Author: महेन्द्रनगर पोष्ट

धनगढी: पार्टी कार्यालयभित्रै कार्यकर्ताबीच कुटाकुट भएको घटना बाहिरिएपछि नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीले आगामी शुक्रबार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक राखिएको जानकारी दिएको छ। यस्तै पार्टी कार्यालयको घटनाका सवालमा पार्टीका संरक्षक रेशमलाल चौधरीले स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै संरक्षक सबै कुरा झुठो भएको दाबी गरेका छन्। यस्तै उनले आफ्नी पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले जसरी पनि आफूलाई फेरि जेल हाल्ने योजना बनाएको उल्लेख गरेका छन्। चौधरीले लेखेका छन्, ‘पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन्। जसरी पनि मलाई जेल हालेर…

Read More

काठमाडौं: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएर छुटेका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीले पार्टी केन्द्रीय सदस्यलाई धम्की दिएको बताइएको छ। नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशमले आइतबार एउटा छलफलमा धम्की दिएको बताए। उनले आफूलाई हत्या पनि हुन सक्छ भन्दै धम्काएको बताए। ‘हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा टीकापुर नगरपालिकाका मेयर साब, वडा नं ४ का वडाध्यक्ष, वडा नं ५ का वडाध्यक्ष संयुक्त रुपमा बसेका थियौं। उहाँले सिधै के भन्नुभयो भने यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुन सक्छ भनेको हुनाले आज ममाथि भौतिक…

Read More

काठ्माडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले आफूलाई ‘मूर्ख’को संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा एक लामो स्टाटससहित आफ्नै फोटो स्केच शेयर गर्दै उनले विम्बात्मक रुपमा आफूलाई मूर्ख भनेका हुन् ।  पञ्चायतदेखि हालसम्मको राजनीतिक अवस्थाको ब्याख्या गर्दै डा.भट्टराईले भनेका छन्,बाबुरामजस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्,तर त्यो अरण्यरोदन बनिरहेछ । ‘ अहिलेको राजनीतिक अवस्था निरकुंश पञ्चायती कालरात्री जस्तो भएको दावी गरेका उनले ०३३/०३४ सालतिर जस्तै जनतामा चरम निराशा छाएको र पार्टीहरु टुटफुटबाट गुज्रिरहेको बताएका छन् । बाबुरामको स्टाटस : नयाँ पुस्तालाई थाहा नहुन सक्छ !  तर मलाई झलझली…

Read More

धनगढी : धनगढीमा सम्पन्न डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा धनगढीमा शुक्रवार र शनिवार डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिम आयोजना गरिएको थियो । सुदूरपश्चिम प्रदेशका सबै जिल्ला ३० जनाको हाराहारीमा पत्रकारहरू तालिममा सहभागी थिए । उनीहरूले तालिमले डाटा पत्रकारितामा ठुलो सहयोग गर्ने विश्वास व्यक्त गरे । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा तालिमको आयोजना गरिएको थियो । शुक्रवार तालिम उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले पनि अब डिजिटल पत्रकारिताको प्रारम्भ गर्न सुझाव दिएका थिए । समापन सत्रमा…

Read More

धनगढी : कैलालीमा एक पुरुषको शव फेला परेको छ । लम्कीचुहा नगरपालिका-६ स्थित चरिला नदी किनारमा बर्दगोरिया गाउँपालिका-२ का गगनसिंह कार्की मृत फेला परेका हुन् । अन्दाजी ६० वर्षीय कार्की सोमवार बिहान मृत पाइएका र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

धनगढी : कञ्चनपुरमा राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको अधिवेशन जारी छ। राप्रपा भीमदत्त नगरका अध्यक्ष करन सिंह पालका अनुसार अहिले खुलासत्र चलिरहेको र बन्दसत्र केहीबेरमा सुरु हुने छ। उक्त संगठनको नेतृत्व चयनका लागि पहिलो अधिवेशन भैरहेको हो। अहिलेसम्म संगठनको नेतृत्वका लागी प्रेम रावल, शुभम चन्द र आकाश जोशीले इच्छा प्रकट गरेको बताइएको छ। तीनजनाले इच्छा राखेपनी सहमतिमै नेतृत्व चयन गरिने नेताहरुले बताएका छन्। यस अगाडि आयोजक कमिटीको संयोजक भने प्रेम रावल थिए। अधिवेशनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा बिष्टसहित राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्द लगायतका सहभागी छन्।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्रीको अडान गठबन्धन बैठकमा राखेका थिए। बालुवाटारमा सोमबार भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको बालुवाटार स्रोतले जनाएको छ। बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ। यससँगै माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्कट्टेललाई आज एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ। जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतको भनाइ छ।

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले एसईई परीक्षामा मधेस प्रदेशका जिल्लामा चिट चोरिएको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी नेतृत्व र निरीक्षकले लिनुपर्ने बताएका छन् । आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले एसईईमा मधेसका विभिन्न जिल्लामा चिट चोराइएको र त्यसमा सरकारी अधिकारीहरु नै जिम्मेद्वार रहेको आरोप लगाए । तर, आम मधेसलाई त्यसको दोषी देखाउन खोजिएको भन्दै उनले आपत्ति जनाए । ‘मधेसले पहाडलाई पढाउनको लागि कुनैबेला उक्लिने गथ्र्यो । तर, अहिले मधेस आफैँ एसईई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरुको चपेटामा पर्दैछ । काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ न त्यहाँ बनिहाल्छ । कोही…

Read More

धनगढी : डडेल्धुरामा चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–९ रोकटाका २२ वर्षीय गोरखबहादुर चन्द रहेका छन् । चन्दले डडेल्धुराको भागेश्वर गाउँपालिका–३ तल्लो चौराहा लामिकाण्डेका हिक्मतसिंह खड्काको आशिष एण्ड आरुष किराना पसलमा चैत ११ गते चोरी गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी करबिर ऐरले जानकारी दिए । चन्दले पसलको मूलढोकामा लगाएको ताला तोडफोड गरि नगद ४८ हजार र अन्य खुद्रा सर–सामानसहित ९५ हजार ५ सय बराबरको चोरी गरी फरार थिए । प्रहरीले उनलाई चैत १६ गते पक्राउ गरेको हो । उनीमाथि डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताबीच कुटाकुट भएको बताइएको छ। पार्टीको केन्द्रीय कार्यालमै कुटाकुट भएको हो। पार्टीका संरक्षक एवं पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका पतिसमेत रहेका रेशमलाल चौधरी र उनकै पत्नीका कार्यकर्ताबीच विवाद भएपछि कुटाकुट भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार चौधरी दम्पत्तिबीचको विवादले पार्टी नै विभाजनको मुखमा पुगेको छ। यसैक्रममा नागरिक उन्मुक्ति पार्टीको बैठकमै कुटाकुट भएको हो। काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको थियो। वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए। नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा कुटाकुट भएको बताइन्छ।…

Read More