Author: महेन्द्रनगर पोष्ट

धनगढी : बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको घटनाले आज दिनभर सामाजिक सञ्जालमा चर्चा पायो । शुक्रबार कार्यालय समयमा पालिकाभित्रै भएको हात हालाहालको घटना शनिबार मात्रै बाहिर आएको थियो । कार्यालय समयमा सेवाग्राहीको काम गर्न छोडेर जगल्टा लुछाचुडीमा लागेकी दुई महिला कर्मचारीको घट्नाको वास्तविकता यस्तो छ । रन्जीता शाही र कविता सूर्यबंशी मेड्पा परियोजनामा कार्यरत कर्मचारी हुन । उनिहरु दुबैजना एउटै परियोजना र एउटै शाखामा कार्यरत कर्मचारी हुन्, भने रन्जीता परियोजना प्रमुख हुन । शुक्रबार कार्यसम्पादन मूल्याकन र दैनिक कार्ययोजना बारे छलफल भइरहँदा कस्ले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा आपसमा कुरा नमिलेपछि विवाद बढेको थियो । विवादले…

Read More

धनगढी : कञ्चनपुरमा जुवा खेल्ने ९ जना पक्राउ परेका छन् । प्रहरी भीमदत्त नगरपालिका ४ बसपार्कस्थित ग्रीन भोजनालयबाट जुवा खेल्ने ९ जनालाई पक्राउ गरेको हो । शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चपुरबाट खटीएको टोलिले होटल सञ्चालक डबल जोशीसहित ९ जनालाई तास खेलीरहेको अबस्थामा पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा दिपक कुमार खड्का, रनबहादुर दौल्याल, पुस्कर कुवँर, पदम बोहरा, खडक रावल, डम्मर कुवँर, पदम महरा र शंकर दौल्याल रहेका छन् । उनिहरुको साथबाट तीन गड्डी तास र नगद रु ३३ हजार ८८८ रुपैयाँ बरामद गरेको छ । साथै उनिहरु माथि थप कारबाहीको पक्रिया अगाडी बढाएको छ ।

Read More

महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको झण्डै २ साता बित्दा पनि अझै कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको ६ गते (आइतबार)बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको कार्यकाल फागुन १८ गते सकिइसकेको छ। जोशीको कार्यकाल सकिएको अवस्थामा नियुक्ति प्रक्रिया नै रोकिएकाले भिसी पद रिक्त भएको हो। त्यसो त नियुक्त गर्न अझै समय लाग्ने देखिएको छ। समितिले गत माघ २६ गते सार्वजनिक सूचना जारी गर्दै १० दिनको समय दिएर उपकुलपति नियुक्तिका…

Read More

काठमाडौं : अमेरिकाको भर्जिनिया जिल्लामा हुने सांसदको चुनावमा नेपाली मूलका एड्रियन पोखरेलले उम्मेदारी दिएका छन् । पोखरेलले चुनाव अभियानको लागि कार्यालयको उद्घाटनको तयारी गरेका छन् । उनले सबै समुदाय सदस्यहरुलाई उक्त कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन् आह्वान समेत गरेका छन् । आगामी आइतबार मार्च ३ का दिन बिहान ११ बजे (अमेरिकी पूर्वीय समय)मा हुने भएकोले उपस्थितिको लागि सबैलाई अनुरोध गरिएको छ । उनले ११ बजे रातो फित्ता (रिबन)काट्ने ,कार्यक्रमको रुपरेखा तथा केही सम्बोधन समेत हुने जनाएका छन् । कार्यक्रम १:३० बजे सम्म हुने छ भने कार्यक्रममा प्रश्न उत्तर सहित निर्वाचन प्रचार प्रसार अभियानको बारेमा संक्षिप्त जानकारी दिइने छ । त्यसको…

Read More

काठमाडौं : नेपालले अर्को साता हङकङमा गएर फ्रेन्डसीप कप र टी-२० आई त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । नेपाल र हङकङबीच फागुन २६ (९ मार्च)मा फ्रेन्डसीप कपको खेल हुनेछ । दुई देशबीचको सम्बन्धको कारण उक्त टी-२० आई खेल हुने हङकङ क्रिकेट बोर्डले जनाएको छ । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । यसअघि नेपाल, ओमान, युएई र हङकङबीच चार देश सम्मिलित टी-२० आई सिरिज हुने भनेपनि नहुने भएको छ । त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ । फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोहि…

Read More

धनगढी : नेकपा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानालाई पार्टीमा सबैलाई एकताबद्ध बनाएर लैजान सुझाव दिएका छन् । एमाले अध्यक्ष ओलीको निवास बालकोटमा उनले ढुङ्गानालाई पार्टी एकढिक्का बनाएर लैजान सबैलाई समेट्नु पर्ने बताएका हुन् । नवौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित ढुङ्गानालाई बधाई दिँदै अध्यक्ष ओलीले चुनावको तिक्तता मेट्न र सबैलाई समेट्न आग्रह गरेका थिए । उनले कैलालीमा यति गर्दा आगामी निर्वाचनमा एमालेको जितलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरे । ‘मिसन ८४ सफल बनाउनु छ कैलालीमा सबैलाई समेटेर लैजानुहोला’ ओलीको भनाइ थियो ‘एमाले सबै मिलेर बलियो बनाउनु पर्छ ।तपाइ सबैलाई मिलाएर अगाडी बढ्नु होला ।…

Read More

धनगढी: कञ्चनपुर, महेन्द्रनगर घर भएका नेपाल नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख कारबाहीमा परेका छन्। राष्ट्र बैंक धनगढीका हाकिम विनोद लेखक कारबाहीमा परेका हुन्। चार्टर्ड एकाउन्टेन्ट (सिए) पृष्ठभूमिका लेखकले आफूलाई नेपाली काँग्रेसका नेता रमेश लेखको भाइ भएको र उनको आफूलाई आशीर्वाद रहेको दाबी गर्दछन्। तीनै लेखकले राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा उपद्रो मच्चाएपछि कारबाही स्वरुप उनलाई केन्द्रीय कार्यालय तानिएको पाइएको छ। लेखकलाई तानेपछि अहिले शान्ति पाण्डेलाई निमित्तको जिम्मेवारी प्रदान गरिएको छ भने लेखकलाई राष्ट्र बैंक केन्द्रीय कार्यालयको मानव संसाधन विभागमा ल्याएर अतिरिक्त समूह अन्तर्गत जिम्मेवारीविहीन अवस्थामा राखिएको छ।करिब तीन साता अघि नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयको ढुकुटीमा लगाइएको…

Read More

धनगढी: कैलालीको धनगढीमा अवैध काठसहित मिनी ट्रक फेला परेको छ। धनगढी उपमहानगरपालिका-११ बेला भन्ने ठाउँमा १०७ वटा सालको कडीसहित से१ ख १६२० नम्बरको मिनीट्रक पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। उनका अनुसार अहिले उक्त ट्रकबारे अनुसन्धान जारी छ। यस्तै स्रोतका अनुसार सो गाडी डोटीको बडिकेदार गाउँपालिका २ स्थित संगालो कृषि सहकारीको भएको बताइएको छ। उक्त गाडी प्रधानमन्त्री स्वरोजगार एवं कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत अनुदानमा आएको थियो। सो गाडी डोटीका पदमसिंह बोहराले पनि चलाउने गर्दथे। त्यसपछि बिनोद मौनी र चन्द्र बोहराले सो गाडी चलाउथे। सो गाडी डोटीबाट काठ तस्करी गर्दै धनगढी पुगेको खुलेको छ।

Read More

धनगढी: अछामको वैद्यनाथ धाममा आगलागी भएको छ। आज (शनिबार) वैद्यनाथ धाममा जारी कोटीहोम महाय‍ज्ञको हवनकुण्डमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले कुण्डमा जलाइएको आगोको झिल्कोले सल्किएर कुण्डमा आगलागी भई जलेर खरानी भएको महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार अन्य क्षती भएको छैन। अछाममा फागुन १० गतेबाट सुरु भएको कोटीहोम महायज्ञ अहिले पनि जारी छ। १ सय ४४ बर्षपछि सो कोटीहोम महायज्ञ लागेको हो। फागुन १० गतेदेखि सुरु भएको कोटीहोम फागुन २५ गतेसम्म संचालन हुने छ। सो कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए।

Read More

धनगढी: बाजुरामा पालिकाभित्रै कर्मचारीको लफडा भएको छ। हिजो (शुक्रवार) जिल्लाको बडिमालिका नगरपालिकामा लफडा भएको हो। स्रोतका अनुसार मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिता कुमारी सुर्यबंसीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो। कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा लफडा भएको बुझिएको छ। कुटाकुटपछि दुबैलाई चोट लागेको छ। सुर्यबंसी भने अस्पतालमा उपचाररत छन्। यस विषयमा नगरपालिकाले भने छानबिन गर्ने जनाएको छ।

Read More