Author: महेन्द्रनगर पोष्ट

काठमाडौं :  त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियालाई हराउन नेपालले २०७ रन बनाउनु पर्ने भएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको हो।

Read More

काठमाडौं : नामिबियाका निकोल लोफ्टी-इटनले टी-२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन्। कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए। निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन्।

Read More

बाजुरा : बाजुरामा खाद्यान्नको थप आपूर्ति बढाइने र वितरणलाई समेत व्यवस्थित बनाइने भएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो। बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ। चामलका लागि लाइनमा लाग्नुपर्ने, मागअनुसार ढुवानी नहुने समस्या देखिएकाले तत्काल ढुवानी गराउने गरी पहल गरिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। ठेकेदारले समयमै चामल ढुवानी नगर्दा स्थानीयले बजारको चामल महँगोमा किन्नुपर्ने बाध्यता हुने गरेको आरोप लाग्ने गरेको उनको भनाइ छ। संस्थानले केही रुपैयाँ सहुलियत…

Read More

काठमाडौं : सेन्चुरी कमर्सियल बैंकका तत्कालीन कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार न्यौपाने पक्राउ परेका छन्। बैंकको सिइओ हुँदा कर्जा प्रवाहमा अनियमितता गरेको आशंका गरिएका उनीसहित १२ जनालाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा न्यौपानेसहित सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी,तुलसीराम गौतमलगायत छन्। उनीहरुले कमिसन लिई देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र उनका विभिन्न कम्पनीहरुलाई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई दुई अर्ब हानी नोक्सानी पुर्याएको आरोप छ। मनोज नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन्। सेन्चुरी बैंक हाल प्रभु बैंकमा गाभिएको छ।

Read More

धनगढी : कञ्चनपुरमा नहरमा युवककाे शव भेटिएको छ। मृत भेटिनेमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट रहेको छन्। बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा आज (मंगलबार) बिहान भेटिएको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट हराइरहेका थिए। उनले बोक्ने मोबाइल ‘स्विच अफ’ थियो। उनी फेला नपरेपछि परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिएको थियो। उनको हुलिया सार्वजनिक गरेर भारततर्फ गएको आशंकामा गड्डाचौकी नाकाको सीसीटीभी हेरिएको थियो। उनी फेला परेका थिएनन्। तर, आज महाकाली सिँचाइको मूल नहरमा बोराभित्र उनको शव भेटिएको डीएसपी डाँगीले जानकारी दिए। पीडित परिवारका अनुसार चन्द्र एक साताअघि भारतबाट…

Read More

धनगढी : कञ्चनपुरको एपीएफ स्कुल झलारीमा प्रिन्सिपलको लागि दरखास्त आह्वान गरिएको छ। नेपाल एपीएफ स्कुलले एक सूचना सार्वजनिक गर्दै पूर्ण आवासीय नेपाल एपिएफ स्कुल झलारी कञ्चनपुरमा प्रिन्सिपल आवश्यक रहेको भन्दै दरखास्त आह्वान गरेको हो। झलारी बाहेका अन्य एपीएफ स्कुलमा समेत कर्मचारी आवश्यक रहेको सूचनामा उल्लेख्य गरिएको छ। यसअघि आगामी बैशाखदेखि पढाइ सुरु हुने गरि एपिएफ स्कुल झलारी कञ्चनपुरमा भर्ना खुलेको थियो। २०८१ साल बैशाख महिनादेखि सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रद्वारा संचालित पूर्ण आवासीय नेपाल एपिएफ स्कुल झलारी कञ्चनपुरमा कक्षा ४ र ५ मा नयाँ भर्ना खुलेको स्कुल प्रशासनले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी,…

Read More

बारा : बाराको निजगढ नगरपालिका- ७ रोहित वर्कसपमा बम जस्तो देखिने शंकास्पद वस्तु पड्किदा घाईते मध्येका थप दुईसहित तीन जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ।  घाइतेमध्ये मृत्यु हुनेमा भारत गवाही बस्ने ३५ वर्षीय राकेश जयसवाल र विरगंज महानगर पालिका वडा –९ वस्ने ३४ का बस्ने बर्ष २० को रितु रजत रहेका छन। उनीहरुको बयोधा अस्पताल बिरगन्जमा मृत्यु भएको हो। यस अघि सो घटनामा बर्कशप सञ्चालक निजगढ नगरपालिका ९ का रेशम जर्घा मगरको घटनास्थलमानै मृत्यु भएको थियो। सख्त घाइतेहरुमा विरगंज महानगरपालिका वडा–९ वस्ने ३४ काफिरोद देवान र भारत रामगढवा बस्ने बर्ष २० को अरीवन साह रहेका छन्।…

Read More

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको १३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको १३९५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिसाब गर्नेलाई जरिवाना गरिएको छ। अस्ति निकुञ्जभित्र पिसाब गरेको भन्दै साउद थरका एकसहित २ जनालाई जरिवाना गरिएको हो। निकुञ्ज कार्यालयले उनीहरुबाट ५ सयका दरले एक हजार जरिवाना असुल गरेको थियो। निकुञ्जभित्र जथाभावी शौच गर्न मनाही छ।

Read More

काठमाडौं: सोमबारको घटना हो, काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक चलिरहेको थियो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत आगामी वर्षको बजेटबारे बोलिरहेका थिए। उनले बजेट कस्तो हुने भनेर बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिरहेका थिए। त्यही बेला लघुवित्त वित्तीय संस्थाका पीडितहरु झण्डै ५० जनाको सँख्यामा नाराबाजीसहित संसद भवन पसे। उनीहरु गेटमै रोकिएनन्, भित्रै परिसरमा प्रवेश गरेर नाराबाजी थाले। सुरक्षाकर्मीहरुलाई पन्छाउँदै संसद बैठक स्थलतर्फ अगाडि बढेका उनीहरुलाई मर्यादापालक आएर रोके। लघुवित्तका ऋणीहरुले भुईंमै सुतेर नाराबाजी गरे, सांसदतिर चोर औंला उठाए। प्रहरीको थप फोर्स आएपछि ४८ जना महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेर तुरुन्तै सिहंदरबार वृत्तमा…

Read More