Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी भएको छ । धनगढी रङ्गशालामा सम्पन्न भएको प्रतियोगितामा कैलालीले ६४ पदक सहित विजयी भएको हो । कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कांस्य सहित ६४ पदक ल्याएर उपाधि जित्न सफल भएको छ । यस्तै कन्चनपुर दोस्रो र डडेल्धुरा तेस्रो भएको छ । कञ्चनपुरले १९ स्वर्ण, १८ रजत र १५ कांस्य गरी ५२ पदक र डडेल्धुराले ७ स्वर्ण, १० रजत र १६ कांस्य गरी ३३ पदक सहित तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय जिल्लालाई सुदूरपश्चिम खेलकुद परीसदका सदस्य सचिव दीपक बहादुर सिंहले नगद पुरस्कार…

Read More

बारा । बारामा मंगलबार अपराह्न भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अपराह्न करिब ४ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२२, ३ नं. पुलमा धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको  ना.६ ख ९०३० न.को यात्रुवाहक बस आफै अनियन्त्रित भई बाटोभन्दा ३०/३५ मिटर तल खसेको थियो ।  बसमा २३ जना यात्रु सवार रहेका थिए । उनीहरूमध्ये ५ जनालाई सामान्य उपचार पश्चात् घर पठाइएको छ । १८ जना यात्रुहरू घाइते भई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौँडा सरकारी अस्पतालमा उपचार भइरहेको :१. जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१२ बेलडाडा बस्ने नवराज…

Read More

काठमाडौं : चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी बालिका सालिन पोखरेलको कोठामा भेटिएको ‘सुसाइड नोट’को अक्षर उनकै भएको पुष्टि भएको छ । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको जाँचमा नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए । सालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरेको थियो । होस्टलको कोठाभित्र स्काउटको डोरीमा झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया सालिन पोखरेलको शव भेटिएको थियो । पोखरेलको मृत्यु र प्रहरी अनुसन्धानलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीले माधव नेपाल निवासमा पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका छन् । तर नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर लागेपछि एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भने सोमबार पनि अध्यक्ष नेपालको निवासमै पुगेर छलफल गरेका थिए ।

Read More

काठमाडौं : मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइने भएको छ । पाल्पाबाट परिवारका सदस्य आइपुगेपछि प्रहरीले बस्यालको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए । घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रंगेलीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । इलाका प्रहरी कार्यालय स्रोतका अनुसार बस्यालले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको र कसैलाई दोष नलगाउन भनेका छन् । पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्याल क्वार्टरको भान्सामा दिउँसो झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास मन्त्री झपट साउँदसहित माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् । जादाजादै मन्त्री साउँद र उनको सचिवालयका कर्मचारीको सेवासुविधमा ३१ लाख बढि खर्च भएको पाइएको छ । गत ५ जेठमा सामाजिक विकास मन्त्रीमा नियुक्त भएका साउँदले ९ महिनाको अवधीमा ३१ लाख ४७ हजार रुपैयाँ खर्च गरेका छन् ।यो उनी मात्र नभएर उनका निजी सचिवालयका कर्मचारी र सुरक्षाकर्मी समेतको खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले उपलब्ध गराएको सूचनाअनुसार ९ महिनामा मन्त्री साउँद…

Read More

डोटीः डोटीमा चितुवाले ११ वटा बाख्रा मारेको छ। आज (मंगलबार) जिल्लाको सिलगढी–दिपायल नगरपालिका–७ टुसाखालस्थित बाटुलाखानका सोभानसिंह विष्टका ११ वटा बाख्रा चितुवाले आक्रमण गरेर मारेको हो। गोठभित्र बाँधिएका बाख्रा जंगली जनावर चितुवाले आक्रमण गरेर विष्टका ११ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

काठमाडौं : नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् । संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।

Read More

धनगढी: सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका सबै मन्त्री बर्खास्त गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा रहेका माओवादीका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको हो। केन्द्रमा कांग्रेस-माओवादी र एकीकृत समाजवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्। शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र राज्यमन्त्री गितादेवी माललाई आज (मंगलबार) बर्खास्त गरेका हुन्। तर शाहले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने कायम राखेका छन्।सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज सबै मन्त्री बोलाएर बैठक गरेका छन्। आज (मंगलबार) मुख्यमन्त्री निवासमा काङ्ग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई मुख्यमन्त्री शाहले बोलाएका थिए। छलफलमा मुख्यमन्त्री शाहले काङ्ग्रेसका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवा, काङ्ग्रेसकै आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट माओवादी केन्द्रका सामाजिक विकास मन्त्री झपट साउद र आर्थिक मामिला मन्त्री नरेश शाहीसंग छलफल गरेका हुन्। छलफलमा तत्काल आफूले राजीनामा नदिने र सरकार ढल्ले अवस्था पनि नरहेको जिकिर गरेका थिए। मुख्यमन्त्री शाह काङ्ग्रेसका हुन्।यस्तै मन्त्रीहरूलाई पनि राजीनामा नदिन भनेको बताइएको छ। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा अहिले ५२ जना प्रदेश सभा सदस्य…

Read More