Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाल प्रहरीबाट भर्खरै डीआईजी कुवेर कडायतले लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेका छन् । उनले प्रदेशका सबै कार्यालयमा स्वागत सम्मान खाँदै हिँडेका छन् । उनलाई त्यहाँको तस्करीको सञ्जालबारे बुझ्ने फुर्सद छैन । तर लुम्बिनी प्रदेशमा मजाले चलेको तस्करीमा सशस्त्रका डीआईजी अभी खत्रीको मस्ती चलेको छ भने अनुगमन गर्ने एआईजी चन्द्र प्रकाश गौतमको नैतिक सहमति जस्तो देखिएको छ । सशस्त्र प्रहरी एकेडेमी मातातीर्थको प्रमुखबाट ५ नं. वाहिनी जान सफल डीआईजी खत्री घर जाने बेलामा अकुत कमाउन लागेको आरोप छ । नेपाल प्रहरीमा नामुद घुस्याहा भनेर चिनिएका अवकाश प्राप्त डीआईजी छविलाल बञ्जाडेका आफन्त रहेका उनी अबको ५ महिनापछि अनिवार्य अवकाशमा जाँदै छन्…

Read More

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकामा मनोमानी ढंगले नदिजन्य सामाग्री उत्खनन गरिरहेको पाइएको छ । मंगलबार जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गएको टोलीले गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकनले तोकेको भन्दाबढी उत्खन्न गरिरहेको पाएको हो । मोहन्याल गाउँपालिका ३ स्थित फल्लेविसौनीमा रहेको भैसिमारहान्ने खोलामा गाउँपालिकाले तोकिएको विवरणभन्दा बढी नदिजन्य सामाग्री उत्खन्न गराइरहेको टोलीले भेटाएको जिल्ला समन्वय समितिका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए । ‘आइइ प्रतिवेदनमा तोकिएको भन्दा बढी गहिराई पारेर गाउँपालिकाले नदिजन्य सामाग्री उत्खन्न गराइरहेको पाइएको थियो’ उनले भने –‘अहिले एक जेसिवी र ट्याक्टर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बुझाइएको छ ।’ उनले गाउँपालिकाले तोकिएको राजश्व तिरेपछिमात्र ती उपकरणहरु छोडने बताए ।

Read More

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो (२८ माघ) भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरुद्ध हदैसम्म निर्मम हुने बताएका हुन्। प्रचण्ड भन्दै थिए, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता सरकारले गरेको छ।’ तर, त्यही कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई भन्दै थिए, ‘राजस्व चुहावट, चोरी, निकासी, पैठारी, न्यून विजकीकरण तथा राजस्व छली जस्ता घटना बढेका छन्। यसलाई रोक्न राजस्व प्रशासनमा सुधार र राजस्वका नयाँ क्षेत्रको पहिचान र विस्तारका लागि सम्बद्ध निकायहरु…

Read More

धनगढी : राष्ट्रपति रनिङ शिल्ड, दार्चुलाको उपाधि महाकाली नगरपालिकाले जितेको छ। जिल्ला सदरमुकाम खलंगामा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी महाकालीले १९ स्वर्णसहित ३८ पदकका साथ रनिङ शिल्ड जित्न भएको हो। महाकालीले १९ स्वर्ण, १० रजत र ९ कांस्य पदक जितेर महाकाली प्रथम भएको छ। मालिकार्जुन गाउँपालिका २० पदकसहित द्वितीय भएको छ। उसले ७ स्वर्ण, ६ रजत र ७ कांस्य जितेको छ। १८ पदक जिती मार्मा गाउँपालिकाका तृतीय भएको छ। मार्माले ६ स्वर्ण, ९ रजत र ३ कांस्य पदक जित्न सफल भएको छ। प्रतियोगितामा अपीहिमाल र ब्यास गाउँपालिकाले स्वर्ण पदक ल्याउन सकेका छैनन्। करातेमा महाकालीले ११ र एथलेटिक्समा ७…

Read More

धनगढी : प्रहरी प्रधान कार्यालय आज एसपीहरुको सरुवा गर्ने भएको छ। उच्च स्रोतका अनुसार विभिन्न जिल्लाका प्रहरी प्रमुख (एसपी) हरुको सम्भवः आज सरुवा हुँदैछ। जसमा कञ्चनपुर जिल्लाको प्रहरी प्रमुखका रुपमा कार्यरत विवादित छविका एसपी कमल थापा पनि परेका छन्। थापाका विभिन्न बेथितिको विषयमा महेन्द्रनगरपोष्टले विस्तृत समाचारहरु प्रकाशित गरिसकेको छ। उनै थापाको आज सरुवा हुन लागेको बताइएको छ। थापाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुँदा उनको स्थानमा भने एसपी चक्रराज जोशी आउने भएका छन्। यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा भने हाल कार्यरत एसपी देवेन्द्र बहादुर पालको स्थानमा एसपी पदमबहादुर बिष्ट आउने भएका छन्। आज रातिभित्रै सरुवाको लिष्ट सार्वजनिक हुने बताइएको छ।…

Read More

पाल्पा : पाल्पामा मंगलबार अपराह्न जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनकाअनुसार ८ जनाको शव फेला परेको छ। अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको छ। जीप २० जना सवार भएको अनुमान गरिएको छ। दिउँसो साढे ४ बजेतिर दुर्घटना भएको हो। अहिले पनि उद्धारकार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ। डिएसपी श्रेष्ठ आफैँ घटनास्थल पुगेका छन्। प्रहरी र स्थानीयले घटनास्थल पुगेर उद्धार गरिरहेका छन्। घटनाबारे…

Read More

पाल्पा : पाल्पामा जीप दुर्घटनामा परेको छ । पाल्पाको डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा परेको हो । सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्यामको चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको स्थानीयले जनाएका छन् । दुर्घटनामा ठूलै हताहती भएको आशंका गरिएको छ ।

Read More

दार्चुला –दार्चुलामा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–७ पुनेकोटस्थित सिँचाईका लागि बनाएको पानी पोखरीमा मंगलबार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले मृत अवस्थामा फेला परेको चितुवालाई चौलानी सव–डिभिजन कार्यालय गोकुलेश्वर कार्यालयको जिम्मा लगाएको छ ।

Read More

धनगढी : कञ्चनपुरमा मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-२ का ३१ वर्षिय कृष्णानन्द पन्त रहेका छन्। मानसिक सन्तुलन ठिक नभएकी झलारी २४ ‘क’ (नाम परिवर्तन) लाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको भन्दै पीडितका आफन्तले दिएको जाहेरी थिए। सोही जाहेरीका आधारमा आधारमा मंगलबार पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला दहन गरिएको छ। कञ्चनपुरमा आज (मङ्गवार) विद्यार्थी संगठनहरूले मन्त्री साउँदको पुत्ला जलाएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको भन्दै पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघका नेता वासुदेव न्यौपानेले बताए। नेपाल चिकित्सा शिक्षा आयोगले कात्तिक १८ गते लिएको प्रवेश परिक्षामा राहुल नेपाली उदीर्ण भएका भएपनि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कारण भर्ना छुटेको आरोप उनीहरूको छ। सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि वितरण गर्दै आएको छात्रवृत्तिमा राहुको नाम समावेश भएपनि मन्त्रालयले बेवास्ता गरेको विद्यार्थी संगठनहरूले बताएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयको अन्योल पूर्ण पत्रका…

Read More