Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए । ‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा हाम्रो विमति छैन, तर त्यसो गर्दा स्थिरता हुनुपर्छ, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ’, विप्लवले भने, ‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ ।’ उनले अन्य दलहरुसँग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह…

Read More

धनगढी : भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक (जोशी) ले पत्रकारलाई समात्ने विषय दुखद भएको बताइन्। प्रहरीले शनिबार बिहान माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुस्कर भट्ट र सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार ऐश्वर्य कुँवर नियन्त्रणमा लिएपछि उपप्रमुख लेखक समात्ने विषय दुखद बताएकी हुन । यस्तै पत्रकारलाई प्रहरीले अपराधीको जस्तो व्यवहार गरेर थुनेको बताइन् भन्दै प्रहरीले समाचार लेखेको कारण प्रतिशोधपूर्ण कारबाही गर्न खोजेको बताइन् । उनले अब आफूहरु जिल्ला प्रशासन र प्रहरीमा बुझ्ने बताइन्। प्रहरी पत्रकार भट्ट र कुवँरविरुद्धमा विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा पक्राउ गरेको छ । उनिहरुले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए ।

Read More

धनगढी : कञ्चनपुरमा प्रहरीले दुईजना पत्रकार पक्राउ गरेपछि प्रधानमन्त्री र गृहलाई ध्यानाकर्षण गराईएको छ । प्रहरीले शनिबार बिहान माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुस्कर भट्ट र सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार ऐश्वर्य कुँवर पक्राउ गरेपछि प्रदेश सभा सासंद ओमबिक्रम भाट (सरल)ले प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएको बताएका छन् । सासंद भाटले लोकतन्त्रमा लेख्न, बोल्न र आफ्ना कुरा राख्न पाइने भन्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्न नहुने भनेका छन् । उनले प्रहरी प्रशासन जिम्मेवार एवं गम्भीर बनेर तत्काल पत्रकारद्वयलाई थुनामुक्त गरि रिहा माग गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन् : कञ्चनपुरका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई पक्राउ…

Read More

काठमाडौं : क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

Read More

धनगढी : कञ्चनपुर प्रहरीले धमाधम पत्रकार पक्राउ गर्न थालेपछि सांसददेखि पत्रकारसम्म आक्रोशित भएका छन् । प्रहरीले शनिबार बिहान माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको थियो भने दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरु विरुद्धमा विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो। पत्रकार भट्ट र कुँवरले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए । यसरी प्रहरीले समाचार लेखेको भरमा प्रतिशोधपूर्ण कारबाही गर्न पक्राउ गरेको भन्दै सासंददेखी पत्रकारहरुले आक्रोशित भएका छन् । कञ्चपुरबाट निर्वाचित प्रदेश सभा सासंद ओमबिक्रम भाट (सरल)ले पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ…

Read More

धनगढी : क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका यु १९ टिमका कप्तान देव खनाल र सिनियर टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । देवले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । भने पौडेलले ६८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् । उनले जम्मा १९ बलमा अर्धशतक बनाएर एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी बनेका छन् । २८६ रनको लक्ष्य पछ्याएको नेपालले २८ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १७० रन बनाएको छ ।

Read More

काठमाडौं : नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिलकुमार साह दक्षिण अफ्रिकाका लेजेन्ड्स एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुकेका छन् । क्यानडाविरुद्ध दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै अनिल १९ बलमा ५० रन बनाएका छन् । उनी बिसौं बलमा भने आउट हुन पुगे । अनिल विश्व कीर्तिमान बनाउनबाट भने चुकेका छन् । ओडीआईमा सर्वाधिक छिटो दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमा हानेको दुर्लभ विश्व कीर्तिमान तोड्ने रेकर्डबाट चुकेका हुन् । अनिल १३ बलमा ७ चौका र २ छक्कासहित ४३ रनमा खेलेका थिए । तर छैटौं ओभरमा साद बिन जफारको तीन बलमा एक रन जोडेपछि उक्त उक्त कीर्तिमानबाट चुकेका हुन्…

Read More

धनगढी : कञ्चनपुर प्रहरीले पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको छ। शनिवार बिहान पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो कुँवरलाई समेत नियन्त्रणमा लिएको हो। पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीका अनुसार शनिवार दिउँसो कुँवरलाई समेत प्रहरीले पक्राउ गरेको हो। उनी विरुद्धमा पनि विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति ल्याइएको थियो। शनिवार बिहान जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट उनलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, कञ्चनपुर प्रहरीले मुद्‍दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्ट गायत्री टुर एण्ड ट्रभल्सको बजार व्यवस्थापनको काम…

Read More

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ। त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। प्रवक्ता ढकालका अनुसार विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो । 

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो कार्यकालको एक वर्ष पुरा गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको एमाले संसदीय दलका नेता राजेन्द्र रावल नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नगरेपछि उपधारा ३ अनुसार सबै भन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।अघिल्लो वर्ष माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहको एक वर्ष अनुगमन भ्रमण र निरीक्षणमै मुख्य उपलब्धि देखिएको छ । शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् ।सुदूरपश्चिम स्वरोजगार कोषबाट १४ सहकारीमार्फत ४६२ जनालाई १० करोड ३० लाख कर्जा, सुदूरपश्चिमको…

Read More