Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको धनगढीमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता भोलि फागुन २८ गतेदेखि हुने भएको छ । नेपाल विद्यार्थी सङ्घ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन २८ गतेदेखि प्रतियोगिता हुने जानकारी दिइएको हो । प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब दिन र युवाहरूमा क्रिकेटप्रतिको आकर्षण बढाउन प्रतियोगिता गरिन लागेको बताए । उनका अनुसार स्नातक र स्नाकोत्तर तहका क्याम्पसहरूले प्रतियोगितामा भाग लग्न सक्ने छन् । २० ओभरमा खेलाइने खेल नकआउट प्रणालीमा सञ्चालन हुने उनको भनाई छ । प्रत्येक टिममा १६ खेलाडी र दुई अफिसियल हुनुपर्ने तथा प्रत्येक क्याम्पसले चार जना…

Read More

काठमाडौं : ललितपुर महानगरपालिका-१० का पूर्व-वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले‍ जानकारी दिए। उनका अनुसार व्यञ्जनकारलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको हो। व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर-१० का अध्यक्षमा निर्वाचित भएका थिए। गएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग उनी पराजित भएका थिए। व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको थियो। त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइला बाका छोरा) कर्मलाललाई हराएका थिए। त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएका…

Read More

काठमाडौं : प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारवादको चर्को आरोप लागिरहँदा नेकपा माओवादी केन्द्रले उनका भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाउने भएको छ । आज बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । यसअघि हालका उपाध्यक्ष उर्मिला अर्याल र झक्कु सुवेदीको नाम पनि चर्चामा थियो । तर,अध्यक्ष प्रचण्डको प्रस्तावमा सबै पदाधिकारी सहमत भएपछि मनोनित कोटाबाट सांसद बनेका दाहालको पक्षमा पासा पल्टिएको हो । नयाँ गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउने सहमति छ । जसअनुसार एमाले,माओवादी, एकीकृत समाजवादी र जसपा एक ठाउँमा हुँदा दाहाल अध्यक्ष बन्ने निश्चित देखिन्छ ।

Read More

धनगढी : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले अस्पतालसँग सम्बन्धित भवनहरु गेटा अस्पताललाई हस्तान्तरण गरेको छ। गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले आइतबार अस्पतालका निर्देशक डा.विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन हस्तान्तरण कार्यक्रमपछि डा सापकोटाले अस्पतालको सेवा विस्तारका लागि यो निकै ठूलो सफलता भएको बताए। उनका अनुसार अस्पतालसँग सम्बन्धित ६ वटा भवन हस्तान्तरण भएका हुन्। गेटामा गत कात्तिक १ गतेदेखि सेवा सञ्चालनमा आएको छ। अस्पताल सञ्चालनका लागि लामो समयदेखि भवन हस्तान्तरण नहुँदा गेटामा सेवा सुरु हुन समस्या भइरहेको थियो। भवन प्राप्त गरेसँगै अस्पतालका लागि आवश्यक संरचना निर्माण…

Read More

धनगढी : कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्सरे मेसिन थन्किएको छ । ६ वर्ष अघि जडान गरिएको मेसिन थन्क्याएर हाल भारतबाट आएका यात्रुका झोला हातले छामछुम गरेर जाँच गरिँदै आएको छ । मेसिनबाट जाँच गर्दा छिटो र प्रभावकारी हुने भए पनि भन्सार कार्यालयले भने मेसिन थन्क्याएर राखेको छ । भन्सार कार्यालयले दक्ष जनशक्तिको अभावका कारण मेसिन थन्किएकोमा पछिल्लो समय बिग्रिएको जनाएको छ । कार्यालयका सूचना अधिकारी तेजबहादुर रावलले मेसिन सञ्चालनका लागि विभागमा पत्राचार गरिसकेको बताए । हाल मेसिन सञ्चालनमा नआउँदा यात्रुले चेकिङमा दुःख पाउने गरेका छन् । उता भारततर्फ भने मेसिनमार्फत समान जाँच गरिँदै आएको छ ।

Read More

धनगढी : अछामको वैद्यनाथ धाममा फागुन १० गतेबाट सुरु भएर फागुन २५ गतेसम्म सञ्चालन भएको वैद्यनाथ कोटिहोम महायज्ञको समिक्षा वैठक सम्पन्न भएको छ । १५ दिनसम्म सञ्चालन भएको कोटिहोममा २ करोड वढी खर्च भएको र २ करोड बढी बचत हुने कोटिहोम मुल आयोजक समितिका महासचिव देवराज उपाध्यायले जानकारी दिए । १५ लाख भन्दा वढी मुल्य वरावारको जग्गा दान भएको छ । आईतबारसम्म वैंकका ३ करोड १७ लाख ७३ हजार जम्मा भएको छ । जम्मा रकम मध्ये १ करोड ४७ लाख ४७ हजार खर्च भएको छ । अहिले वैंकमा १ करोड ७० लाख २६ हजार वचत रहेको छ । ४९ लाख…

Read More

धनगढी : कञ्चनपुरस्थित महेन्द्रनगरको ओपेरा होटलमा क्रान्तिकारी युवा संगठन नेपालले ‘रेड मार्किङ’ गरेको छ। सरकारी जग्गा कब्जा गरेर सञ्चालन भईरहेको आरोप लागेपछि अवैध संरचना तत्काल खाली गर्न भन्दै ‘रेड मार्किङ’ गरेको हो। होटल र साहुले तत्कालीन नगर विकास समितिको जग्गा अवैध तरिकाले कब्जा गरेको आरोप लागेको छ। नगर विकास समितिको जमिनमा ओपेराले अवैध संरचनासमेत बनाएको बताइन्छ। जसमा होटल ओपेराको पार्किङ, स्विमिङ्ग पुल लगायतका संरचना रहेको बुझिएको छ। हालको भीमदत्त नगर विकास समिति हुनअघि तत्कालीन महेन्द्रनगर नगर विकास समितिले वैध निर्णय नगरी सो जग्गा ओपेरालाई भाडामा दिएको थियो। सो विषयमा अहिले पनि अख्तियारमार्फतको मुद्दा विशेष अदालतमा विचाराधीन छ भने सो बेलाका…

Read More

धनगढी : नेपाली सेनाको सुदूरपश्चिम पृतनाको सैनिक टोलीले २६१औँ सेना दिवसका अवसरमा कैलालीको धनगढीमा आयोजित विविध सैनिक प्रदर्शनीका क्रममा ‘हाका प्रदर्शन’ गर्दा सहभागी सबैको ध्यान तान्यो । सुदूरपश्चिममा पहिलो पटक सेनाले प्रदर्शन गरेको ‘हाका’ (रण हुँकार) मा राष्ट्र, राष्ट्रियता, देश र सेनाको बखान त छँदै थियो नै त्यसमाथि युद्धका क्रममा जाँगर दिने उक्त प्रस्तुतीले सबैको मन जित्यो । बमहाका एउटा युद्ध गीत हो, जसलाई नेपाली सेनाको पृतनाको सैनिक टोलीले पूर्ण शक्ति र भावनाका साथ प्रस्तुत गरेको थियो । हाका सामान्य नृत्य भने होइन । यो प्राचीन युद्ध नृत्यको एउटा प्रकार हो । पछिल्लो समय सैनिक कौशलता देखाउने क्रममा नेपाली सेनाले…

Read More

धनगढी : बझाङमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। फागुन ११ गते बित्थडचिर गाउँपालिका १ बस्ने ५५ वर्षीय खडक बोहराले सोही ठाउँकी १७ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन्। उनले ती किशोरीलाई गोठालो गएको अवस्थामा जबरजस्ती करणी गरेको सूचना प्राप्तपछि प्रहरी बोहरालाई २६ गते (शनिबार) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। पीडित पक्षको जाहेरीपश्चात् किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ। पक्राउ परेका बोहरामाथि जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: दार्चुलामा बाघको छालासहित एक युवा समातिएका छन्। आज (आइतबार) जिल्ला प्रहरी कार्यालय दार्चुला र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले बाघको छालासहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाघको छालासहित नौगाड गाउँपालिका ४ सिफ्टी बस्ने अन्दाजी ३६ वर्षीय शेरसिंह धामी पक्राउ परेका हुन्। उनलाई २ थान छालासहित मार्मा गाउँपालिकाबाट समातेको बताइएको छ। अहिले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More