Author: महेन्द्रनगर पोष्ट

काठमाडौं । नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी२० र एक दिवसीय सिरिज हुनेछ । आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ । बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी-२० विश्वकप अघि युवा खेलाडीलाई ए टोलीमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ । सिनियर…

Read More

धनगढी: नेपाल प्रहरीका ८ जना (प्रहरी नायव उपरीक्षक) डीएसपीलाई (प्रहरी उपरीक्षक) एसपीमा बढुवा गरिएको छ। बुधबार प्रहरीको बढुवा समितिले ८ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राइले जानकारी दिए। उनका अनुसार बढुवा हुने डीएसपीहरुमा ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरे रहेका छन्। जसमध्ये अंगुर जिसी चर्चित अफिसर मानिन्छन्। देशकै बहुचर्चित बलात्कारपछि हत्या भएको निर्मला पन्त प्रकरणमा पनि उनले अनुसन्धान गरेका थिए। अनुसन्धानमात्र होइन, बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि उनी निलम्बित पनि भए। तर पछि उनले सफाई पाएर उनको निलम्बन…

Read More

धनगढी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुर्व्यसनविरुद्ध आमाहरु कार्यक्रम शुरु गरेको छ। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ र बेलबारी नगरपालिकाकी उप–प्रमुख नितु थापा कोइरालाले बुधवार दुर्व्यसनविरुद्ध आमाहरु कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्। डीआईजी खापुङले शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरेर “दुर्व्यसनविरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको बताए। बालबालिकाहरुसँग आमाहरुले बढी समय दिनुका साथै उनीहरुको बानी व्यवहारसमेत जानकारी राख्ने भएको हुँदा आफ्नो छोराछोरी लागुऔषधको कुलतमा फसे नफसेको तथा बानी व्यहोरामा आएको परिवर्तन आमाहरुले सहजै महसुस गर्ने भएकोले आमाहरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको उनको भनाई थियो। लागुऔषध दुर्व्यसनीबाट हुने अपराध न्यूनीकरणमा…

Read More

काठमाडौँ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले गरिरहेका विकास निर्माणका काम चित्तबुझ्दो नभए एक्शनमा जाने बताएका छन्। बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले सेनाले काम गरिरहेका केही आयोजनाहरुको आफूले निरीक्षण गरेको र अब काम ढिला नगर्न विभिन्न उपायहरु दिएको भन्दै अब पनि काम तरिकाअनुसार हुन नसके आफू एक्शनमा जाने बताए। उनले सेनालाई स्थानीय निकायको गिटी बालुवा बेचबिखनका केही समस्या रहेकाले पनि काममा ढिलाइ भइरहेको जानकारी आफूले पाएको बताए। उनले काम गर्दै जाँदा गाउँ नै बग्ने समस्याहरु आएका कारण पनि काममा केही ढिलाइ हुन गएको बताए। उनले त्यही खर्चमा स्लोपिङको बाटोको ठाउँमा सुरुङ मार्ग बनाउनुपर्ने…

Read More

काठमाडौं : आइपिएल क्रिकेट इतिहासमा सनराइजर्स हैदरावादले कीर्तिमानी योगफल तयार गरेको छ। आइपिएल २०२४ अन्तर्गत बुधबार मुम्बई इन्डियन्सविरुद्ध हैदरावादले ३ विकेटको क्षतिमा २७७ रन जोडेको हो। यो स्कोर आइपिएल इतिहासकै सर्वाधिक स्कोर हो। यसअघि सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरले पुने वारियर्सविरुद्ध ५ विकेटको क्षतिमा जोडेको २६३ रन आइपिएलको सर्वाधिक स्कोर थियो। बुधबार कीर्तिमानी स्कोर बनाउने क्रममा हैदरावादका त्रविस हेडले २४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६२ रन, अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ६३ रन, एडिन मक्रमले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट ४२ रन र हेनरिक…

Read More

धनगढी : धनगढीमा पछिल्लो समय खेलकुदका साना ठुला प्रतियोगिताहरु लगातार भईरहेका छन् । केही दिन अगाडी कांग्रेसनिकट नेपाल विद्यार्थी संघले धनगढीमा जय नेपाल कप सम्पन्न गरेसंगै माओवादी निकट विद्यार्थी संघठन अनेरास्ववियु (क्रान्तिकारी)ले लालसलाम कप आयोजना गर्न लागेको छ । धनगढीमा लालसलाम कप–२०८१ क्याम्पस स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । क्रान्तिकारी कैलाली जिल्ला समितिको आयोजनामा उक्त भलिवल प्रतियोगिता हुन लागेको हो । आयोजकले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आगामी बैशाख १५ गतेदेखि प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगितामा प्रदेशभरीका ३० टिमको सहभागिता रहने क्रान्तिकारी कैलालीका अध्यक्ष शिवराज सञ्ज्यालले जानकारी दिए । प्रतियोगितामा प्रथम टिमलाई नगद १ लाख २५…

Read More

धनगढी: नेकपा एमालेका केन्द्रिय सदस्य एवं युवा नेता ऐन महरसँग नाम जोडिएर चर्चामा आएकी रश्मिला कुमारी धामी प्रहरीको फरार सूचीमा रहेको पाइएको छ। प्रहरी स्रोतका अनुसार विद्युतीय कारोबार कसुर अन्तरगत रश्मिला प्रहरीको फरार सूचीमा छिन्। नेपाल प्रहरीको साइबर व्युरोमा राजमती बम (रक्षा) ले उजुरी दिएकोमा उनलाई प्रहरीले फरार सूचीमा राखेको छ। उता, जाहेरीवाली बम पनि हिजोमात्रै पक्राउ परेकी छ्न्। उनीविरुद्ध रश्मिलाले आपराधिक लाभसहित चोरी मुद्दामा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरी वृत्त महाराजगञ्जमा रश्मिलाले चोरी तथा आपराधिक लाभ सम्बन्धी मुद्दा दायर गर्दै बमले आफ्नो मोबाइल (आइफोन) चोरेर गोप्य कागजात लिई ५ लाख माग गरेको आरोप लगाएकी थिइन्। त्यसपछि…

Read More

धनगढी : अछामको परिक्षाकेन्द्रबाट परिक्षा सञ्चालन गरिएका स्नातक प्रथम बर्षको एक बिषयको उत्तरपुस्तिका हराएको छ । त्रिभुवन विश्वविद्यालयमा अछामबाट गएको स्नातक प्रथम बर्षको फाउन्डेसन अफ एजुकेसन ४१२ बिषयको उत्तरपुस्तिका हराएको हो । अछाम बहुमुखी क्याम्पसबाट गएको उक्त विषयको उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको हो । चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा क्याम्पसहरूले पुनः परीक्षा गर्न लागेका हुन् । चैत २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुन लागेको हो । अछाम बहुमुखी क्याम्पस…

Read More

धनगढी : तेश्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट सेलिबे्रटी मिट– २०२४ कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा हुने भएको छ । त्यसका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार खेलकुद विकास बोर्ड कार्यक्रमको आयोजक रहने छ भने ओलम्पियन्स संघले कार्यक्रमको संयोजन गर्ने छ । कार्यक्रम २०८१ को बैशाख २० गते हुने छ । कार्यक्रमको पहिलो संस्करण काठमाडौं तथा दोश्रो गत वर्ष पोखरामा भएको थियो । ओलम्पियन्स संघको नेतृत्वमा दीपक विष्ट आएपछि यो कार्यक्रमको सुरुआत गरिएको हो । देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले…

Read More

डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। बुधबार बेलुका ५ बजेरित भागेश्वर गाउँपालिका–४ लाकम नजिकै जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । डडेल्धुरा सदरमुकामबाट भागेश्वर गाउँपालिका–४ चुल्ल गइरहेको म १ च ३९० नम्बर जिप दुर्घटना दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जिप्रका डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक करवीरसिंह ऐरका अनुसार घाइते हुनेमा भागेश्वर गाउँपालिका–४ का जिप चालक २८ वर्षीय ठानेश्वर भट्ट, सोही ठाउँका जिपधनी ३५ वर्षीय देवराज भट्ट, ४३ वर्षीया शारदा केसी र ५४ वर्षीया बिस्नादेवी साउँद छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरू डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। ६ जना…

Read More