Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीकी एक किशोरी लागूऔषधसहित कञ्चनपुरमा पक्राउ परेकी छिन्। कैलालीको कैलारी गाउँपालिका-१ बस्ने १८ वर्षीया किशोरीलाई सोमवार साँझ प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोके बजारबाट पक्राउ गरेको हो। उनलाई १ ग्राम २४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

धनगढीः कैलालीबाट वन मुद्दा र बैकिंङ कसुर मुद्दामा एक महिलासहित तीन फरार दोषी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना ठहर भई फरार रहेका वन मुद्दामा ६ महिना कैद सजाय र ३ हजार ६७५ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१० बस्ने कल्लु राना र सोही मुद्दामा ४६ हजार ९१६ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने दिर्घ चौधरी रहेका छन्। यस्तै बैकिंङ कसुर मुद्दामा १९ लाख ८४ हजार १ सय जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–२ बस्ने सरस्वती देबी चन्द पक्राउ परेकी छिन्। अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका तीनवटै प्रतिवादीहरुलाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली…

Read More

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी बताए ।

Read More

कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटक आकर्षित गर्ने उद्देश्यले सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ। भीमदत्त नगरपालिकाको आयोजनामा आगामी मङ्गलवारदेखि बिहीबारसम्म महोत्सव हुन लागेको हो। भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विश्वमै बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्ड अवलोकन गर्न पाइने शुक्लाफाँटाको प्रचार गरी पर्यटक भित्र््याउने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको बताए। महोत्सव अवधिमा निकुञ्जभित्रको रानी ताल सफाइदेखि गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकलाई स्वागत गरिने उपाध्यक्ष केसीले बताए। “गड्डाचौकी नाका, बसपार्क, बजार क्षेत्र र नगरपालिकाभित्र पर्यटकीय क्षेत्रको बोर्ड राख्ने तयारी छ”, उपाध्यक्ष केसीले भने, “महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।”

Read More

कैलाली: नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन भएकी छन् । नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा निर्वाचित बुढा कार्यवाहक अध्यक्ष थिइन् । उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्का चयन भएका छन् । अध्यक्ष मण्डलले सोमबार राति सर्वसम्मत निर्वाचित भएका पदाधिकारीहरूको घोषणा गरेको थियो । राति नै पद तथा गोपनीयताको शपथ पनि गराइएको छ । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोमबार राति अध्यक्ष ओलीकै उपस्थितिमा सर्वसम्मत पदाधिकारी घोषणा गर्दै ओलीको उपस्थितिमा निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले…

Read More

वासिङ्टन : टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्ने वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ ।भिडियो शेयरिङ गर्न मिल्ने र १७ करोड अमेरिकी प्रयोगकर्ताहरूले प्रयोग गर्दै आएको चिनियाँ एप टिकटकका लागि यो कानुनले ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन् । टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामु चिन्ता पैदा गरेको छ ।टिकटकका विषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ । सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन् । रिपब्लिकन…

Read More

बागलुङ : बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार बिकले जानकारी दिए । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर छ । रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

Read More

काठमाडौं : वरिष्ठ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको छ। चैत ६ देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाइएको स्रोतले बतायो। ‘राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कर्मचारी विनियमावली अनुसार हटाएको छ,’ स्रोतले पुष्टि गर्‍यो। पटक–पटक कर्मचारी अनुशासन उल्लंघन गरेको भन्दै आचार्यलाई सेवाबाट हटाइएको हो। आचार्यले आफूलाई दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेर वरिष्ठ महिला कर्मचारीले प्रशासनसमक्ष उजुरी दिएकी थिइन्। आचार्यले गत २७ पुसमा केन्द्रीय बैंकका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममै उनीमाथि दुर्व्यवहार गरेका थिए। ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो। छानबिन क्रममा दोषी देखिएका आचार्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि…

Read More

काठमाडौं : राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त पदबाट हटाउन माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गरी लामिछाने गृहमन्त्री रहिरहँदा उनीसमेत आरोपित सहकारी ठगीको मुद्दा प्रभावित हुन सक्ने भन्दै तुरुन्त हटाउन माग गरेका हुन् । सूर्यदर्शन सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा सहकारीका पदाधिकारीसँगै रवि लामिछानेविरुद्ध पनि जाहेरी दिएका छन् । ‘गृहमन्त्री लामिछाने मुछिएको मुद्दाको छानबिन तथा अनुसन्धान गर्ने मन्त्रालयको उनलाई मन्त्री बनाउँदा त्यो कार्यबाट मुद्दा प्रभावित हुने खतरा हुन्छ । त्यसबाट सहकारीका पीडित बचतकर्ताहरुलाई अन्याय हुन जानेछ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राजमोले रवि लामिछानेले राजीनामा दिनुपर्ने कांग्रेसको…

Read More

डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा पैसा बाँडेर चुनाव जित्ने गरेको आरोप लगाएका छन्। आज (सोमबार) परशुराम नगरपालिकाको रंगमैदानमा एमाले डडेल्धुराको ९औं अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले देउवाले खुलेआम पैसा बाँड्ने गरेको आरोप लगाएका हुन्। ‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ। एउटा शेरबहादुर जीले जित्ने तरिका उहाँ खुलेआम पैसा बाँड्नुहुन्छ। टेलीभिजनले खुलेआम देखाएको हुन्छ,’ उनले भने, ‘सक्ताको दुरुपयोग गरेको हुन्छ। त्योभन्दा बढी के भनम्।’ त्यसैमा थप्दै उनले भने, ‘सागर भन्ने एउटा बावु आएका थिए। तिनलाई समर्थन गर्न देखेको थिए, मिस पवी भन्ने। मिस पवीले जोड गरेकै हुन्। विचारा एउटी मिस पवी…

Read More