Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले मुख्यमन्त्री कमलबहादुर शाहको काठमाडौं गएको रेकर्ड ब्रेक गरेका छन्। मन्त्री शाहीले ११ महिनामा २३ पटक काठमाडौंको उडेर मुख्यमन्त्री शाहको रेकर्ड ब्रेक गरेका हुन्। आर्थिक मन्त्री शाहीले २०७९ सालको फागुन २२ गते देखि २०८० सालको माघको ८ गतेसम्मको २१ पटकको काठमाडौंको यात्राबापत कूल ५ लाख ६७ हजार ६६६ रकम टिकट र भत्ता बुझेका छन्। मुख्यमन्त्री कमल बहादुर शाहलाई काठमाडौं बढी जाने गरेको आरोप लागिरहेका बेला आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीको पनि काठमाडौं भ्रमण सार्वजनिक भएको हो। आर्थिक मामिला मन्त्रालयले मन्त्री शाहीले २१ पटक मात्रै काठमाडौं गएको विवरण दिए पनि, उनको पिएसओहरुको भ्रमण भने…

Read More

धनगढी : कैलालीको धनगढीबाट एक युवक लागुऔषध ब्राउन सुगरसहित समातिएका छन्। धनगढी उपमहानगरपालिका ३ डोकेबजारबाट वडा नम्बर २ बस्ने २३ वर्षीय नरेशबहादुर बोहरा पक्राउ परेका हुन्। बोहरामाथि शंका लागि चेकजाँच गर्दा २.५ सय मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनलाई नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले समातेको हो।

Read More

धनगढी : कैलाली र कञ्चनपुरबाट अवैध कुखुरा बरामद गरिएको छ। कैलालीको भजनी नगरपालिका–७ दक्षीणपुराबाट भन्सार छलिका अन्दाजी ८ हजार ४ सय मुल्य बराबरको ३५ के.जि. बोईलर कुखुरा शुक्रवार दिउँसो प्रहरले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाँउबाट भन्सार छलिका अन्दाजी १५ हजार मुल्य बराबरको ५० के.जि. बोईलर कुखुरा आज (शुक्रवार) दिउँसो प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको बोइलर कुखुरा नष्ट गरिएको छ।

Read More

काठमाण्डौ : एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग ४ पराजित भएको छ । मलेसियासँग पराजित भएसँगै नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ । नेपालले दिएको १ सय १६ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर अन्तिम बलमा भेटायो । मलेसियाकी इस्ला हन्टरले नट आउट ६९ रन बनाइन् । नेपालकी सीता राना मगर र कविता जोशीले समान २ विकेट लिइन् । यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १६ रन बनायो । नेपालकी कप्तान इन्दु वर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्रीले २० रन बनाइन् । मलेसियाकी…

Read More

बैतडीः बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ। शुक्रवार पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखले च्यापिएर मृत्यु भएको हो। घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएका थिए। उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More

धनगढी: कञ्चनपुर बस्दा विवादित छवि बनाएका एसपी कमल थापा जिल्लामा आउने बेलादेखि जाने बेलासम्म विवादितै भए। थापा आएपछि तस्करी मौलाएको, स्पाहरुबाट रकम उठाएको, ठेकेदारसँग साँठगाँठ गरेकोदेखि पत्रकार धरपकड र प्रतिशोधपूर्ण रुपमा थुन्नेसम्मको आरोप लाग्यो। आएपछि पत्रकारलाई झण्डै थुनेर सुरु भएको थापाको कार्यकाल अहिले भने समाप्त भएको छ। एसपी थापाको स्थानमा अहिले प्रहरी प्रधान कार्यालयद्वारा नयाँ एसपी चक्रराज जोशी खटाइएका छन्। सरुवा हुनुभन्दा अगाडि भने एसपी थापाले मुद्दा शाखाकी इन्सपेक्टर बिनुकुमारी शाही र आफूलाई जोडेर फेसबुकमा पोष्ट र कमेन्ट लेख्नेहरुलाई मुद्दा नै चलाएका थिए। त्यसमा २ जना पत्रकारसहित पूर्व प्रहरी र नेतासम्मलाई थुनामा राखियो। तर अस्ति (बुधबार) भने सबैजना थुनामुक्त भैसकेका…

Read More

धनगढीः दाङमा एक प्रहरी सहायक हवल्दारले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेका छन्। सम्बन्धमा खटपट हुँदा हिजो राति साढे ८ बजे सहायक हवल्दार यामबहादुर झाँक्रीले प्रहरीमै कार्यरत श्रीमती धनमाया थापामगरलाई गोली हानी हत्या गरेका हुन्। गोली प्रहारबाट गम्भीर घाइते भएकी धनमायाको उपचारको क्रममा ज्यान गएको थियो। सुर्खेतको पञ्चापुरी नगरपालिका–९, विद्यापुर घर भई हाल दाङको घोराहीस्थित वडा प्रहरी कार्यालयमा कार्यरत थापामगर घोराही उपमहानगरपालिका–१४, दामोदर चोकमा ड्युटीमा खटिएकी थिइन्। नेपाल प्रहरी आवासीय माविमा दरबन्दी भई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्युठानका झाँक्रीले ड्युटीमै रहेको अवस्थामा श्रीमतीलाई गोली हानेका हुन्। भे १२ प ११५० नम्बरको पल्सर २२० मोटरसाइकलमा आएका उनी गोली प्रहार…

Read More

कैलाली: कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित एकैदिन ४ जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-६ मट्यारीबाट १५० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २० वर्षीय राघव चौधरीलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले खैरो हेरोईनसहित चौधरीलाई फेला पारी पक्राउ गरेको जनाएको छ। यस्तै गोदावरी नगरपालिका-८ स्याउले भित्री सडक खण्डबाट ४१० मिलिग्राम खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय दानबहादुर राना बिहीवार साँझ पक्राउ परेका छन्। रानालाई अस्थाई प्रहरी पोष्ट श्रीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ। टीकापुर नगरपालिका-१ जमरापारी टीकापुर बहुमुखी क्याम्पस नजिक सडक खण्डबाट १ ग्राम ५९० मिलिग्राम खैरो हेरोइनसहित…

Read More

कञ्चनपुरः डेढ दशकअघि हलियाबाट मुक्त भएका वैशाखा शिविरमा बस्दै आएका ५० वर्षीय हजारी लुहार सुरक्षित आवास पाउने आशमा बीस बढी पटक शुक्लाफाँटा नगरपालिका कार्यालय धाएको। आवास निर्माणबारे निर्णय नै भएको छैन भनेर उनलाई पटकपटक फकाइने गरिएको छ। दशकअघि उनलाई जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ। ‘आवास निर्माणबारे अश्वासन दिइने गरिएको छ’, उनले भने, ‘अवास निर्माण गर्ने बजेट विनियोजन गरी कार्य अगाडि नबढाइँदा शिविरको झोपडीमा कष्टकर जीवन बिताउनु परेको छ।’ ‘अवास पाइन्छ कि भन्ने आशमा पटकपटक नगरपालिका कार्यालय पुग्न मात्रै रु १२ हजारभन्दा बढी गाडी भाडामै रकम खर्च भइसकेको छ,’ उनले भने, ‘नगरपालिका आउजाउ गर्दा छिमेकीबाट लिएको सापटी रकम तिर्न सकेका छैनौँ,…

Read More

काठमाडौँ : बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का सुदूरपश्चिमका अन्य पनि जिल्लामा महसुस गरिएको थियो ।

Read More