Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढी विमानस्थलमा कुकुर पसेपछि काठमाडौंबाट उडेको जहाज ढिला अवतरण भएको छ। गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको टोली सवार जहाज ढिलोगरी अवतरण भएको हो। करिव ७ बजेको समयमा विमानस्थलको रनवेमा कुकुर पसेपछि जहाज ढिलोगरी अवतरण गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सो जहाजले करिब ७ मिनेट आकाशमा फन्को मारेको थियो। सो जहाजमा नेपाल प्रहरीका प्रमुख आइजीपी वसन्त बहादुर कुँवर, नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका आइजीपी हुतराज थापासमेतको टोली सुदूरपश्चिम आएको थियो। सो टोली आज धनगढीस्थित एक होटलमा बसेको र भोलि सुदूर पहाडको भ्रमणमा निस्किने जनाइएको छ। यस अगाडि सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्याल भने हिजै…

Read More

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयका मातहातमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले अध्ययन, असाधारण, घर बिदा , बिरामी बिदा, भैपरी आउने र पर्वजस्ता बिदा लिएर निजी तथा गैरसरकारी संस्था काम गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो आएपछि मन्त्रालयले कारबाही थालेको हो । स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पाताल र केन्द्रलाई निर्देशन जारी गर्दै गैरजिम्मेवारीपूर्ण काम गर्ने जो–कोहीलाई कानुन बमोजिम हैदसम्म कारबाही गरिने चेतावनी दिएका छन् । ‘केही कर्मचारीले विदेशमा समेत गएर काम गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय…

Read More

धनगढी : कैलाली भन्सार कार्यालयबाट सशस्त्र प्रहरीले कृषि उपकरण बोकेको ट्रक बरामद गरेको छ । वास्तविक मूल्य भन्दा कम भन्सार मुल्यांकन गरी नेपाल भित्र्याउन लागिएको उपकरणसहित ट्रक बरामद गरेको हो । त्रिनगर भन्सारमा रहेको सशस्त्र प्रहरी ब्यारेकबाटै ट्रकसहित समान बरामद गरिएको हो । भारतिय नम्बर प्लेटको युपी ३१ टि ४६५७ नम्बरको ट्रक सहित कृषी सम्बन्धी उपकरण बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३४ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरिक्षक साजेन्द्र श्रेष्ठले जानकारी दिए । भन्सारमा कम मुल्याकंन गरी ट्रक नेपाल भित्रिदै गरेको सुचनाका आधारमा बरामद गरिएको उनले बताए । ट्रक संगै समान मालिक बैरिस्टर गुप्तालाई पक्राउ गरिएको छ । ट्रक बरामद…

Read More

काठमाडौं : सत्तारुढ माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले उनीसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । निर्णयअनुसार सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध मुद्दा नचल्ने भएको हो । अनुसन्धानको क्रममा बुझिएको प्रमाणका आधारमा मुद्दा चलाउनुपर्ने आधारहरु नदेखिएकाले यो निर्णय गरिएको सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले पुष्टि गरे । ‘पुरक जाहेरीमा उल्लेख भएकामध्ये टाइगर भनिने पदमबहादुर रावत र नरेश सिंह भन्ने मेहरमान सिंहविरुद्ध चाहिँ १८ वैशाखमा मुद्दा दायर…

Read More

काठमाडौं : ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । केही समय अघि क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५० औँ स्थानमा परेको हो। यसअघि क्लब ४९ र ५२ औँ स्थानमा परेको थियो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो । यसअघि सन् २०२२ का लागि…

Read More

धनगढी : बैतडीमा श्रीमानले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको दोगडाकेदार–२ कफलकोटका ३४ बर्षीय महेश महराले आफ्नी श्रीमती ३२ वर्षीया वसन्ती महरामाथि चक्कु प्रहार गरेका हुन् । आइतबार अपरान्ह घरको आगनमा गहुँ चुट्ने क्रममा वसन्तीमाथि महेशले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । चक्कु प्रहारबाट वसन्तीको कम्मरमा चोट लागेको थियो । जिल्ला अस्पतालमा उपचारपछि आइतबार साँझ नै वसन्ती डिस्चार्ज भइसकेकी छन् । श्रीमतीमाथि चक्कु प्रहार गर्ने महेशलाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिइसकेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

Read More

काठमाडौं : अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई रोक्न गृह मन्त्रालयले तीनबुँदे निर्देशन जारी गरेको छ। चिकित्सकले गरेका सिफारिससमेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठेको भन्दै गृहले उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार तीनबुँदे निर्देशन जारी गरेको हो। गृहले शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था र उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोग नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्रै अस्पताल लग्न भनेको छ। यसैगरी, अस्पताल राख्नु पर्ने–नपर्ने विषयमा सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकले परीक्षण गरेर निर्णय गर्ने तथा अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नुपरेमा उपयुक्त कारण खुलाउन गृहको…

Read More

धनगढी: कैलालीस्थित सशस्त्रको शिक्षालयको वार्षिकोत्सब मनाइएको छ। कैलालीको बनवेहडामा अवस्थित बडिमालिका जवान तालिम शिक्षालयको २३ औं वार्षिकोत्सब मनाइएको हो। शिक्षालयका एसपी डम्बर बिष्टका अनुसार सशस्त्र प्रहरी बल नेपालका प्रमुख आइजीपी राजु अर्यालको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सब मनाइएको थियो। जसक्रममा अर्यालले मातहत कर्मचारीलाई सीमा सुरक्षा लगायतका विषयमा आवश्यक निर्देशनसमेत दिएका थिए। यस्तै उनले सुदूरपश्चिमका प्रहरी कर्मचारीलाई आफ्नो प्रदेशबाहिरको जानकारी पनि राख्ने हेतुले पठाइएको स्थानमा जान सुझाए। यस्तै कार्यक्रममा उत्कृष्ट कार्य गर्नेहरुलाई पुरस्कृत पनि गरिएको थियो भने शिक्षालयलाई सहयोग गर्नेहरुलाई कदरपत्र प्रदान गरिएको थियो। उक्त शिक्षालयले सशस्त्र प्रहरी जवान पदमा नव प्रवेशी जवानहरुलाई आधारभुत तालिम प्रदान गर्नुको साथै जुनियर अधिकृत…

Read More

धनगढी: सुदूरपश्चिमको भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। सुदूरपश्चिमका पहाडी र तराईका जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको हो। सुरक्षा स्रोतका अनुसार बुडर र फल्टुडेको बीचमा सडक अवरुद्ध भएको हो। त्यहाँ अहिले सवारीसाधन रोकिएको बताइएको छ। जंगलमा आगलागी हुँदा सल्लाको रुख सडकमा ढलेपछि राजमार्ग अवरुद्ध भएको हो। अहिले सो राजमार्ग खुलाउन प्रयास भैरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: नापी विभागका एक उपसचिव ले विभागमा आतंक मच्चाएका छन्। आतंक मच्चाउने शक्तिशाली विभागका उपसचिव हुन् दामोदर ढकाल। उनले आफ्नो भनेअनुसार नचल्ले कर्मचारीहरुलाइ कार्यालयभित्र पेलेर राख्ने गरी आतंक मच्चाएको पाइएको हो। सो विषयमा भित्रकै कर्मचारीले गुनासो गर्ने गरेका छन्। स्रोतका अनुसार उनले विगत लामो समयदेखि विभागमा बसेर अनेकन असुली धन्दा र गडबडी गरेका हुन्। प्रकाश जोशी डिजी रहेको उक्त विभागमा उनै ढकालको हैकम चल्ने गरेको र डीजीलाई समेत उनैले आफू अनुकूल राखेको बताइन्छ। यतिमात्र होइन, ती उपसचिव ढकाल करिव ६ वर्षदेखि विभागमै अड्डा जमाएर बसेका छन्। लामोसमय विभागमा बसेका उनले कार्यालयसहित अन्य सरुवा बढुवामा चलखेल गर्ने गरेका छन्। चलखेलका क्रममा…

Read More