Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका १६ जना अधिकृतहरु अवकाशमा गएका छन्। सर्वोच्च अदालतबाट तत्काललाई ३० वर्षेअवधि कायम हुने आदेश भएपछि आइतबारबाट १६ जना अधिकृत अवकाशमा गएका हुन्। उनीहरू अवकाशप्राप्त भएपछि दरबन्दी रिक्त भएकोमा बढुवाको रस्साकस्सी सुरु भएको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्मा र शारङ्ग सुवेदीको संयुक्त इजलासले सरकारको भ्याकेट निवेदनमा माग भएअनुसार गत बिहीबार न्यायाधीश कुँयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज भएको थियो। सो आदेश खारेजसँगै सशस्त्र प्रहरीका डीआईजीद्वय अभि खत्री र दुर्गा भट्टराईसहित १६ अधिकृतहरू घर गएका छन्। शनिबार बिदाभएको र आइतबारदेखि ३० वर्षे सेवा हद लाग्ने भएकाले उनीहरूको सेवा अवधि सकिएको छ।

Read More

कैलाली: धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो। दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको उक्त सभागृहमा सात सय जना क्षमताको एउटा मुख्य हल, दुई सय जना क्षमताको कार्यक्रम कक्ष, एक सय सवारीसाधन अटाउने क्षमताको पार्किङ निर्माण गरिएको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिए। उनका अनुसार सङ्घीय सरकारको रु ३२ करोड ६० लाख ८१ हजारको लागतमा सभागृह निर्माण गरिएको हो।

Read More

बाजुरा: जिल्ला अस्पताल बाजुरामा सिटामोल अभाव भएकाे छ। जसकारण यहाँका सर्वसाधारण महँगो मूल्यमा बजारबाट सिटामोल किनेर खान बाध्य छन्। सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको सिटामोलसहित अन्य धेरै औषधिको अभाव भएपछि बाजुराका सर्वसाधारण मर्कामा परेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीले बताए।  जिल्ला अस्पतालबाट निःशुल्क पाइने औषधिमध्ये सिटामोल, एसिलक सिडिजेट, ट्याप्लेट मेट्रोनलगायत २९ बढी प्रकारका औषधि अभाव भएको उनले बताए। सरकारले जिल्ला अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क दिँदै आएको भए पनि बाजुरा जिल्लामा भने निःशुल्क तोकिएका अधिकांश औषधि उपलब्ध नभएको बडिमालिका–७ का स्थानीय लक्ष्मीराज पाध्यायले बताए। निःशुल्क पाइने औषधि सरकारी फार्मेसीले बिक्री गर्न नमिल्ने भन्दै जवाफ दिएपछि आफूले निजी मेडिकलबाट औषधि…

Read More

धनगढी: धनगढीका एक युवककाे सवारी दुर्घटनामा मृत्यु भएकाे छ। आइतबार राति सवा १ बजेतिर गोदावरी नगरपालिका- १ धनगढी रोड पाठक पेट्रोल पम्प नजिकै राेकिएकाे ना ४ ख ९६३ नम्बरकाे ट्रकमा से ५ प ५८२७ नम्बरकाे माेटरसाईकल ठाेक्किएकाे थियोे। उक्त दुर्घटनामा गम्भीर घाइते भएका माेटरसाईकल चालक धनगढी उपमहानगरपालिका-२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहाेराले जानकारी दिए ल। उनकाअनुसार थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्युु भएकाे हाेम माेटरसाईकल पछाडि सवार साेही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । उनकाे पद्मा अस्पतालमा अत्तरियामा उपचार…

Read More

काठमाडौं : सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने बताएका छन् । सङ्घीय प्रहरी ऐन लागू गर्दिनँ भनेर प्रहरी प्रमुखले भनेको भन्दै उनको जिब्रो थुत्नुपर्ने गुरुङको भनाई छ । ‘मैले यहाँ हुँदा (मुख्यमन्त्री हुँदा) आफ्नो प्रहरी र कर्मचारी प्रशासन नभएको सरकार सरकार नै हुँदो रहेनछ । यो व्यवहारले पुष्टि भैसकेको छ,’ उनले भने, ‘यो वर्ष सङ्घीय निजामती ऐन र सङ्घीय प्रहरी ऐन लन्च गर्ने तयारी छ । त्यसलाई अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ ।  अहिले प्रहरीको आइजीपीले के भन्यो, म यो कानुन लागू नै गर्दिनँ, हुँ भन्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो…

Read More

कञ्चनपुरः महेन्द्रनगरमा नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ। शनिवार भएको अधिवेशनबाट अध्यक्षमा गजेन्द्रदेव लेखक सर्वसम्मत चयन भएका छन्। दोश्रो अधिवेशनले लेखकको अध्यक्षतामा सचीव बाहेक १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। सचीव एक पदमा भने निर्वाचन भएको थियो। संघको वरिष्ठ उपाध्यक्षमा जनकराज जोशी, थोक उपाध्यक्षमा टेक नारायण पौडेल, खुद्रा उपाध्यक्षमा कैलाशचन्द्र भट्ट, महासचिवमा केशव ओझा, कोषाध्यक्षमा खेमराज भट्ट र सह–कोषाध्यक्षमा वंशीधर कलौनी चयन भएको मुख्य निर्वाचन अधिकृत शिवराज पाण्डेयले बताए। सचीवमा ३७ मतका साथ मधुकर कुश्मी निर्वाचित भएका छन्। सचीवका प्रत्यासी प्रीतिधर भण्डारीले २१ मत प्राप्त गरेकी छन्। ६० मत खसेकोमा २ मत बदर भएको…

Read More

धनगढीः कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–८ जोनापुरका दिल बहादुर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन। उनको घरबाटै २९० मिलिग्राम लागुऔषध र घर बाहिर राखेको प्लाष्टिकको बोरामा २ किलो गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

धनगढी : धनगढीमा स्थानीय युवा नीति सम्बन्धी युवासँग छलफल सम्पन्न भएको छ । एकाउन्टविलीटी ल्याबले शनिवार गरेको कार्यक्रममा सहभागीले युवा नीति आवश्यक रहेको बताएका छन् । स्थानीय तहमा पनि युवा नीति आवश्यक रहेको युवाहरूले बताएका छन् । धनगढीमा भएका समस्यालाई समेटेर युवा नीति बनाउनुपर्नेमा युवाहरूको जोड छ । युवाको रुचि र क्षमता अनुसार कार्यक्रमहरू ल्याउनुपर्नेमा उनीहरूको जोड छ । धनगढी १८ फूलवारीका प्रीति नेपालीले स्थानीय तहमा पनि युवा नीति आवश्यक रहेको बताइन् । यस्तै उनले अभिभावक शिक्षामा पनि जोड दिइनुपर्ने बताइन् । उनले कुलतमा धेरै युवा फस्दै गएको प्रति चिन्ता व्यक्त गरिन् । युवा नीति बनेर कार्यान्वयनमा जोड दिइन सके…

Read More

धनगढी : अखिल क्रान्तिकारी विद्यार्थी संगठन सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलन कैलालीको अत्तरियामा हुने भएको छ। सम्मेलन यही भदौ २४ र २५ गते अत्तरियास्थित नमस्ते हलमा आयोजना हुनेछ। ूसंविधान कार्यान्वयन र समाजवादी शिक्षाको पक्षमा हाम्रो आन्दोलन, सुदृढ समाज निर्माणका लागि दोस्रो प्रदेश सम्मेलनू मूल नाराका साथ अखिल क्रान्तिकारीले प्रदेशको दोस्रो सम्मेलन आयोजना गर्न लागेको हो। आज (शनिबार) नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै संगठनले दोस्रो सम्मेलनबारे जानकारी दिएको हो। क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष दीपक डिसीले दोस्रो सम्मेलनको तयारीस्वरूप विभिन्न उपसमिति समेत गठन गरिसकेको बताए। दोस्रो सम्मेलनको लोगो समेत सार्वजनिक भइसकेको छ। दोस्रो सम्मेलनपछि ५१ देखि ९९…

Read More

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत नै छ । नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने छ । यस्तै पेट्रोल र मट्टितेलको मुल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको…

Read More