Author: महेन्द्रनगर पोष्ट

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल हुन प्रस्ताव गरेका छन्। विश्वासको मत दिएको नाउपालाई सरकारमा सामेल हुन प्रधानमन्त्री दाहालले प्रस्ताव गरेका हुन्। शनिबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री दाहालले नाउपालाई सरकारमा सामेल भएर संघदेखि प्रदेश सरकारसम्मै सहकार्य गरेर जान आग्रह गरेका छन्। एक मन्त्रालय दिएर नाउपालाई सरकारमा सामेल गराउन प्रधानमन्त्री दाहाल तयार देखिएका छन्। प्रधानमन्त्री दाहालसँगको छलफल सकारात्मक भएको छलफलमा सहभागी नाउपाका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौराले बताए। उनका अनुसार, संसदमा उपस्थितिअनुसार नाउपाको सम्मानजनक व्यवस्थापन गरिनुपर्ने माग राखिएको छ। नाउपाले सुदूरपश्चिमको मुख्यमन्त्रीमा पनि दाबी गरिरहेको छ। सरकारमा सामेल गराउन गठबन्धनका दलहरू…

Read More

बैतडी, बैतडीमा टिप्पर दुर्घटना भएको छ । शनिबार दिउँसो करिब ३ बजेको समयमा दशरथचन्द राजमार्गमा पर्ने जिल्लाको पाटन नगरपालिका–८ अनारखोलीमा टिप्पर दुर्घटना भएको हो । पाटन नगरपालिका वडा नं १ १० र ८ को सिमाना क्षेत्रमा पर्ने विप्याकटालबाट डडेल्धुरातर्फ जादै गरेको सु.प.प्र.०१००१ क २०१३ नम्बरको टिप्पर पाटन नगरपालिका–८को अनारखोलीमा दुर्घटना भएको हो ।टिप्परमा चालक दार्चुलाको लेकम गाउँपालिका–१ शर्मालीका अमर बहादुर साउँदमात्रै सवार रहेको र उनले हाम फालेर ज्यान जोगएका हुन् । टिप्पर सडकबाट करिब १५ मिटर तल खसेको छ ।सडक पिच प्रयोग गर्ने ढुंगा र गिट्टीको बेस बोकेको टिप्परले उकालोमा ब्रेक नालगेपछि दुर्घटना भएको बुझिएको छ ।

Read More

धनगढी : धनगढी–अत्तरिया छ लेन सडकखण्डमा स्काभेटरसंग स्कुटर ठोक्किएपछि दुईजना घाइते भएको छन्। चौमालाबाट धनगढी आउदै गरेका सुपप्र ०१ ०१२ प २३३६ नम्बरको स्कुटर गेटानजिक स्काभेटरसंग ठोक्किएको हो। स्कुटरमा सवार धनगढि १६ बेहडाबाबाका मनोज बम र गौरिगङ्गा १ गोब्काका अनिश चन्द घाइते भएका छन्। स्काभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छख भने घाइतेहरुको पद्यमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ।

Read More

बाजुरा चैत ९ गते । बाजुरामा एकै पटक सात हजार बढी स्याउका बोट रोपिएको छ । बुढीनन्दा नगरपालिका–९, अँगाउपानीमा ११५ जना परिवारको सहभागितामा एकै पटक सात हजार तीन सयभन्दा बोट स्याउ रोपेर सामुदायिक बृहत् स्याउ बगैँचा स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्र बाजुराको बृहत् विशेष उत्पादन कार्यक्रम अन्तर्गत बुढीनन्दा नगरपालिकाले करिब २५ हेक्टरको एउटै क्लस्टरमा स्याउ रोपेर सामुदायिक स्याउ बगैँचा स्थापना गरेको हो । सोही स्थानमा आगामी वर्ष थप सात हजार सात सय बोट थप गरेर १५ हजार बोटको स्याउ बगैँचा स्थापना गर्ने लक्ष्य रहेको निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैसीले बताए । सोही बृहत् स्याउ बगैँचाबाट अबको पाँचरछ वर्षपछि…

Read More

कञ्चनपुरः कञ्चनपुरमा भरुवा बन्दुक फेला परेको छ। भीमदत्त नगरपालिका–१५ गोबरिया राधाकृष्ण टोल स्थित फोहोर नाला खन्ने क्रममा भरुवा बन्दुक फेला परेको हो। शुक्रवार दिउँसो माटोभित्र खिया लागेको अवस्थामा भरुवा बन्दुक थान १ फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ।

Read More

धनगढी : कैलालीमा नेपाली सेनाको गाडीले मोटरसाइकलाई ठक्कर दिएको छ। शुक्रबार गोदावरी नगरपालिका २ को राष्ट्रिय वाणिज्य बैंक नजिकै गोदावरीतर्फ जादै गरेको बा६८ प५९८४ नम्बरको मोटरसाइकलाई तेघरी ब्यारेकको गाडीले ठक्कर दिएको हो। प्रहरीकाअनुसार लेस नायक दमन बहादुर सिहले चलाएको तेघरी ब्यारेकको बा९च ५७३६ नम्बरको टाटा पिकअप जिपले ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका ९ बस्ने २० वर्षीय नविन चौधरी र पछाडि सवार जानकी गाउँपालिका ४ बस्ने २४ वर्षीय कृष्ण डगौरा घाइते भएका छन्। उनीहरूको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ । सेनाको जिप र चालक सिहलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ ।

Read More

धनगढी : बझाङको सदरमुकाम चैनपुरमा गएराति एक पसलमा आगलागी भएको छ । जयपृथ्वी नगरपालिका ११ का वडा अध्यक्ष सर्जन थापाको चैनपुरमा रहेको घरमा आलगाली भएको हो । घरको भुँईतलामा रहेको सिलाई सेन्टरमा अचानक बिद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ । आगलागि बाट पसल र घर भित्र रहेका सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरक्षक आनसिंह धामीको कमाण्डमा ६० जनाको प्रहरी टोली र जयपृथ्वी नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।

Read More

धनगढी : बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गएराति ९ बजे जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएका छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा ५२ वर्षीय गजेन्द्र बहादुर सिंह रहेका छन् । त्यस्तै घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्र बहादुर सिंह, उहाँकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह रहेका छन्। त्यस्तै सोही ठाउँका धन बहादुर सिंहकी श्रीमती ४० वर्षीया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक…

Read More

काठमाडौं : कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी शुक्रबार भक्तपुरमा दुर्घटनामा परेको छ। सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा कार दुर्घटनामा परेको हो। बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३-०१-००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिएको थियो। दुर्घटनामा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए। कारमा कमेडी च्याम्पियनका निर्देशक भण्डारीसहित पूजन अधिकारी, सुशान्त बस्याल, रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका छन्। भण्डारी र अधिकारी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अरूको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार गम्भीर…

Read More

काठमाडौं : थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ। थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल ल्याइएको हो। थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरूलाई थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली राजदूतावासको समन्वयमा उद्धार गरेको जनाएको छ।

Read More