धनगढी: नेकपा एमालेका केन्द्रिय सदस्य एवं युवा नेता ऐन महरसँग नाम जोडिएर चर्चामा आएकी रश्मिला कुमारी धामी प्रहरीको फरार सूचीमा रहेको पाइएको छ।
प्रहरी स्रोतका अनुसार विद्युतीय कारोबार कसुर अन्तरगत रश्मिला प्रहरीको फरार सूचीमा छिन्।
नेपाल प्रहरीको साइबर व्युरोमा राजमती बम (रक्षा) ले उजुरी दिएकोमा उनलाई प्रहरीले फरार सूचीमा राखेको छ। उता, जाहेरीवाली बम पनि हिजोमात्रै पक्राउ परेकी छ्न्।
उनीविरुद्ध रश्मिलाले आपराधिक लाभसहित चोरी मुद्दामा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरी वृत्त महाराजगञ्जमा रश्मिलाले चोरी तथा आपराधिक लाभ सम्बन्धी मुद्दा दायर गर्दै बमले आफ्नो मोबाइल (आइफोन) चोरेर गोप्य कागजात लिई ५ लाख माग गरेको आरोप लगाएकी थिइन्।
त्यसपछि नेकपा एमाले निकट अनेरास्ववियुकी स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले पक्राउ गरेर आज अनुसन्धानका लागि म्याद थप गरेको छ।
रश्मिला उनै महिला हुन्, जो एमाले नेता महरसँग सम्बन्ध भएको बताउने गर्थिन्। केही समय अगाडि महर, रश्मिला र बमको विवाद छताछुल्ल भएको थियो। सो समयमा रश्मिला र महरको बीचमा भएको भनिएको एक अन्तरंग सम्वाद सामाजिक सञ्जालमा भाइरल नै भएको थियो। रश्मिलाले महरसँग आपत्तिजनक सम्बन्ध रहेको दाबी गर्दै आएकी छन्।
सोही सम्बन्धका कारण पार्टीमा महर कारबाहीमा पनि परेका थिए तर पछि हालसालै उनको कारबाही फुकुवा गरिएको छ।
महर, बम र रश्मिला विवादमा अनेकन डील र लेनदेनसमेत भएको बताइन्छ। एमाले कार्यकर्तासमेत रहेकी रश्मिला बझाङ, बुङ्गलकी स्थायी बासिन्दा हुन्।
उनलाई काठमाडौंमा महरले पहिले अपार्टमेण्ट लिएर राखेको समेत बुझिएको छ। महर विवाहित पुरुष हुन् भने रश्मिला पनि विवाहित महिला हुन्। महरले काठमाडौंको नेवार समुदायकी चेलीसँग विवाह गरेका थिए।
विवाहित महरले रश्मिलालाई विवाहको प्रलोभन देखाएर धोका दिएको र सो कुरा मिलाउन बम प्रयोग हुँदा सबै कुरा बिग्रेको जानकारहरुको दाबी छ।
र, यो पनि: ऐन महर भर्सेज रश्मिलाः साइबर ब्यूरो पुग्यो उजुरी
अनेरास्ववियु नेतृ बमले ब्ल्याकमेल गरि ५ लाख मागेको जाहेरी
यौन विचलनको गम्भीर आरोपपछि गुम्यो ऐन महरको केन्द्रीय सदस्य पद !
केन्द्रीय सदस्यबाट ऐन महरले दिए राजीनामा