Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीको धनगढीबाट लागुऔषधसहित गोदावरीका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ अमौरा त्रिनगरबाट २ ग्राम ५०० खैरो हेरोइनसहित कैलालीको गोदावरी नगरपालिका २ बस्ने २३ वर्षीय नरेश बोहरालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

धनगढी : आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिलो ओभरमै विकेट झार्न सफल भएको छ।  तीव्र गतिका बलर सोमपाल कामीले नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटलाई शून्य रनमा देव खनालको हातबाट क्याच आउट गराए।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालले तेस्रो बलमा नै विकेट लियो।

Read More

धनगढी : गत मंसिर १४ गते बिहान प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैतडीको झुलाघाटबाट ‘मध्यपहाडी लोकमार्ग विशेष अभियान’ सुरु गर्दै थियो। उक्त अभियानको उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सयभन्दा धेरै नेता-कार्यकर्ता काठमाडौँ र धनगढीबाट त्यहाँ पुगिसकेका थिए। तर, त्यहीबेला एमालेका एकजना पुरूष केन्द्रीय सदस्यले एक युवतीसँग गरेको भनिएको २ घण्टाभन्दा लामो वार्तालापको श्रव्यदृश्य पार्टीवृत्तमा भाइरल भइसकेको थियो। उक्त संवादको सामग्री पार्टी कार्यकर्ता हुँदै एमाले केन्द्रीय कार्यालयसम्म पुग्यो। ती केन्द्रीय सदस्य थिए, ऐन महर। महर १० औँ महाधिवेशनपछि २०७८ मंसिरमा मनोनित १० प्रतिशत केन्द्रीय सदस्यमध्येका एक हुन्। बझाङ घर भएका महरको उक्त अडिओलाई लिएर मेची-महाकाली अभियानमा जुटेका शीर्ष नेताहरूबीच…

Read More

धनगढी : आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। दीपेन्द्र सिंह ऐरी र देव खनाल प्लेइङ ११ मा परेका छन्। अघिल्लो खेलको टोलीमा रहेका करण केसी र पवन सरार्फ अहिले बेन्चमा छन्। सूर्य तामाङ र आरिफ शेख पनि बेन्चमा छन्।

Read More

काठमाडौं : आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दैछ। त्रिवि मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ। नेपालले सिरिजको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४१.१ओभरमा अल आउट भएर १३२ रन मात्रै बनाएको थियो। उक्त खेलमा ओपनर कुशल भूर्तेल रोयल डक भएका थिए। नेपाल अघिल्लो खेलमा भएको कमजोरी सुधार गर्दै आज उत्कृष्ठ प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ। यस्तै फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ। लिग-२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिममा दुई…

Read More

काठमाडौँ : कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस्तो छ परीक्षाको समय तालिका –

Read More

कैलाली: सुदूरपश्चिम सरकारको एक वर्ष पुरा गरेसँगै अहिले सरकारले आफ्नो कार्य प्रगति सार्वजनिक गरिरहेको छ । यस अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्य प्रगति सार्वजनिक गरेको थियो । आज उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि आफ्नो एक वर्षे उपलब्धिहरू सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले २०८० जेठ ६ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको थियो । मन्त्री धामीको सचिवालयले १९ बुँदे नीतिगत तथा संस्थागत सुधारका कार्यहरूसहित भू तथा जलाधार, उद्योग तथा वाणिज्य, पर्यटन, वन क्षेत्रमा गरिएका काम, आयोजना स्थल…

Read More

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत बेला प्रारम्भिक क्याम्पस कमिटी सचिव बनेको विष्णु चन्द अहिले एमाले कैलाली सचिवमा दाबी गरेका छन् । उनी पछि प्रारम्भिक क्याम्पस कमिटी अध्यक्ष समेत भए । क्याम्पस हुँदै अनेरास्ववियुका कैलाली जिल्ला कोषाध्यक्ष बनेका चन्दले बिहीबार एमाले कैलालीको सचिव पदमा दाबी पेश गरेका छन् । नेताहरूसँगको सल्लाहमा चन्दले सचिवमा इच्छा व्यक्त गरेको बताएका हुन् । तिन कार्यकाल पार्टी जिल्ला कमिटीमा बसेर काम गरेका उनी अब सशक्त र बलियो पार्टी बनाउन सचिवमा दाबी गरेको बताउँछन् । हिजोका दिनमा केपी ओलीकै मान्छे भनेर सुदूरपश्चिममा म र ओलीका पक्षमा लागेका हामीहरूले यहाँको नेतृत्वबाट बाइपास हुनुपरेको थियो चन्दले भने “अहिले ओलीको…

Read More

धनगढी : राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी यूएईमा जारी इन्टरनेशनल लिग टी–२० मा सहभागिता जनाएर स्वदेश आइपुगेका छन् । उनी शुक्रबार राति साढे ८ बजे नेपाल आइपुगेका हुन् । दीपेन्द्रआबद्ध गल्फ जायन्ट्स यसपटक दोस्रो क्वालिफायरबाटै बाहिरियो । गल्फको तीन खेलमा उपलब्ध भए पनि उनले कुनैमा पनि खेलमा प्लेइङ–११ मा मौका पाउन सकेनन् । दीपेन्द्रले नेपालका जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेल गुमाएका थिए । उनले शनिबार हुने नेदरल्यान्ड्सविरुद्धको खेल भने खेल्नेछन् । नेपाल र नेदरल्याण्ड्सबीचको खेल शनिबार बिहान ९ः१५ देखि सुरु हुनेछ । नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

Read More

धनगढी : सुदूरपश्चिम सरकारको एक वर्ष पुरा गरेसँगै अहिले सरकारले आफ्नो कार्य प्रगति सार्वजनिक गरिरहेको छ । मन्त्री धामीको सचिवालयले १९ बुँदे नीतिगत तथा संस्थागत सुधारका कार्यहरूसहित भू तथा जलाधार, उद्योग तथा वाणिज्य, पर्यटन, वन क्षेत्रमा गरिएका काम, आयोजना स्थल तथा धार्मिक पर्यटकीय क्षेत्रको अनुगमन भ्रमण, जनसम्पर्क तथा संघीय सरकारसँग छलफलमा रहेका सवालहरूलाई उपलब्धिको रुपमा सार्वजनिक गरेका हुन् । आज उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि आफ्नो एक वर्षे उपलब्धिहरू सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले २०८० जेठ ६ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी…

Read More