Author: महेन्द्रनगर पोष्ट

धनगढी : साहित्यकार हेमबाबु लेखक सम्मानित भएका छन् । महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका सभाकक्षमा आयोजित काव्य गोष्ठीमा लेखक सम्मानित भएका हुन् । विगत लामो समयदेखि नेपाली तथा डोट्याली भाषा, साहित्य, संस्कृति तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा काम गर्दै आइरहेका लेखकले नेपाली तथा डोट्याली भाषा संरक्षण, सम्बर्धन तथा विकासका लागि योगदान गरेको भन्दै आयोजक गुगुल्डि वाङमय प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्दले बताए । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका समाजका उदाहरणीय व्यक्तित्वहरूलाइ समेत सो अवसरमा सम्मान गरिएको छ । भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा सामाजिक एवं परोपकारी कार्यमा समर्पित लेखकलाई प्रतिष्ठानले नगद पुरस्कारसहित “ग्वाल्लेक गौरव सम्मान” अर्पण गरिएको साहित्यकार रमेश पन्तले…

Read More

धनगढी : धनगढीमा प्रदेश स्तरीय सामाजिक सुरक्षा नीति संवाद सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका आयोजना तथा युनिसेफ नेपालको सहकार्यमा सोमबार धनगढीमा प्रदेश स्तरीय सामाजिक सुरक्षा नीति संवाद सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक सुरक्षा नीति र त्यसको कार्यान्वयको बिषयमा छलफल भएको थियो । नगर उपप्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरिप्रसाद लम्साल प्रमुख अतिथि रहेका थिए । यस्तै सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका सचिव चक्रमणि पाण्डे विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषको विषयमा प्रस्तुतिकरण राखे। उनले सामाजिक सुरक्षा लोककल्याणकारी राज्यको दायित्व भएको र नागरिकको…

Read More

धनगढी : बैतडीको पाटन नगरपालिका–६ घर भएका ट्रक चालक बीरभान बिष्टको हत्या गरेको अभियोगमा शिक्षिकासहितका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बिष्टको हत्या गरेको आरोपमा पक्राउ परेका बिष्टकी बुहारी नाता पर्ने पाटनकै शिक्षिका ३६ वर्षीया भागरथी बिष्ट, ३८ वर्षीय भरतमोहन बिष्ट,पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई, १७ वर्षीय किशोर भट्टराई र २६ वर्षीय शाशिष पहरी कारागार चलान भएको प्रहरीले जनाएको छ । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले आइतबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि अदालतले पाँचै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बताए । सोही आदेशअनुसार उनीहरुलाई कारगार चलान गरिएको हो । डीएसपी…

Read More

काठमाडौं: नेपाल प्रहरीका एक बदनामित एसएसपीमाथि हेडक्वार्टरले छानबिन गर्ने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी दीपक रेग्मीमाथि छानबिन गर्ने भएको हो। उनीमाथि आचरणसम्बन्धि विषयमा छानविन थालिएको स्रोतले जनाएको छ। रेग्मी नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरामा कार्यरत छन्। रेग्मीविरुद्ध एक व्यक्तिले आफ्नो श्रीमतीसँग नजिकिएको भन्दै उजुरी दिएको प्रहरी स्रोतले जनाएको छ। उनीविरुद्ध प्रमाणहरुसहित नै उजुरी परेको छ। जसकारण एसएसपी रेग्मीमाथि कारबाही हुने उच्च अधिकारीहरुको भनाई छ। यस विषयमा महेन्द्रनगरपोष्टले हिजोमात्र समाचार प्रकाशन गरेको थियो। रेग्मीको अर्काकी श्रीमतीसँगको अंतरङ्ग भिडिओ भाइरल भएको थियो। रेग्मीले बागलुङमा हुँदा महिलासँग नाजायज सम्बन्ध राखेकोमा उनी पोखरा पुगेपछि सो कुरा छताछुल्ल भएको थियो। महेन्द्रनगरपोष्टलाई प्राप्त…

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब सम्पत्ति शुद्धीकरणको विषय पनि छानबिन तथा अनुसन्धान गर्न पाउने भएको छ।सरकारले कानून संशोधन गरी आयोगलाई थप अधिकार दिएकोमा अब सम्पत्ति शुद्धीकरणदेखि गोप्य रुपमा अनुसन्धान गर्न पाउने लगायतका अधिकार प्रदान गरिएको छ। गत असार १७ गते अख्तियारको नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भएको छ। जसअनुसार अख्तियारले अब सम्पत्ति शुद्धीकरणको कसुरमा पनि आफैं अनुसन्धान गरी अभियोजन गर्न पाउनेछ। त्यस्तै अनुसन्धानका क्रममा उसले शंकास्पद व्यक्तिको फोन गोप्य रुपमा रेकर्ड(इन्टरसेप्सन) समेत गर्न पाउने अधिकार नियमावलीले दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान नियमावली २०५९ लाई संशोधन गरी कार्यान्वायनमा लगिएको हो। नियमावलीमा सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानको क्रममा नियन्त्रित अनुसन्धान प्रविधि, सुराकी…

Read More

धनगढी : लगातारको वर्षापछि कञ्चनपुरमा आएको बाढीका कारण ३ बालिकाको मृत्यु भएको छ। जिल्लाको पुनर्वासमा बाढीमा डुबेर तिनै जनाको मृत्यु भएको हो । सोमबार दिउँसो साढे १२ बजेको समयमा बाढीमा नुहाउने क्रममा पुनर्वास नगरपालिका–५ नयाँ कटानककी १५ वर्षीया सृजना बोगटी, १६ वर्षीया आरती बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयले खोजीकार्यबाट तीनै जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले बताए।

Read More

धनगढी : सुदूरपश्चिमको बझाङ स्थायी घर भएका शेखर रोकायाले उपसचिवमा ६ ठाउँमा नाम निकालेका छन् । २०६९ सालदेखि सरकारी सेवामा प्रवेश गरेका रोकायाले लोक सेवा आयोगले उपसचिव पदका लागि लिएको परीक्षामा एकै पटक ६ ठाउँमा नाम निकालेका हुन् । उनले नेपाल प्रशासन सेवाको उपसचिव पदको खुला प्रतियोगितातर्फ सामान्य प्रशासन, लेखा र राजस्व समूह तथा आन्तरिक प्रतियोगितातर्फ पनि सामान्य प्रशासन, लेखा, राजस्व समूह गरी ६ ठाउँमा एकै पटक नाम निकालेका हुन् । विभिन्न ६ ठाउँमा नाम निकाले पनि राकायाले सामान्य प्रशासन समूहबाट नियुक्ति लिइसकेका छन् । उनी बझाङको खप्तडछान्ना गाउँपालिका–७ गडरायका हुन् । सरकारी सेवाको १२ वर्षे अवधिमा देशका विभिन्न स्थानबाट सेवा…

Read More

काठमाडौं: पूर्वराष्ट्रपति डा. रामवरण यादव चाक्सिवारी पुगेका छन्। आज (सोमबार) यादव नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवासमै पुगेका हुन्। यादवले अस्वस्थ बनेर हालै भारतमा उपचार गराई नेपाल फर्किएका सिंहको स्वास्थ्य अवस्थामा बुझेको बताइएको छ। यस्तै उनीहरूबीच सामान्य जीवन यापन र समसामयिक राजनीतिबारे पनि छलफल भएको बताइन्छ। मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो। अहिले उनको अवस्था सुधारोन्मुख छ।

Read More

धनगढी : शनिबारदेखि परेको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका करिब सबै जिल्ला प्रभावित भएको छ । कैलाली र कञ्चनपुरमा बाढीले वितण्डा मच्चाएको छ भने पहाडी सात जिल्लामा बाढी र पहिरो दुबैका कारण जनजीवन प्रभावित भएका छन् । सोमबार मात्रै प्रदेशका ९ वटै जिल्लामा करिब ३ हजार जनालाई सुरक्षित स्थानमा सारिएको थियो । वर्षा रोकिएपछि उनीहरु मध्ये केही घर फर्किएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सबै भन्दा धेरै प्रभावित कञ्चनपुरमा रहेका छन् । कञ्चनपुरमा मात्रै ४०९ परिवारका १ हजार ७६० जनालाई सुरक्षित स्थानमा राखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डिआइजी रवीन्द्र केसीले जानकारी दिए । उनले अहिले स्थिति…

Read More

काठमाडौं: सुदूरपश्चिमस्थित तराइको जिल्ला कञ्चनपुरमा पछिल्लो २४ घण्टामा ‘अति भारी’ वर्षा भएको छ। लगातारको पानीले कञ्चनपुर जलमग्न बनेको हो। वर्षाका कारण बस्ती डुबानमा परेका छन् भने ४ जनाले त ज्यानै गुमाएका छन्। यसरी ज्यानै गुमाउने गरि वर्षा हुँदा हालसम्मकै वर्षाको रेकर्ड पनि ब्रेक भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार (हिजो) बिहान ८ः४५ देखि सोमबार (आज) बिहान ८ः४५ बजेसम्म गरिएको मापनमा कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको हो। उक्त अवधिमा कञ्चनपुरको दोधारा केन्द्रमा ६२३.९ (६२४) मिलिमिटर वर्षा मापन गरिएको केन्द्रकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। उनका अनुसार, यो ‘अति भारी’ वर्षा हो। नेपालमा वर्षाको तथ्यांक राख्न थालेयताकै त्यहाँ (२४…

Read More