Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यसै गरी, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी बुधबार १३६५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

भूमिराज पिठातोलीकालुखेती : तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ। बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन्। त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला। जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन्। खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ। मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ। आफैँमा पूर्ण लाग्छ। जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले ‘कान्छी गाउँ’ को उपमा दिन्छन्। कान्छी गाउँमा पाँचवटा माडौँ छन्। मष्टामाडौँ (ठूली पाँण)मष्टामाडौँ (ठूली पाँण) पिठातोलावासीका कुलदेउता हो। यो मन्दिरमा जुन समयमा पनि पूजाआजा हुने गर्छ। परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि…

Read More

काठमाडाैं : सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले विदेशी बैंकमा १ अर्ब जम्मा गरेको आशंका अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छ। अकुत सम्पत्तिमा छानबिनमा रहेका पौडेलले आईटी क्षेत्रको खरिद प्रक्रियामा व्यापक कमिसन लिने गरेको, कम मूल्यको सामानलाई अत्यधिक धेरै देखाई खरिद गरी सोवापत पनि करोडाैं रुपियाँ असुलेर एक अर्बभन्दा बढी रकम कमाएको देखिएको अख्तियार स्रोतको दाबी छ। पौडेलले अमेरिका, दुबई र सिंगापुरलगायतका विभिन्न बैंकमा १ अर्ब रुपैयाँभन्दा बढी जम्मा गरेको हुनसक्ने अनुमान गरिएको हाे। उनले सो रकमले अमेरिकाको न्युयोर्कमा रहेकी श्रीमती डा. एलिना बस्नेतको नाममा ७ करोडभन्दा बढी रकम तिरेर सुविधा सम्पन्न बंगला खरिद गरेको समेत पाइएको छ ।…

Read More

रुपन्देही : रुपन्देहीमा नेपाल प्रहरीका एकजना हवल्दार मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्ला बुटवलको जंगलमा मृत भेटिएका हुन् । पुस २९ गते बुटवल उपमहानगरपालिका-७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव सडिकसको अवस्था भेटिएको रुपन्देही प्रहरीले जनाएको छ । ठकुल्लाको मानसिक अवस्था ठिक नभएको पाइएको बताइएको छ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेका उनी जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्ने प्रहरीको अनुमान छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । ठकुल्लाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । नेपालले २७ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । नेपालका कुशल भुर्तेल, अनिल शाह र आशिफ शेख आउट भइसकेका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । नेपालका भुर्तेल शुन्य, शाह ८ आशिफ ४ रनमा आउट हुँदा रोहित पौडेल १ रनमा आउट भएका हुन् । अहिले भीम सार्की र कुशल मल्ल क्रिजमा छन् ।

Read More

कपिलवस्तु: कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो । मृतकमध्ये ७ पुरुष र ३ महिला रहेका छन्। मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् । यस्तै, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कञ्चनपुर पुनर्वासकी विमलादेवी भट्ट, भीमदत्त-२ का…

Read More

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जना मृत्यु भएकाे छ। मृतकमध्ये ६ जनाको पहिचान खुलेको  छ।  मृतकमध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको छ।  त्यस्तै भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त- ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरका सन्जु थापाको दुर्घटनास्थलमै मृत्यु भएको छ।  राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको…

Read More

डोटी : डोटीको एक घरमा आगलागी भएको छ। पूर्वीचौकी गाउँपालिका-२ कुडासैन बस्ने शरु देवी ठकुल्लाको २ तले कच्ची घरमा गोठको भान्सामा बालेको आगोबाट बुधवार आगलागी भएको हो। आगलागी हुँदा गोठमा रहेका ३ वटा गाई र १ वटा बाख्रा जलेर मरेका छन्। गोठमा रहेको पराल, काठ लगायतका सामान गरि अन्दाजी मुल्य १ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएके छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली : कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुलनजिकै गए राति करिब १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा ३० जना घाइते भएका छन्। मृतकमध्ये रौतहट औराही- ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिँगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदावादका सकिल मुसलमानको सनाखत भइसकेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। यस्तै प्रहरीले घाइते हुने ३० जनाको विवरण दिएको छ। यी हुन् घाइते: १. जि.ओखलढंगा घर भई रुध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्कीको टाउको र शरीरको…

Read More

कैलाली : कपिलवस्तुमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटना परी मृत्यु भएका १० जनामध्ये तीन जनाको सनाखत भएको छ। मृतकमध्ये रौतहट औराही- ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिँगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदावादका सकिल मुसलमानको सनाखत भइसकेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुलनजिकै गए राति करिब १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली  यातायातको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। यस्तै धेरै घाइते भएका छन्। घाइते हुनेमा चालक पूर्णचन्द्र, सहचालक अर्जुन कार्की, केशव हमाल, मनोज विक, नविन…

Read More