Author: महेन्द्रनगर पोष्ट

धनगढी : अछामको वैद्यनाथ धाममा जारी कोटीहोम महाय‍ज्ञमा आगलागीबाट क्षती भएको हवनकुण्ड आज रातीनै पुनर्निर्माण गरिने भएको छ । शनिबार कुण्डमा जलाइएको आगोको झिल्कोले सल्किएर आगलागी भएको थियो । आइबतार (भोली) बिहान क्षमा पुजा गरेर महायज्ञ नियमित सुचारु हुने आयोजकले जनाएको छ । अछाममा फागुन १० गतेबाट सुरु भएको कोटीहोम महायज्ञ अहिले पनि जारी छ। १ सय ४४ बर्षपछि सो कोटीहोम महायज्ञ लागेको हो। कोटीहोम फागुन २५ गतेसम्म संचालन हुने छ। सो कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए।

Read More

काठमाडौं : मछिन्द्र एफसीले केपी ओली कपको उपाधि जितेको छ। शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा न्यूरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो। निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। अन्तिम पेनाल्टीमा एनआरटीका विवेक गुरुङको प्रहार कप्तानसमेत रहेका गोलकिपर विशाल श्रेष्ठले छेकेपछि मछिन्द्र च्याम्पियन बनेको हो। केपी ओली कपको पहिलो संस्करण पनि मछिन्द्रले नै जितेको थियो। त्यतिबेला सातदोबाटोलाई हराएर मछिन्द्रले उपाधि जितेको थियो। उपाधि जितेसँगै मछिन्द्र एफसीले नगद ११ लाख र उपविजेता एनआरटीले ५ लाख प्राप्त गर्नेछन्।

Read More

धनगढी : नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह चोपडा चयन भएका छन् । शनिबार डोटीमा सम्पन्न प्रथम अधिवेशनले चोपडाको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शाखाको उपाध्यक्षमा लाल बहादुर खड्का, महासचिव कृतबहादुर कुवँर, कोषाध्यक्षमा आईजंग कुवँर तथा सदस्यहरु पदमसिंह महरा, तेजबहादुर भुल र तेजनारायण झा रहेका छन् ।

Read More

काठमाडौँ : आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगन गरिने भएको हो । केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरे बापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समय देखि रोकिएकोले उक्त रकमको भुक्तानीको माग राखी फागुन ८ गतेदेखि विभिन्न किसिमबाट आन्दोलनका कार्यक्रम गरिरहेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबिच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा सहमति गरिएको हो । …

Read More

धनगढी : बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको घटनाले आज दिनभर सामाजिक सञ्जालमा चर्चा पायो । शुक्रबार कार्यालय समयमा पालिकाभित्रै भएको हात हालाहालको घटना शनिबार मात्रै बाहिर आएको थियो । कार्यालय समयमा सेवाग्राहीको काम गर्न छोडेर जगल्टा लुछाचुडीमा लागेकी दुई महिला कर्मचारीको घट्नाको वास्तविकता यस्तो छ । रन्जीता शाही र कविता सूर्यबंशी मेड्पा परियोजनामा कार्यरत कर्मचारी हुन । उनिहरु दुबैजना एउटै परियोजना र एउटै शाखामा कार्यरत कर्मचारी हुन्, भने रन्जीता परियोजना प्रमुख हुन । शुक्रबार कार्यसम्पादन मूल्याकन र दैनिक कार्ययोजना बारे छलफल भइरहँदा कस्ले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा आपसमा कुरा नमिलेपछि विवाद बढेको थियो । विवादले…

Read More

धनगढी : कञ्चनपुरमा जुवा खेल्ने ९ जना पक्राउ परेका छन् । प्रहरी भीमदत्त नगरपालिका ४ बसपार्कस्थित ग्रीन भोजनालयबाट जुवा खेल्ने ९ जनालाई पक्राउ गरेको हो । शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चपुरबाट खटीएको टोलिले होटल सञ्चालक डबल जोशीसहित ९ जनालाई तास खेलीरहेको अबस्थामा पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा दिपक कुमार खड्का, रनबहादुर दौल्याल, पुस्कर कुवँर, पदम बोहरा, खडक रावल, डम्मर कुवँर, पदम महरा र शंकर दौल्याल रहेका छन् । उनिहरुको साथबाट तीन गड्डी तास र नगद रु ३३ हजार ८८८ रुपैयाँ बरामद गरेको छ । साथै उनिहरु माथि थप कारबाहीको पक्रिया अगाडी बढाएको छ ।

Read More

महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको झण्डै २ साता बित्दा पनि अझै कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको ६ गते (आइतबार)बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको कार्यकाल फागुन १८ गते सकिइसकेको छ। जोशीको कार्यकाल सकिएको अवस्थामा नियुक्ति प्रक्रिया नै रोकिएकाले भिसी पद रिक्त भएको हो। त्यसो त नियुक्त गर्न अझै समय लाग्ने देखिएको छ। समितिले गत माघ २६ गते सार्वजनिक सूचना जारी गर्दै १० दिनको समय दिएर उपकुलपति नियुक्तिका…

Read More

काठमाडौं : अमेरिकाको भर्जिनिया जिल्लामा हुने सांसदको चुनावमा नेपाली मूलका एड्रियन पोखरेलले उम्मेदारी दिएका छन् । पोखरेलले चुनाव अभियानको लागि कार्यालयको उद्घाटनको तयारी गरेका छन् । उनले सबै समुदाय सदस्यहरुलाई उक्त कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन् आह्वान समेत गरेका छन् । आगामी आइतबार मार्च ३ का दिन बिहान ११ बजे (अमेरिकी पूर्वीय समय)मा हुने भएकोले उपस्थितिको लागि सबैलाई अनुरोध गरिएको छ । उनले ११ बजे रातो फित्ता (रिबन)काट्ने ,कार्यक्रमको रुपरेखा तथा केही सम्बोधन समेत हुने जनाएका छन् । कार्यक्रम १:३० बजे सम्म हुने छ भने कार्यक्रममा प्रश्न उत्तर सहित निर्वाचन प्रचार प्रसार अभियानको बारेमा संक्षिप्त जानकारी दिइने छ । त्यसको…

Read More

काठमाडौं : नेपालले अर्को साता हङकङमा गएर फ्रेन्डसीप कप र टी-२० आई त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । नेपाल र हङकङबीच फागुन २६ (९ मार्च)मा फ्रेन्डसीप कपको खेल हुनेछ । दुई देशबीचको सम्बन्धको कारण उक्त टी-२० आई खेल हुने हङकङ क्रिकेट बोर्डले जनाएको छ । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । यसअघि नेपाल, ओमान, युएई र हङकङबीच चार देश सम्मिलित टी-२० आई सिरिज हुने भनेपनि नहुने भएको छ । त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ । फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोहि…

Read More

धनगढी : नेकपा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानालाई पार्टीमा सबैलाई एकताबद्ध बनाएर लैजान सुझाव दिएका छन् । एमाले अध्यक्ष ओलीको निवास बालकोटमा उनले ढुङ्गानालाई पार्टी एकढिक्का बनाएर लैजान सबैलाई समेट्नु पर्ने बताएका हुन् । नवौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित ढुङ्गानालाई बधाई दिँदै अध्यक्ष ओलीले चुनावको तिक्तता मेट्न र सबैलाई समेट्न आग्रह गरेका थिए । उनले कैलालीमा यति गर्दा आगामी निर्वाचनमा एमालेको जितलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरे । ‘मिसन ८४ सफल बनाउनु छ कैलालीमा सबैलाई समेटेर लैजानुहोला’ ओलीको भनाइ थियो ‘एमाले सबै मिलेर बलियो बनाउनु पर्छ ।तपाइ सबैलाई मिलाएर अगाडी बढ्नु होला ।…

Read More