Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुर प्रहरीले माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चन्द्रकान्त भट्ट (सिके)लाई पक्राउ गरेपछि आइसिटी फोरम नेपाल जिल्ला समिति डडेल्धुराले खेद प्रकट गरेको छ। आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै सिकेलाई कञ्चनपुर प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै खेद प्रकट गरेको हो। विनाकारण पार्टीका नेता कार्यकर्तालाई विगत लामो समयदेखि कञ्चनपुर प्रहरीले देखाएको दमनपूर्ण व्यवहार प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको समेत डडेल्धुरा जिल्ला इन्चार्ज तथा संयोजक करन साउँद (किरण) द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। आइसिटी फोरम नेपााले कञ्चनपुर प्रहरीले गरेको खेदजनक क्रियकलापको भत्सर्ना गर्दै गिरफ्तार गरिएका भट्टको तत्काल रिहाइको माग समेत गरेको छ। भीमदत्त नगरपालिका–१७ का भट्टलाई प्रहरीले कमेन्ट् गरेको…

Read More

काठमाडौं : बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन्। गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाललाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ। अहिले सो सम्बन्धमा अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने कार्कीले बताए। गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो। गजमेर उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही…

Read More

काठमाडौं : अमेरिकी स्थायी बसोवास अनुमतिपत्र (पिआर) लिएको भन्दै समाजकल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारी विवादमा आइन्। विवादमा आएपछि उनल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यसमक्ष राजीनामा बुझाइन्। मोनिका कांग्रेस नेत्रीसमेत रहेकी आफ्नै सासू उमा रेग्मी मन्त्री हुँदा उपाध्यक्षमा नियुक्ति पाएकी थिइन्। उनको राजीनमा मन्त्रीले स्विकृत गरिसके। उनले एक महिनाको बिदा बसेर दुई वर्ष कार्यकाल बाँकी छँदै राजीनामा दिएकी हुन्। परिषद् स्रोतले दिएको जानकारीअनुसार १० नोभेम्बर २०२२ र २८ अक्टोबर २०२३ मा अमेरिका जाँदा प्रयोग भएको ट्राभल डकुमेन्टमा उल्लिखित प्रस्थान उद्देश्य (पर्पोज अफ डिपार्चर) मा ‘पर्मानेन्ट रेसिडेन्ट’ (स्थायी बसोवास) उल्लेख छ । मोनिकाको विवाहसमेत अमेरिकी नागरिकसँग भएको छ । सार्वजनिक…

Read More

काठमाडौं : नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ। गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए। दुवैजना गत १० माघमा पक्राउ परेका थिए। यसअघि दुई फरक–फरक भ्रष्टाचार मुद्दामा परेका विकल र सुनिलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको लगायतका आरोप छन्। र, यो पनि : विकल र सुनिलकै लाइनमा सहसचिव राजेश्वर ‘आइटी माफिया’ विकल र…

Read More

काठमाडौँ : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि), तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खोलेको छ। विभिन्न विषयमा गरि ८३८ जना निमावि शिक्षकको माग गरिएको आयोगले जनाएको छ। आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको जनाएको छ। आयोगका अनुसार नेपालीमा ११७, अंग्रेजीमा १७६, गणित १२८, विज्ञान १६३, सामाजिक १२२, गणित–विज्ञान ६५, संस्कृत भाषामा ५, शुक्ल यजुर्वेद १, कम्प्युटर विज्ञानमा १ जना शिक्षक माग गरिएको छ। न्यूनतम योग्यता पुगेका १८ वर्ष उमेर पूरा भइ ४० वर्ष ननाघेको इच्छुक उम्मेदवारबाट चैत १ गतेभित्र अनलाइन दरखास्त पेस…

Read More

धनगढीः कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१७ का सिके भट्टलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बुधबार अनुसन्धानका लागि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ। भट्ट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत हुन्। उनलाई कमेन्ट् गरेको र फेसबुकमा लेखेको आधारमा पक्राउ गरिएको बुझिएको छ। सोमबार प्रहरीले भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुकलाई पक्राउ गरेकोे थियो। चन्द पूर्व प्रहरी हवल्दार हुन्। उनीहरूलाई कमेन्ट् गरेको आधारमा पक्राउ गरिएको बुझिएको छ। कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो। उनीहरूले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा प्रहरीका अपराधीक…

Read More

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको दोहोरो जिम्मेवारी खोसिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीलाई शैल्यशिखर नगरपालिकाको जिम्मेवारीबाट हटाएको हो। अधिकृत धामीलाई फागुन १ को निर्णयअनुसार नगरपालिकाबाट हटाएको पत्रको चलानी नम्बर १५६३ रहेको छ। उनी नौगाड गाउँपालिका र आफ्नै बुवा मेयर रहेको शैल्यशिखर नगरपालिकाको दोहोरो जिम्मेवारीमा थिए। उनका बिरुद्धमा समाचार बाहिर आएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाललेसमेत अनुसन्धान सुरू गरेको छ। शैल्यशिखरका मेयर विजयसिंह धामीलाई समेत नियम विपरित काम कारबाहीका सम्बन्धमा अनुसन्धान भइरहेको आयोग स्रोतले बताएको छ। अधिकृत धामीले गरेका केही ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारको क्षेत्रीय कार्यायलय महेन्द्रनगर, कञ्चनपुरमा पनि…

Read More

जिन्दगीका कैयौं गोरेटोमा भन्ने सुनिन्छ, प्रेम बिनाको जीवन शुन्य छ, प्रेम बिना जीवन चल्न सक्दैन भनेर। कैयौं पटक साथीहरूको जमातमा बसेर प्रेमकै गफगाफमा लाग्दा यी कुराहरू नगर्दा हुदैन् भन्दा साथीहरूले ‘सक्छस् भने त पनि प्रेमको महासागरमा पसेर हेर्न’ भनेको कुरा अझै पनि यो मानस पटलमा जिवित छ। यसो भनिरहँदा मैले कसैको प्रेम स्वाद नचाखेको भने पटक्कै होइन्। नौ महिनासम्म मेरी आमाले गर्भमा बोकेको प्रेम पृथ्वीमा पाहुनाको रूपमा आएको मलाई यो सुन्दर संसारमा तोते बोली, चिची पापा भन्दै हुर्काएको मलाई नै सर्वस्व ठानी आफू भोकभोकै बसी मेला महोत्सवबाट ल्याएका खानेकुराको स्वाद यो जिब्रोलाई अझै स्मरण छ। स्कुल पढ्दादेखि क्याम्पसमा अध्ययन गर्दा…

Read More

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेर तोलाको १३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी मंगलबार १३९५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

बैतडी : सुन चोरी मुद्दामा फरार रहेकी बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका– ५ की २२ वर्षीया लक्ष्मी नाथ योगीलाई मंगलबार पक्राउ गरिएको हो। डिलाशैनी गाउँपालिकाण्५ कै जयानन्द नाथको घरबाट ५ तोला सुन चोरेको आरोपमा पक्राउ परेकी नाथलाई गएको मंसिर १२ गते जिल्ला अदालतले ४ महिना ८ दिन कैद सजाय र १० हजार रुपैयाँ जरीवाना तोकेको थियो। सोही दिनदेखि फरार रहेकी लक्ष्मीलाई मंगलबार उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। पक्राउ परेकी नाथलाई कारागार चलान गरिसकिएको उनले बताए। सोही मुद्दामा उनका श्रीमान समेत कारागारमै रहेका छन्।

Read More