्यालय खोलिदिन्छ, व्यवसायीले त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ,’ मन्त्री लेखकले भने, ‘धनगढीदेखि सीधै तिंकरसम्म हेलिकप्टर लिफ्ट गराउनुपर्ने हुन्छ ।’ मन्त्री लेखकले असोज दोस्रो साताभित्रै तिंकरमा अध्यागमन कार्यालय उद्घाटन गर्ने बताए । ‘मैले देशका तीन स्थानमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छु,’ उनले भने, ‘भारतसँगको बेलिया, चीनसँगको तिंकर र मस्ताङ पोरलाका छिट्टै नाका खोल्छौँ…

Read More

धनगढी : अछामको साँफेबगर नगरपालिका–८ मटेनास्थित मध्य–पहाडी राजमार्गमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । साँफेबगरबाट मङ्गलसैनतर्फ जाँदै गरेको सुपप्र ०१००१ ज१२३८ नम्बरको जीप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । जीपमा नवदुर्गा गाउँपालिका–४ निवासी वर्ष ४२ का चालक लक्ष्मण साउदसहित ११ जना सवार थिए । त्यसमध्ये आठ घाइते भएका छन् । घाइते हुनेमा चौरपाटी गाउँपालिका–१ का १९ वर्षीया कल्पना थापा, १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउद, सोही पालिका वडा नम्बर २ बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीया तुलसी साउद, १८ वर्षीय प्रेम साउद, १८…

Read More

बझाङः बझाङमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको जयपृथ्बी नगरपालिका–३ बमडीगाउँमा ६५ वर्षीय सिंह विष्टको भिरबाट लडेर मृत्यु भएको हो। तलकोट गाउँ पालिका–६ दानतोलामा छोरीलाई भेटेर फर्कनेक्रममा लडरे सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सिहं तीन अगाडी मात्रै छोरी भेट्न भारतबाट बैतडी आएका थिए। सिंह सपरिवार भारतमा बस्दै आएका थिए।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी ओली अभिव्यक्ति स्वतन्त्रताप्रति निरंकुश बन्दै गएका छन्। आफूलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने एक युवकलाई प्रहरी लगाएर उनले पक्राउ मात्र गराएनन्, विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको खुलेको छ। ओलीलाई ‘भ्रष्टाचारका महादेव’ भनेको आरोपमा प्रहरीले बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध साइबर अपराध मुद्दा चलाएको हो। रावलले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू, भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए। त्यसविरुद्ध अजितकुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो। गत ३२ साउनमा…

Read More

महेन्द्रनगर: गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा फेरि अर्को प्रहरी कार्यालयको उद्घाटन गरेका छन्। बुधबार बिहान भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालयको उद्घाटन गरेकोमा दिउँसो दोधाराचाँदनी नगरपालिका– ६ दोधारामा रहेको इलाका प्रहरी कार्यालयको उद्घाटन गरेका हुन्। नेपाल प्रहरी प्रदेश र इप्रका दोधाराचाँदनी कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लेखकले प्रहरी आधुनिक भवनबाट नागरिकले स्तरीय सेवा पाउनुपर्नेमा जोड दिए। उनले आधुनिकता र प्रविधिको विकाससँगै नयाँ–नयाँ प्रकृतिका अपराध बढिरहेका बेला प्रहरीको पनि आधुनिकीकरण भइरहेको बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले १७ असारमा एमालेसँग भएको सातबुँदे सहमति दुवै पार्टीले अक्षरशः पालना गर्ने प्रस्ट्याए। नागरिकलाई सेवा दिने लक्ष्यका साथ नयाँ समीकरण बनेको बताउँदै मन्त्री…

Read More

काठमाडौं: नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) भरतबहादुर बोहराले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन्। रामशाहपथस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि प्रमुख बोहराले थप सक्रियतापूर्वक काम गर्न ट्राफिक कर्मचारीहरुलाई निर्देशन दिए। उनले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिँदै आगामी दिनमा थप ऊर्जाका साथ त्रुटिरहित तवरले सडक प्रयोगकर्ताको मनोभावना बुझेर काम गर्न निर्देशन दिएका थिए। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झण्डै दुई महिनादेखि नेतृत्व रिक्त थियो। अहिले कार्यालय प्रमुखमा डिआईजी रहने व्यवस्था छ। गत असार २१ गतेसम्म ट्राफिक प्रमुख डिआईजी पोषराज पोखरेल थिए। ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि निमित्त प्रमुखको रुपमा एसएसपी…

Read More

धनगढी: धनगढीमा मेयर गोपाल हमालले लागू गरेको निर्णय प्रहरीले नटेरेको पाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको निर्णय नटेरेको हो। हमालले धनगढीमा प्लास्टिकमाथि प्रतिबन्ध लगाएकोमा प्रहरीले भने प्लास्टिक प्रयोगमा ल्याएको पाइएको हो। धनगढीमा भोलि गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने नेपाल प्रहरीको पेट्रोल पम्पमा प्लास्टिक प्रयोग गरिएको हो। धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा रहेको प्रहरी कल्याणकारी कोष मार्फत सञ्चालन गरिएको सो पेट्रोल पम्प प्लास्टिकबाट निर्मित पताङ्काले सजाइको छ। उता प्लास्टिकमाथिको प्रतिबन्धबारे प्रहरीले भने जानकारी नभएको जनाएको छ। धनगढीका सार्वजनिकस्थल तथा पसलहरूबाट प्लास्टिक जफत गर्दै आएको मेयर हमालको नगर प्रहरी भने प्रहरीले नै प्लास्टिक प्रयोग गरेपछि मूकदर्शक बनेको छ।…

Read More