Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा जिल्ला पार्टी सभापति नारायण दत्त भट्ट र उप–सभापति भीम बडूवालबीच माइन्यूट खोसाखोस भएको छ। बिहीबार मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा राखिएको जिल्ला कार्यसमितिको बैठकम लफडा भएको हो। उक्त बैठकमा मुख्य आमन्त्रितको रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह थिए। तर, बैठक सुरु नहुँदै सभापति भट्ट र उपसभापति बडूवाल बिच माइन्यूट खोसाखोस भएपछि विवाद उत्पन्न भएको हो। जिल्ला कार्यसमितिको बैठकमा उप–सभापति भीम बडूवालको नाम माइन्यूटमा उल्लेख नभए पछि विवाद सृजना भएको थियो। बैठक सुरु नहुँदै उप–सभापति बडूवालले माइन्यूट आफ्नो कब्जामा लिएका थिए। आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापति दत्त भट्ट सँग उप–सभापति बडूवाल झोकिएका…

Read More

काठमाडौं: सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ दरखास्त आह्वान गरेको छ। शुक्रबार सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य तर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो। चैत १८ गते सम्म अनलाइनमार्फत पनि तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ।

Read More

धनगढी : नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दिपक बहादुर सिहंले व्यक्तिगत ५० हजार पुरस्कार घोषणा गरेका छन् । वाफ महिला च्याम्पियनसिपको जोर्डनविरुद्ध नेपाली टिमले फाइनल खेल्दैछ । पहिलो हाफमा नेपालले १ ० गोलको अग्रता बनाएको छ । साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी हुन् । २९औं मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् । प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो ।

Read More

धनगढी : सशस्त्र प्रहरी बल, नेपालमा रिक्त नायव महानिरीक्षक (डिआइजी)को एउटा पदमा बढुवा प्रक्रिया अघि बढेको छ । फागुन ३ गते बढुवा हुन चाहने सम्भावित उम्मदेवारहरुलाई फाराम भर्न औपचारिक सूचना प्रकाशित गरिएपछि उक्त प्रक्रियाले गति लिएको बताइन्छ । बढुवाको निम्ति चार जना वरिष्ठ उपरीक्षक (एसएसपी) सम्भावित उम्मेदवार देखिएका छन् । पहिलो नम्बरमा अघिल्ला वर्षहरुमा झैँ यसपटक पनि कृष्णराज पाठक नै छन् । त्यसपछि क्रमशः दिपक अधिकारी,मनिष थापा र कृष्ण ढकाल रहेको बुझिएको छ । नेपाल प्रहरीमा सई (प्राविधिक) छँदा सशस्त्रमा स्थानान्तरण भएका पाठकलाई यसअघिको बढुवामा छुटाइएको थियो । त्यतिबेला उनलाई पछाडि पारेर जुनियरहरु अगाडि गएका थिए । एक वर्षअघि ‘कार्यसम्पादन…

Read More

रविन्द्र केसी प्रिय एन्ड्रियाना! म सदाको लागि द्रागास छोडर हिँड्दै थिएँ। मन भारी थियो, आँसुमा चुर्लुम्म डुबेको थिएँ। यकिन साथ भन्न सक्दिनँ त्यति बेला तिम्रो हालत कस्तो थियो? तर साँच्चि एन्ड्री! मलाई भने सासै रोकिएलाजस्तो, धड्कन नै बन्द हुन खोजेजस्तो! उधुम सकस भएको थियो। के भनेर हिँडौं तिमीलाई भन्ने उस्तै दुविधामा थिएँ र पनि तिम्रो घर अगाडि निकै बेरसम्म उभिएको थिएँ, सायद त्यस्तै मनोदशामा थियौ तिमी पनि कि? खोइ ! ….तर तिमी एक शब्द पनि बोल्न सकेकी थिइनौ। निमेषभर आँखाहरू जुधेका थिए। गह टिलपिलाएका थिए। तर तिमी एक्कासि फरक्क फर्कियौ। दौडिएर घरभित्र पस्यौ। ड्याम्म ढोका लगायौ। त्यो आवाजले झण्डै मुटु फुटेको थिएन। चुपचाप सहेँ, निकैबेरसम्म त्यहीँ उभिएँ र…

Read More

धनगढी : सुदूरपश्चिमका दुग्ध उत्पादक किसानहरूले सडकमा दुध पोखेर प्रदर्शनमा उत्रिएका छन् । लामो समयसम्म दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै यहाँका किसानहरुले बिहिवार कैलालीको अत्तरियामा दुध पोख्दै प्रदर्शन गरेका हुन् । कैलाली, कञ्चनपुर र डडेल्धुराका दुग्ध उत्पादन गर्ने किसानले असोज १६ देखि दूधको भुक्तानी पाउन बाँकी छ । दुध उत्पादक किसानले असोज १६ देखि माघ मसान्तसम्मको ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ र फागुन १५ गतेसम्मको पाँच करोड बढीको भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । अखिल नेपाल किसान महासंघ र दुग्ध उत्पादक किसानले उत्पादन भएको दूध खरिद गर्नुपर्ने र बाँकी रहेको बक्यौता रकम भुक्तानी पाउनुपर्ने…

Read More

काठमाडौं : इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा बढाएर पठाएको छ। त्यस्तै खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर २१ रूपैयाँ ६६ पैसा बढाएर पठाएको हो। भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य यथावत रहने निगमले जनाएको छ। हाल निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोलको भाउ १६९ रूपैयाँ…

Read More

धनगढी : काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचैमा फर्किएर फेरि धनगढी आएको छ। बिहीवार बेलुका काठमाडौंबाट धनगढीका लागि उडेको जहाज पुनः काठमाडौं पर्काइएको थियो। तर समस्या समाधान भएपछि तत्कालै जहाज धनगढी फर्किएको र ल्याण्ड भएको बताइएको छ। जहाजमा इडिकेटर प्रब्लम देखिएको थियो।

Read More

धनगढी : कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा पाँच महिनापछि पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले रानाको हत्या आरोपमा पक्राउ परेका कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी पुर्पक्षका लागि कारागार चलान भएको जानकारी दिए । बिहीबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनीहरूलाई कारागार चलान गर्न आदेश दिइएको थियो । कारागार चलान हुने चौधरी नेपाल प्रहरीका सहायक हवल्दार हुन् । घटना भएको पाँच महिनापछि मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । राना गत २८ असोजमा…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । केही दिन अगाडी विभिन्न मुद्दाका १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो । फेरी ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कैलालीमा नयाँ एसपी पदमबहादुर बिष्ट आएपछि जिल्लामा सुरक्षा व्यवस्था तैनाथ पारिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न ठाउँबाट फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरेर जिल्ला अदालत कैलालीमा बुझाइएको छ । यी हुन् पक्राउ परेका फरार प्रतिवादी १. लागुऔषध मुद्दाका जिल्ला कैलाली गोदावरी ५ बस्ने बर्ष २५ को किरण बोहरा, ३ दिन कैद ।२.…

Read More