Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए । यस्तै साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी…

Read More

काठमाडौं : न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ । परिषदको आज आइतबार बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो ।

Read More

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक नगर प्रहरी मृत फेला परेकी छिन् । आइतबार दिउँसो महाकाली नगरपालिका- ४ खलंगास्थित डेरा गरी बस्ने वडा नम्बर ८ कि २२ वर्षीया रविना पल्याल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए । आफ्नै कोठामा रहेको पंखाको झुण्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला : भारतमा मजदुरीका लागि गएका दार्चुलाका एक जनाको मृत्यु भएको छ । शुक्रबार भारत पिथौरागढ जिल्लाको मुन्स्यारीमा दुहु गाउँपालिका-२ हिकिला बस्ने दानसिंह धामीको खाल्डोमा पुरिएर मृत्यु भएको हो । जग खन्ने क्रममा शुक्रबार बेलुका ढिस्कोले पुरिएर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौं : निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन मिति घोषणा गरेको हो। आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले २०८१ वैशाख १५ गते शनिबार इलाम र बझाङमा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिए। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ। ०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ। प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा निधन…

Read More

काठमाडौं : फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। डाँगीको घरबाट गत फागुन ६ गते ४५ लाख रुपैयाँ चोरी भएको थियो। चोरीमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। दोलखाको शैलुङ गाउँपालिका ६ का २१ वर्षीय अनुप तामाङ, शैलुङकै २० वर्षीय रविन तामाङ र ललितपुर गोदावरी ६ का २४ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले चोरी आरोपमा पक्राउ गरेको हो। फुटबल खेलाडी डाँगीको घरअगाडि अनुपको आफन्तको घर रहेको र उनी त्यहाँ बारम्बार जाने र सोहीक्रममा योजना बनाएर चोरी गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरीले जनाएको छ।

Read More

दार्चुला : दार्चुलाको खलंगा सदरमुकाममा रहेको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा जोड्ने दार्चुला–धारचुला झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ। पुलको आइतबार दिउँसो २ बजेसम्म मर्मत कार्य हुने भएकाले आवतजावत बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै आज बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म पुल मर्मत कार्य हुने हुँदा सो समयमा पुल बन्द गर्नुपर्ने भनी भारतीय पक्षबाट जानकारी आएको बताउँदै पुलबाट आवतजावत बन्द गरिएको जनाएको छ।

Read More

काठमाडौं : सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी नौ दिनदेखि थुनामा छन्। ४ नम्बर बाहिनी पोखरामा कार्यरत केसीलाई प्रहरीले ५ फागुनमा पक्राउ गरेको हो । उनलाई स्वयम्भू प्रहरी वृत्तको थुनामा राखिएको छ। डीएसपी केसीमाथि स्वयभूस्थित न्यु इभन पोइन्ट रेष्टुरेन्ट खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। युवतीले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धि ऐनअनुसार अनुसन्धान गरेको थियो। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन। र, यो पनि :अश्लील भिडिओ खिच्ने सशस्त्रका डीएसपी प्रहरी खोरमा

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको छ। स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख (डीआइजी) रबिन्द्र केसीले आरआइटी खारेज गरेका हुन्। आरआइटी संरचना विवादमा तानिएकाले खारेज गरिएको बताइएको छ। हाल एक सईसहित ४ जनाको नेतृत्वमा आरआइटी टोली थियो। यस अगाडी पनि डीआईजी केसीले उक्त टोलीभित्र हेरफेर गरेका थिए। उनले आरआइटी टिमका केही सदस्यलाई रमाना गरेका थिए भने एक जनाको जिम्मेवारी खोसेका थिए। त्यसबेला आरआइटीको इन्चार्जसमेत रहेका वरिष्ठ सई डेनी स्वारलाई जिम्मेवारीबाट हटाएर प्रदेश प्रहरीमै ड्रेसको ड्युटी लगाइएको थियो भने सईद्वय अनिल विष्ट र दिपेन्द्र किमाडीसहित एक हवल्दार शङ्कर कार्कीलाई दरबन्दी भएकै ठाँउ रमाना गरिएको थियो। त्यसबेला डीआइजी केसीले…

Read More

काठमाडौं : आईसीसी लिग-२ अन्तर्गत नेदरल्यान्डसँगको जारी खेलमा नेपाल ४९.३ ओभरमा १७२ रन बनाउँदै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले जितका लागि नेदरल्यान्ड्सलाई १७३ रनको विजयी लक्ष्य दिएको हो । १७१ रन बनाउँदा नवौँ विकेट गुमाएको नेपालले १७२ रन बनाउँदा दशौँ विकेट गुमाएको हो। दशौँ विकेटका रूपमा करण केसी आउट भएपछि नेपाल अलआउट भएको हो। यसअघि नवौँ विकेटका रूपमा आरिफ शेख आउट भएका थिए। ५० बलको सामना गरेका शेखले २२ रन बनाए। उनको विकेट बिबिएन किङ्ग्माले लिएका हुन्। नेदरल्यान्डसविरुद्ध १३५ रन बनाउँदा नेपालले आठौँ विकेट गुमाएको थियो। आठौँ विकेटका रूपमा गुल्सन झा आउट भएका थिए। उनले…

Read More