Author: महेन्द्रनगर पोष्ट

धनगढी: टाउको दुःख्ने समस्याका कारण सेती प्रादेशिक अस्पताल भर्ना भएकी एक विवाहित युवतीको मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका–६ घर भएर धनगढीमा नास्ता पसल सञ्चालन गर्दै आएकी २६ वर्षीया ईश्वरी भण्डारी पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बिहीबार बिहान ५ बजे टाउको दुःख्ने समस्या लिएर प्रादेशिक अस्पताल भर्ना भएकी भण्डारीलाई ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताए। उनकाअनुसार बुधबार पनि अस्पताल पुगेकी भण्डारीलाई चिकित्सकले औषधी दिएपछि घर फर्किएकी थिइन्। तर बिहीबार बिहान पुनः अत्यधिक टाउको दुखेपछि श्रीमानले अस्पताल पुगाएका थिए। चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए। यस्तै बैतडीमा…

Read More

काठमाडौं: अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ। बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन्। भर्जिनियाको स्थानीय अनलाइन पोर्टल इन्साइड नोभा डटकमले लेखेअनुसार प्रहरीले २८ वर्षीया नर्स ममता काफ्लेको हत्या भएको आशंका गरेको छ र शव लुकाएको आशंकामा उनका श्रीमान् नरेशलाई पक्राउ गरेको हो। नरेशले पहिले स्थानीय सञ्चारमाध्यमहरुसँग श्रीमतीसँग आफ्नो कुनै झगडा पनि नभएको भन्दै जहाँ भएपनि आउन अनुरोध गरेका थिए। यद्यपि, उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन्। मोबाइलबाटै सम्बोधन गरेका थिए र आफूले एक वर्षको बच्चाको ख्याल गर्नुपर्ने…

Read More

काठमाडौं: पछिल्लो समय बाँकेमा प्रहरी पङ्गु हुँदा शान्ति सुरक्षा खलबलिएको छ। केही समययता जिल्लामा सुरक्षा चुनौती बढ्दै गएको हो। यहीँ भदौ १ गते बेलुकामात्रै जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं ५ विनौनामा एक घटना घट्यो। सो घटनामा गुण्डागर्दी छविकै बैजनाथ गाउँपालिकाका २८ वर्षीय सुलभ मल्ल र २८ वर्षीय सन्दीप विष्ट (स्याण्डी) घाइते भए। सन्दीप उनै व्यक्ति हुन्, जसले ज्यान मार्ने उद्योगदेखि गुण्डागर्दीसम्मका अनेकन मुद्दा खेपिरहेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्म भण्डारीका अनुसार सन्दीपविरुद्ध प्रहरी र अदालतमा विभिन्न मुद्दाहरु छन्। स्रोतका अनुसार तत्कालीन युवा संघका नेता तथा जसपा हुँदै अहिले तरुण दलमा पुगेका सन्दीपविरुद्ध ५ वटा मुद्दा छन्।…

Read More

काठमाडौंः प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण अवकाश दिने व्यवस्था तत्काललाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी तोक्न र अग्राधिकार दिन पनि भनेको छ। भदौ १६ गते अवकाश पाउन लागेका ९० मध्ये २१ जनाले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। ३० वर्षे सेवा अवधिका…

Read More

काठमाडौं: मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ। बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको हो । बाघले आक्रमण गरी गोठमा रहेको भैँसीलाई पनि घाइते बनाएको छ। घटनाको प्रकृति हेर्दा बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यसलाई एउटा अनौठो घटना मानिएको छ। गोठमै भैँसीलाई आक्रमण गर्न आएको बाघ भैँसीको प्रतिकारमा मरेको छ भने बाघको आक्रमणमा परेको घाइते भैंसी अझै जीवित छ। पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समिति मनहरीका सचिव कमल राईका अनुसार स्थानीय बलबहादुर राईको गोठमा छिरेको बाघले भैंसीको गर्दनमा आक्रमण गरेको देखिन्छ।…

Read More

धनगढी: अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। नामरथर नखुलेको अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अछामको तुर्माखाँद गाउँपालिका–४ जंगलघाट स्थित अछाम र सुर्खेत जोड्ने कर्णाली नदिको झोलुङ्गेपुलदेखि अन्दाजी ५० मिटर तल कर्णाली नदिको किनारमा शव फेला परेको प्रहरीले जनाएको हो। सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको अछाम प्रहरीले जनाएको छ। यस्तै आजै बैतडीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–२ मगराउँकी ३५ वर्षीया भावना बोहरा घाइते भएकी हुन्। उनलाई मकैबारीमा घाँस काट्नेक्रमा सर्पले डसेको थियो। बोहराको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआईजी रविन्द्र केसीले सीमानाकामा कडाई गराएका छन्। केसीले लगातार सीमाको निगरानीमा केन्द्रित गतिविधि बढाईरहेका छन्। यस्तै उनले मातहत प्रहरी कार्यालय र कर्मचारीलाई पनि कडाईका लागि निर्देशन दिएका छन्। हिजोमात्रै केसीले कञ्चनपुर जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयहरूको आकस्मिक अनुगमन गरेका थिए। केसीले बुधबार इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, बेलौरी तथा अस्थायी ट्राफिक प्रहरी पोष्टहरूमा पुगेर अनुगमन गरेका हुन्। अनुगमनका क्रममा केसीले प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन दिए। साथै उनले विपद् व्यवस्थापन तथा उद्धारका लागि सदैव तत्पर रहन र भन्सार छली तथा लागू औषध नियन्त्रणमा कडाई गर्न निर्देशन दिए। उनले तस्करहरूसँगको मिलेमतो रोक्न, सवारी दुर्घटना न्यूनीकरणका लागि…

Read More

काठमाडौं: तीन देशले इन्टरपोलको कार्यकारी कमिटी निर्वाचनका लागि नेपालको सहयोग मागेका छन्। उनीहरूले नेपाल प्रहरीसँग सहयोग मागेका हुन्। तीनमध्ये दुर्ई देश चीन र भारत हुन् भने अर्कोमा कतार रहेको छ। अन्य मुलुकका प्रहरीले पनि उम्मेदवारी दिने सम्भावना छ। आउँदो नोभेम्बरमा बेलायतको ग्लास्गोमा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठनको सम्मेलनले १३ सदस्यीय कार्यकारी कमिटी गोप्य मतदानका आधारमा चयन गर्नेछ। कमिटीमा एशियाबाट ३ देश, युरोपका ४, अमेरिका ३ र अफ्रिका महादेशबाट ३ जना निर्वाचित हुनेछन्। उक्त कमिटीको कार्यकाल चार वर्षको हुनेछ। इन्टरपोलको हेडअफिस फ्रान्सको लियोनमा छ भने यसको सदस्यता १९६ मुलुकले लिएका छन्। नेपाल सरकारले भने संयुक्त राष्ट्रसंघमार्फत इन्टरपोलका निम्ति वार्षिक ०.०३ खर्च उपलब्ध…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिलाई बयान दिने भएका छन्। बुधबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले आफुलाई भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको जानकारी गराएका हुन्। यसअघि पनि पटकपटक बयानका लागि बोलाइए पनि उनी गएका थिएनन्। समितिले छानबिनको क्रममा यसअघि रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिइसकेको छ। छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने समितिको तयारी छ।

Read More

काठमाडौँ : भदौ लागिसक्दा समेत देशका २८ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। भदौको पहिलो हप्तासम्म पनि बजेट ल्याउन नसक्ने स्थानीय तहमध्ये २० गाउँपालिका र ८ नगरपालिका छन्। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम स्थानीय सरकारहरूले हरेक वर्षको असार १० गतेसम्म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर/गाउँसभामा पेस गरिसक्नुपर्ने व्यवस्था छ। पालिकाहरूले असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्छ। तर, २८ स्थानीय तहले भने अझै बजेट ल्याउन नसकेका हुन्। बजेट ल्याउन नसक्ने २० गाउँपालिकामध्ये सबैभन्दा बढी (१४ वटा) मधेस प्रदेशका छन्। यस्तै बजेट पास गर्न नसकेका ८ नगरपालिकामध्ये पनि सबैभन्दा…

Read More