Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः बबरमहलमा प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा काठमाडौं जिल्ला परिसरका डिएसपी पवन भट्टराईसहित पाँचजना घाइते भएका छन्। साढे ११ बजे बसले बा २ झ १२६ नम्बरको डिएसपी भट्टराईले प्रयोग गर्ने प्रहरी भ्यानलाई ठक्कर दिएको थियो।अहिले दुर्घटनामा घाइते प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ। बसका चालक प्रहरी नियन्त्रणमा छन्।

Read More

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुलराम कामीको दुर्घटनामा मृत्यु भएको छ। फागुन ३ गते बस दुर्घटनामा परेर उनको मृत्यु भएको हो। उनी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। २७ वर्षीय राहुलराम कामीको वैदेशिक रोजगारीमा सपना तुहिएको छ। उनको शनिबार काठमाडौंबाट मलेसियाको टिकट काटिएर उनी त्यसकै लागि बुधबार घरबाट हिँडेका थिए। तर, काठमाडौंसम्म पनि पुग्न पाएनन्। बुधबार कपिलवस्तुको सुरही खोलामा भएको बस दुर्घटनामा उनले ज्यान गुमाए। वैदेशिक रोजगारीमा गएर परिवारको खर्च चलाउने उनको सपना थियो। उनी यसअघि पनि वैदेशिक रोजगारीकै लागि दुबईमा थिए। दुबईमा बसेर आएका उनी डेढ वर्ष जति घरमा बसेर फेरि जान लागेका थिए। उनको घरमा आमा र श्रीमतीसहित ५…

Read More

धनगढी : पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले अहिले नेताहरुमा पदको लोलुपता बढेकाले राजनीति धमिलिएको बताएका छन । बैतडी समाज कैलालीको पाँचौ साधारण सभाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री चन्दले अहिलेको राजनितिमा पद लोलुपता बढिरहेका कारण राजनिति फोहोरी खेल बनेको बताए । ‘मानिस पद र सम्पतिको पछि मात्रै दगुरिरहेको हुन्छन्, अहिले त्यो राजनितिमा बढी देखिएको छ, शरिरले साथ दिदैन तर पनि पदमा जान लालायीत हुन्छ ।सम्पत्तीको पछि दगुरिरहेको हुन्छ । बढी सम्पत्ती भयो भने पनि सुख र मनमा शान्ति हुदैन । अहिले नेताहरुमा पद र सम्पत्तीको लोभ जागेकाले राजनीति धमिलियो’ उनले भने । पूर्व प्रधानमन्त्री चन्दले बैतडी समाजबाट भइरहेका सामाजिक कामको प्रशंसा…

Read More

धनगढी : पृथ्वी राजमार्ग अन्तरगत धादिङको मलेखु बेनीघाट सडक खण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ। शनिबार बिहान भएको सवारी दुर्घटनामा परी ३० यात्रु घाईते भएका छन्। काठमाण्डौंबाट मुग्लीनतर्फ जाँदै गरेको बा ५ ख ५०७१ नम्वरको बस र विपरित दिशाबाट आउँदै लु १ क नम्वरको ट्रकसँग एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनामा परी घाईते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनामा गम्भिर घाईते भएका ६ जनालाई थप उपचारका लागि काठमाण्डौ तर्फ पठाइएको धादिङ प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले राम्रो बलिङ प्रदर्शन गरेको छ । नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ४९ बलमा १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । नोआ क्रोएसले १२ रन बनाउँदा कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे । म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन हिर्काए । नेपालका लागि कुशल…

Read More

कैलाली : कैलालीको टीकापुर नगरपालिकाबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ झुंगाका ३२ वर्षीय राजकुमार चौधरी र सोहि पालिकाको–१ नम्बर वडा दुर्गानगरका २० वर्षीय सागर चौधरी रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट सादापोशाकमा गएको प्रहरी टोलीले शुद्ध तौल १ ग्राम ५९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको हो । सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल शान्ति सुरक्षा कायम राखेको भन्दै पुरस्कृत गरिएको बताइएको छ ।

Read More

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। बेलडाँडी गाउँपालिका-३ खैरीघाट बस्ने २४ वर्षीय जीवन चन्द बाघको आक्रमणबाट सामान्य घाइते भएको कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेशकुमार यादवले बताए। उनका अनुसार हिजो राति बेलौरी नगरपालिका-८ खपटी खोलाको हुलाकी राजमार्ग कच्ची सडक खण्डमा पूर्वतर्फबाट आएको बाघले मोटरसाइकलमा गइरहेका उनीमाथि आक्रमण गरेको हो। सो क्षेत्रमा राति आवतजावत गर्दा सतर्कता अपनाउनु हुन उनले अनुरोध गरिएको छ।

Read More

कैलाली : कैलालीको धनगढीबाट लागुऔषधसहित गोदावरीका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ अमौरा त्रिनगरबाट २ ग्राम ५०० खैरो हेरोइनसहित कैलालीको गोदावरी नगरपालिका २ बस्ने २३ वर्षीय नरेश बोहरालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

धनगढी : आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिलो ओभरमै विकेट झार्न सफल भएको छ।  तीव्र गतिका बलर सोमपाल कामीले नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटलाई शून्य रनमा देव खनालको हातबाट क्याच आउट गराए।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालले तेस्रो बलमा नै विकेट लियो।

Read More