Author: महेन्द्रनगर पोष्ट

अछाम : अछाममा जीप दुर्घटना भएको छ। जिल्लाको चौरपाटी गाउँपालिक-५ स्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जी आज(बुधबार) बिहान दुर्घटनामा भएको हो। प्रहरी चौकी सिउँडीका अनुसार सो दुर्घटनामा १५ जना घाइते भएका छन्। ती मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ। लुंग्राबाट साँफेबगर जाने क्रममा जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। घाइते सबैलाई उपचारको लागि बयलपाटा अस्पताल लगिएको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

Read More

बैतडी : केही दिनयता बैतडीको सुर्नया गाउँपालिका–२ सिउँडेस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ह्वाङ परेको ह्वाइट बोर्ड सामाजिक सञ्जालमा भाइरल बनेको थियो। शुक्रबार सुर्नया गाउँपालिकाको टोलीले नेरा माविमा अनुगमन गरेको थियो। अनुगमनपछि टोलीका एक जना व्यक्तिले सामाजिक सञ्जालमा उक्त ह्वाङ परेको ह्वाइट बोर्डकाे तस्बिर राखेकाे थिए। जाे सामाजिक सञ्जालमा भाइरल बन्यो। तस्बिर भाइरल बन्दासम्म विद्यालय र स्थानीय सरकारले कुनै चासो देखाएनन्। उनीहरु लाच पचाएर बसिरहे। तर, सुर्नया गाउँपालिका-२ ग्वानी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा भारतको हैदराबादमा रहेका समाजसेवी विनोदबहादुर विष्टको सहयोगमा पूरानो बोर्ड फेरिएको छ। आफूले अध्यन गरेको विद्यालयको ह्वाइटबोर्डको अवस्था देखेर सहयोग गरेको युवा विष्टले बताए। उनले भारतबाट पठाएको…

Read More

कैलाली : नेकपा एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ । आज २ बजेदेखि मतदान हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए। यसअघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा १० बजेदेखि मतदानको समय निर्धारण गरिएको थियो। तर, प्राविधिक तयारी नभएको भन्दै हिजै राति आज बिहानसम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। मतदाताको अन्तिम नामावली प्रकाशन गरेर अहिले उम्मेदवारी दर्ता भइरहेको प्रमुख निर्वाचन अधिकृत जोराले बताए। अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन्। जोशीले आफ्नो टिम नै सार्वजनिक गरिसके भने अन्य उम्मेदवारहरूले भने टिम औपचारिक रुपमा सार्वजनिक गरेका छैनन्। आइतबार एमाले अध्यक्ष केपी शर्मा…

Read More

डोटी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड यतिबेला हिउँ परेर सेताम्मे छ।भू स्वर्गको उपमाले प्रसिद्ध खप्तड हिउँको घुम्टोले छोपिँदा झन् मनमोहक देखिएको छ। हिमपातपछि खप्तडका फराकिला र सुन्दर पाटनहरू सेताम्मे भएका छन्। मौसम सफा भएका कारण हिमालहरू प्रस्ट खुलेका छन्। फोटो: दिपक खड्का

Read More

दार्चुलाः दार्चुलामा भिरबाट लडेर किशोरीको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–६ की १८ वर्षीया मनिषा धामीको घरबाट विद्यालय जाने क्रममा भिरबाट हिजो (मंगलबार) मृत्यु भएको हो। मंगलवार रातोपौड भन्ने भिरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन्। मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने मनिषाको भिरबाट लडेर मृत्यु भएकोगाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले बताए।

Read More

कैलाली : कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट ६८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ३९ वर्षीय सविन दाहाल र धनगढी उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय विवेक गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट मोटरसाउकल १ थान समेत प्रहरीले बरामद गरेको छ। यसैगरी कैलारी गाउँपालिका-३ शिवरत्नपुरस्थित जङगलबाट २ ग्राम २८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका चारै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका-७ कलुवापुरबाट २१.६३ ग्राम चरेश र ५० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ। चुनारालाई ईलाका प्रहरी कार्यालय रैकवार विचवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

Read More

काठमाडौं : काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ।  विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो।  तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने चेतावनी समेत महानगरले दिएको छ।

Read More

काठमाडौँ : राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो। योग्य उम्मेदवारले  फागुन १५ गतेभित्र आवेदन दिन सक्नेछन्।

Read More

कञ्चनपुर: माटोका भाँडाकुँडा बनाएर  शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन्। भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सातदशक अघि यता आएका हुन्। बाजेले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए । अहिले त्यही काम वीरपालले सम्हादै आएका छन्। वर्षौंदेखि यहाँ बस्दै आएका उनीसँग चार कठ्ठा चार धुर जग्गाको २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ। त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उनले सट्टा भर्ना पाउन भने सकेका छैनन्। तत्कालीन पिपलाडी गाउँपालिकाको भत्तपुरीमा रहेको जग्गाको उनले सट्टा भर्ना नपाएका हुन्। ‘देशमा त्यस बेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्यो’ उनले भने, ‘जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन…

Read More